राजकीय दूमा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

राजकीय दूमा - रसिया साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिएको थिएन | श्रमिक वर्गहरूको मात्रामा सीमित पारिएको थियो, मजदुर तथा किसानहरूको एक व्यापक हिस्सालाई मताधिकार प्रदान गरिएको थिएन | २४ डिसेम्बर, १९०५को चुनाव कानूनअनुसार एक जमीनदारको मत ३ शहरिया बुर्जुवा, १५ किसान तथा ४५ मजदुरहरूको मत बराबर हुन्थ्यो |[१]

Tauride duma.jpg

पहिलो (अप्रिल-जुलाई, १९०६) र दोस्रो (फरवरी-जून,१९०७) राजकीय दूमाहरू सरकारले भंग गरिदिए | ३ जून, १९०७मा मन्त्रीमण्डल बदलिसकेपछि सरकारले एक नयाँ चुनाव कानून पास गर्र्‍यो, जसले मजदुरहरू, किसानहरू तथा शहरिया निम्त-बुर्जुवावर्गका अधिकारलाई अझ बढी सीमित तुल्याइदियो र तेस्रो (सन् १९०७-१९१२) तथा चौथो (सन् १९१२-१९१७) राजकीय दूमाहरूमाजमीनदारहरू तथा बुर्गुवावर्गका प्रतिक्रियावादी गुटको पूर्ण प्रभुत्व कायम हुन गयो |

बोल्सेविकहरूले तेस्रो तथा चौथो दूमाहरूका चुनावहरूमा भाग लिएका थिए र आफ्ना प्रतिनिधिहरू पठाएका थिए |[१]

स्रोतहरू[सम्पादन गर्ने]

  1. १.० १.१ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ९७