रणधीर सुब्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रणधीर सुब्बा (जन्म:बि.सं १९१५) गोरखा परिषदका अध्यक्ष र नेपालका पूर्वमन्त्री हुन्। दार्जिलिंग को गोर्खा लिग नामक पार्टीका संस्थापक सचिब भई गोर्खालैंडको आंदोलनमा सक्रिय भूमिका निर्वाह गरेका रणधीर सुब्बाले १९४५.ई देखी गोर्खा साप्ताहिक मार्फ़त क्रांतिको बिचार संप्रेषण गर्थे। सुगौली सन्धिले हड्पेको भूभाग र अरु गोर्खालैंडको बाहूल्य क्षेत्र र गोर्खालीहरुका तर्फबाट २ डिसेम्बर १९४६ मा ब्यारिष्टर डम्बर सिं गुरुङ (जो भारतको संविधान निर्माण गर्ने सभाको सदस्य बनाइए) को नेतृत्वमा आएको डेलिगेसनमा कालिमपोंग को एस यू एम आईका प्राध्यापक र गोरखा साप्ताहिकका संपादक रणधीर सुब्बा (नेपाल आएर क़ानून मन्त्री, परराष्ट्र मन्त्री, राजदूत भए) एस यू एम आई मै पढ़ाउने मास्टर एवम् साहित्यकार टिकाराम शर्मा (नेपाल आएर रेडक्रसको सेवामा लागे) आदि थिए । यो डेलिगसनले जर्नेल बहादुर समशेर जवरालाई भेटेर सम्पूर्ण वृतान्त अवगत गरायो । बहादुर समशेरले आफू एक्लैले निर्णय गर्न नसक्ने तर श्री ३ मा जाहेर गरिदिने वचन दिए । पछि सोही वचन अनुसार भारदारी सभा बस्न गयो । त्यो भारदारी सभामा डेलिगेसनका तर्फबाट ‘हामी जमिनसँगै नेपाल आउँछौं, हाम्रो गोर्खा लिग पार्टीलाई नेपाल सरकारले मान्यता देवस, साथै गोर्खालिगको शाखा नेपालमा खोल्ने अनुमति मिलोस्’ भन्ने प्रस्ताव राख्यो ।यो प्रस्तावलाई जनरल विजय समशेर जवराले मैत्रीपूर्ण तरिकाले स्वागत जनाएका थिए तर भारदारी सभामा बस्ने केही भारदारहरुले यो प्रस्ताव स्विकार गर्न अप्ठ्यारो मानेर असहमति जनाए । ५ डिसेम्बर १९४६ का दिन डेलिगेसन दार्जीलिङ फर्कियो । यिनी २००८ भाद्र सुवर्ण सम्शेरको अन्तरिम मन्त्रीमण्डल सरकारमा राष्ट्रवादी गोरखा परिषदको तर्फबाट शिक्षा, स्थानीय स्वायत्त शासन, स्वास्थ्य, कानुन, संसदीय प्रबन्ध, उद्योग र वाणिज्यमन्त्री भएका थिए। २०१४ चैत ३ मा राजा महेन्द्रले नयाँ व्यवस्था अनुरूपको संविधान निर्माणका निम्ति एउटा संविधान मस्यौदा आयोग बनाएका थिए। आयोगको अध्यक्षमा भगवतीप्रसाद सिंह थिए भने सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्यायहोराप्रसाद जोशी, गोरखा दलबाट रणधीर सुब्बा र कानुनविद्का रूपमा रामराज पन्त नियुक्त भएका थिए ।

२०१५ सालको चुनाव[सम्पादन गर्नुहोस्]

२०१५ सालको चुनावमा गोरखा परिषदका अध्यक्ष रणधीर सुब्बा क्षेत्र नं २६ धनकुटाबाट पराजित भएका थिए।

२०१७ सालपछि[सम्पादन गर्नुहोस्]

२०१७ सालको राजनैतिक घटनापछि गोरखा परिषद नेपाली काँग्रेसमा विलय भयो। पछि उनी पञ्चायत समर्थक भए। उनले चीनको लागि नेपाली राजदूतत्रिभुवन विश्वविद्यालयको उपकुलपति भएर पनि काम गरेका थिए।

बि.सं. २०३९ भदौ १ मा नेपालको उच्च शिक्षा क्षेत्रमा देखिएका र भविष्यमा देखिन सक्ने समस्या र त्यसको निराकरण राजा बिरेन्द्र द्वारा गठन गरिएको शाही उच्च शिक्षा आयोगमा सुब्बा अध्यक्ष थिए।[१]

मृत्यु[सम्पादन गर्नुहोस्]

२०४९ सालमा ८४ वर्षको उमेरमा सुब्बाको निधन भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शाही उच्च शिक्षा आयोोग गठन