लसबेला जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लसबेला जिल्ला
ضلع لسبیلہ
बलुचिस्तानको नक्शामा लसबेलाको अवस्थितिको अवस्थिति
बलुचिस्तानको नक्शामा लसबेलाको अवस्थिति
निर्देशाङ्क: २०°१३′३८″उ॰ ६६°१८′२२″पू॰ / २०.२२७२२°N ६६.३०६११°E / 20.22722; 66.30611
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
स्थापनाजुन १९५८[१]
सदरमुकामउथल
सरकार
 • उप-आयुक्तमजीव-अर-रहामान
 • प्रमुख आयुक्तमहम्मद हासीम गालजाई
क्षेत्रफल
 • जम्मा१२५७४ किमी (४८५५ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[२]
 • जम्मा५७४,२९२
 • घनत्व४६/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
तहसील सङ्ख्या
वेबसाइटwww.lasbeladistrictgovt.com

लसबेला जिल्ला उर्दु (لسبیلہ) पाकिस्तानको बलुचिस्तानमा पर्ने एक तटीय क्षेत्र हो । यो सन् १९५४ जुन ३० मा कलाट विभागबाट एक छुट्टै जिल्ला बनेको थियो । यो जिल्लाको उथल शहर सदरमुकाम हो भने यो जिल्ला पाँच तहसीलमा विभाजीत छ भने २२ बटा सङ्धिय परिसरहरू छन् ।

प्रशासन[सम्पादन गर्नुहोस्]

लसबेला जिल्लामा ५ तहसील छ भने २२ बटा सङ्धिय परिसर छन् जसको नाम निम्न परकारो छ ।[३]

  • बेला
  • दुरेजी
  • हब
  • उथल
  • सोनमानी

नदी[सम्पादन गर्नुहोस्]

लसबेला जिल्लाको प्रमुख नदी पोरली हो भने फोर, हिङ्गोल,आदी नदीहरू पनि यस जिल्लामा अवस्थित छ जुन अवारन जिल्ला हुँदै बग्छ र यो अरबी समुन्द्रमा गएर मिसिन्छ ।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ३,१३०,०० रहेका थियो भने सन् २०१७ को राष्ट्रिय जनगणना यस जिल्लाको जनसङ्ख्या ५,७४२,९२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २,९९२,९२ छ भने महिलाको जनसङ्ख्या २,७४९,८५ रहेको छ । यस जिल्लामा जम्मा ९३,१६५ घरहरू रहेका छन् । [४]

[५] सन् १९९८ को राष्ट्रिय जनगणनाको अनुसार यस शहरमा ९८.३३% मानिसहरू इस्लामी हुन् भने१.३७ % हिन्दु र ०.१४ % इसाई रहेका छन् । यस जिल्लाको मुख्य भाषा बलूची हो जुन पुण जनसङ्ख्याको ६५% मानिसको मात्रीभाषा हो भने सिन्ध भाषा दोस्रो भाषा हो जुन २४ % मानिसहरूले मात्रीभाषा हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

उत्तर-पश्चिम भारत माथि बिजय गरेपछि अलेक्जेन्डर द ग्रेटले ब्यबलनमा फर्किदा लसबेल जिल्ला भएर गएका थिय । ई.श ७११ मा अरबी आयुक्त महम्मद बिन कसीमले सिन्ध जिल्लामा जाने बेला लसबेला जिल्ला भएर गएका थिय ।[६]

खेती[सम्पादन गर्नुहोस्]

यो जिल्लामा खेती गर्नका लागि सिञ्चाईको सुविधा राम्रो नभएपनि सरगुमर जोवर आदि उत्पादन हुन्छ भने तोरी यस जिल्लाको प्रमुख खेती हो । यस जिल्लामा भेडा, उँट, बाख्रा आदी वस्तुहरू पालिन्छन् भने माछा पालन यो जिल्लाको प्रमुख र महत्त्वपूर्ण व्यवसाय हो ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यो शहरको दक्षिण पुर्वी भागमा तेल प्रशुद्धकरण गर्ने कम्पनी छ जुन सन् २०१४ मा स्थापना गरिएको थियो जसले १२०,००० बेरियल तेल उत्पादन गर्ने क्षमताको छ । यो कम्पनीको सामुन्यमा एक जलविद्युत अयोजना छ जसले १३५० मेगावाट विद्धुत उत्पादन गर्छ र लसबृला र अन्य जिल्लामा पनि विद्धुत सेवा पुराउँदै आएको छ । यो शहरमा अजै सिमेन्ट कारखानम, मार्वल कम्पनी र अन्य कारखाना पनि सञ्चालीत छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]