राष्ट्रिय अनुसन्धान विभाग
राष्ट्रिय अनुसन्धान विभाग | |
निकाय विवरण | |
---|---|
गठन | वि.सं २००८ |
अधिकार क्षेत्र | नेपाल |
प्रधान कार्यालय | सिंहदरवार, काठमाण्डौ |
निकाय कार्यकारी |
|
भगिनी निकाय | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |
वेबसाइट | nidept |
राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । राष्ट्रिय हित एवं सुरक्षाका बारे आवश्यक खबर संकलन गर्ने र संकलित खबरहरुको अध्ययन, मुल्याङ्कन, बिश्लेषण र सम्पादन गरी सरकारलाई पूर्व जानकारी दिने उद्देश्यले स्थापित रहेको छ ।
नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यो संगठनको जिम्मेवारी हो । राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, सस्कृति, भाषा, समुदायवीचको सद्भावमा खलल पुर्याउने पक्षसंग सम्वन्धित सूचना संकलन पनि विभागको महत्वपूर्ण कार्यभार हो ।
हालसम्मका प्रमुखहरू
[सम्पादन गर्नुहोस्]- रोमबहादुर थापा
- पदमबहादुर शाह
- धुन्डीराज शर्मा
- हर्क बहादुर थापा
- रामप्रसाद श्रेष्ठ
- चन्दबहादुर राई
- लेखबहादुर पाण्डे
- विष्णुराज पन्त
- गोविन्दकर्म थापा
- हरिबाबु चौधरी
- देवीराम शर्मा
- धनसिंह कार्की
- अशोकदेव भट्ट
- मोतीबहादुर गुरुङ
- जितबहादुर केसी
- दिलीपराज रेग्मी
- गणेशप्रसाद अधिकारी
- यदुलाल खरेल
- हुतराज थापा
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]