रोहित सुरेश सराफ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोहित सुरेश सराफ
सन् २०१९ मा द स्काइ इज पिङ्कको प्रवर्धनमा सराफ ।
जन्म (1996-12-08) ८ डिसेम्बर १९९६ (उमेर २७)
पेशाअभिनेता
कार्यकालसन् २०१६ - अहिलेसम्म

रोहित सुरेश सराफ एक भारतीय अभिनेता हुन्, जो हिन्दी चलचित्रहरूमा देखिन्छन् । टेलिभिजनमा आफ्नो जीवनवृत्ति सुरु गरेका सराफले सन् २०१६ मा डियर जिन्दगीमा सहयोगी भूमिका खेलेर चलचित्रमा काम सुरु गरेका हुन् । उनले सन् २०१७ मा नर्वेजियन चलचित्र ह्वाट विल पिपल से, सन् २०१८ मा हास्य ड्रामा चलचित्र हिचकी र सन् २०१९ मा बायोपिक चलचित्र द स्काइ इज पिङ्कमा पनि खेले ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

सरफको जन्म ८ डिसेम्बर १९९६ मा भएको थियो ।[१] उनले आफ्नो प्रारम्भिक शिक्षा सेन्ट फ्रान्सिस डास्सिसी हाइ स्कुलमा पुरा गरी सेन्ट जेवियर कलेजबाट स्नातक तह पुरा गरे ।[२]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

सराफले च्यानल भीको बेस्ट फ्रेन्ड्स फरेवर ? लगायत अन्य टेलिभिजन शृङ्खलामा काम गर्नु अगाडि उनी नृत्यमा संलग्न थिए । उनले सन् २०१६ मा डियर जिन्दगीमा आलिया भट्टको पत्रको भाइको भूमिका निभाए पछि चलचित्रमा देखिन थाले ।[३] सराफले त्यस पछि एकेडेमी पुरस्कारको लागि मनोनित नर्वेजियन चलचित्र ह्वाट विल पिपल सेमा प्रमुख पात्रकी सानीमाको छोराको भूमिका निर्वाह गरे ।[४][५]

सन् २०१८ मा सराफ यशराज फिल्म्सले बनाएको हास्य ड्रामा चलचित्र हिचकीमा देखिए, जसमा रानी मुखर्जी प्रमुख पत्रको भूमिकामा थिइन् ।[६] सन् २०१९ मा उनी प्रियङ्का चोपडाजायरा वसीमका साथ द स्काइ इज पिङ्कमा देखिए,[१] जसमा उनको अभिनयलाई आलोचकहरूले पनि प्रशंसा गरे ।[७][८]

सराफ तमिल चलचित्र एङ्गे अन्ध वानअनुराग बासुको लुडोमा देखिनेछन् ।[९][१०] उनी प्राजक्ता कोलीसँग नेटफ्लिक्सको रोमान्टिक शृङ्खला मिसम्याच्डमा पनि खेल्नेछन् ।[११]

अभिनय[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

सङ्केत
Films that have not yet been released अहिलेसम्म रिलिज नभएको
वर्ष शीर्षक भूमिका टिप्पणी
सन् २०१६ डियर जिन्दगी किड्डो
सन् २०१७ डियर माया नील
सन् २०१७ ह्वाट विल पिपल से आमिर नर्वेजियन चलचित्र
सन् २०१८ हिचकी अक्षय
सन् २०१९ द स्काइ इज पिङ्क ईशान चौधरी
सन् २०२० लुडो राहुल अवस्थी नेटफ्लिक्समा प्रदर्शित
अघोषित एङ्गे अन्ध वान Film has yet to be released अघोषित तमिल चलचित्र

टेलिभिजन[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका माध्यम टिप्पणी
सन् २०१२ - सन् २०१३ बेस्ट फ्रेन्ड्स फरेवर ? साहिल मेहता च्यानल भी भारत
सन् २०१५ एमटिभी बिग एफ ज्ञान एमटिभी भारत भाग २: "लभ जस्ट ह्यपेन्स"
सन् २०२० मिसम्याच्ड अघोषित नेटफ्लिक्स आगामी शृङ्खला

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Lohana, Avinash (१२ सेप्टेम्बर २०१९), "The Sky Is Pink actor Rohit Saraf: Priyanka Chopra told me to be myself, be confident", Mumbai Mirror, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१९ 
  2. World, Republic, "The Sky Is Pink: All you need to know about actor Rohit Saraf", Republic World, अन्तिम पहुँच २०१९-१०-१६ 
  3. Sarmmah, Surupasree (१५ मार्च २०१८), "In the company of pets and pals", Deccan Chronicle, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१९ 
  4. Kozlov, Vladimir (४ सेप्टेम्बर २०१८), "Oscars: Norway Selects 'What Will People Say' for Foreign-Language Category", The Hollywood Reporter, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  5. Simon, Alissa (११ सेप्टेम्बर २०१७), "Toronto Film Review: 'What Will People Say'", Variety, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१९ 
  6. Goyal, Samarth (३ अप्रिल २०१८), "Hichki actor Rohit Saraf: The moment I saw the final product, I knew we'd hit the bull's eye", Hindustan Times, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१९ 
  7. Chatterjee, Saibal (१० अक्टोबर २०१९), "The Sky Is Pink Movie Review: Priyanka Chopra Lends This Unmissable Film A Starry Edge", NDTV, अन्तिम पहुँच १० अक्टोबर २०१९ 
  8. Vetticad, Anna M. M. (१० अक्टोबर २०१९), "The Sky Is Pink movie review: Priyanka Chopra's restraint defines a moving, uncommonly calm take on grief", Firstpost, अन्तिम पहुँच १० अक्टोबर २०१९ 
  9. Boopathy, Szhruthi (२५ जुलाई २०१९), "B'wood star roped in for romantic Tamil film", Deccan Chronicle, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१९ 
  10. George, Anjana (३० जुलाई २०१९), "Abhishek Bachchan used to call me 'chachi' and I kept correcting him : Pearle Maaney", The Times of India, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१९ 
  11. Pathak, Ankur (१६ जुलाई २०२०), "Netflix India: Here All The Films/Shows Coming To The Streaming Giant", HuffPost, अन्तिम पहुँच १७ जुलाई २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]