सामग्रीमा जानुहोस्

रामकृष्ण ढकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राम कृष्ण ढकालबाट अनुप्रेषित)
रामकृष्ण ढकाल
रामकृष्ण ढकाल
व्यक्तिगत विवरण
जन्मवि. सं. २०३१ साउन 8 गते (२०३१-04-08) (उमेर 50 वर्ष)
निजगढ, बारा, नेपाल
विधाआधुनिक, पप, प्लेब्याक
पेशागायक, अभिनेता
वाद्ययन्त्रनेपाली तथा पश्चिमी
सक्रिय वर्ष१९८७–वर्तमान
वेबसाइटरामकृष्ण ढकाल आधिकारिक वेबसाइट

राम कृष्ण ढकाल नेपालको एक प्रसिद्ध युवा कलाकार तथा गायक हुन्। उनी आधुनिक गीत गाउँछन्।

गायन-यात्रा

[सम्पादन गर्नुहोस्]
रामकृष्ण ढकाल एक कार्यक्रममा

उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो। गायन क्षेत्रमा एउटा अवसर पाए पछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे। उनले आफ्नो गायन-यात्रा सानै हुँदा नारायण गोपाल (स्वर सम्राट)को प्रसिद्ध गीतहरू गाएर शुरु गरेका हुन्।

उनको औपचारिक रूपमा २०४३ सालमा सांगीतिक करिअर सुरु भएको हो। उनले २०४५ सालमा पहिलोपटक 'ढकाल सुमधुर साँझ' एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत गाएका थिए।

उनले "ओराली लागेको हरिणको चाल भो" गीतदेखि लोकप्रियता पाउन थालेका थिए।

बैवाहिक जिवन

[सम्पादन गर्नुहोस्]

रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरूको एक छोरी छिन् ।[] गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद भएको छ । []

उनका एल्बमहरूः

  • आशीर्वाद (२०५०)
  • आशीष (२०५३)
  • आशा (२०५५)
  • आरोह (२०५६)
  • आग्रह (२०५८)
  • आधार (२०५९)
  • आश्रय (२०६१)
  • आगमन (२०६३)
  • मेरो साथी (२०६५)

पुरस्कार तथा सम्मान

[सम्पादन गर्नुहोस्]
  • गोरखा दक्षिण बाहु २०५५
  • नारायणगोपाल युवा संगीत पुरस्कार २०५७
  • छिन्नलता गायन पुरस्कार २०६६

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. "गायक रामकृष्ण ढकाल र नीलम शाहबीच सम्बन्ध विच्छेद", अन्तिम पहुँच २६ Dec २०१९ 
  2. "गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद", अन्तिम पहुँच २६ Dec २०१९