लाउतारो मार्टिनेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाउतारो मार्टिनेज
सन् २०१७ मा, मार्टिनेज
व्यक्तिगत जानकारी
पुरा नाम लाउतारो हाभिएर मार्टिनेज[१]
जन्म मिति (1997-08-22) २२ अगस्ट १९९७ (उमेर २६)[२]
जन्म स्थान बाहिया ब्लाङ्का, अर्जेन्टिना
उचाइ १.७४ मिटर[३]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
इन्टर मिलान
सङ्ख्या १०
युवा करियर
सन् २०१३–२०१४ लिनियर्स
सन् २०१४–२०१५ रेसिङ क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१५–२०१८ रेसिङ क्लब ४८ (२२)
सन् २०१८– इन्टर मिलान १८० (८८)
अन्तर्राष्ट्रिय करियर
सन् २०१६–२०१७ अर्जेन्टिना यु२० ११ (७)
सन् २०१८– अर्जेन्टिना ५० (२१)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:३९, ३० सेप्टेम्बर २०२३ (युटिसि)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ सेप्टेम्बर २०२३ (युटिसि)

लाउतारो जेभियर मार्टिनेज (जन्म २२ अगस्ट १९९७) एक अर्जेन्टिनी व्यवसायिक फुटबल खेलाडी हुन्। उनले सेरिए आ क्लब इन्टर मिलान, र अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि अग्रपङ्क्ति रूपमा खेल्छन्। उनी प्रायः विश्वका उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीहरू एक मानिन्छन्।

मार्टिनेजले आफ्नो फुटबल करियर अर्जेन्टिनामा सुरु गरेका थिए, जहाँ उनले रेसिङ क्लबबाट सन् २०१५ मा वरिष्ठ टोलीमा प्रदापण गरेका थिए। त्यहाँ उनले चार सत्र बिताएका थिए र लिग र कोपा लिबेर्तादोरेस क्लबको प्रतिनिधित्व गरेका थिए। उनले ६० खेलमा २८ गोल गरेका थिए। सन् २०१८ मा उनी इन्टरमा सामेल भएका थिए जहाँ उनले क्लबसँग आफ्नो तेस्रो सत्रमा सेरिए आ उपाधि जितेका थिए।

मार्टिनेजले यसअघि पनि विभिन्न युवा स्तरहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए र २०१७ दक्षिण अमेरिकी यू-२० च्याम्पियनसिप र २०१७ फिफा यु-२० विश्वकपमा प्रतिस्पर्धा गरेका थिए। उनले २०१८ मा आफ्नो वरिष्ठ अन्तर्राष्ट्रिय प्रदापण गरेका थिए र २०१९ कोपा अमेरिकामा वरिष्ठ टोलीको लागि खेलेका थिए र आफ्नो टोलीलाई तेस्रो स्थानमा पुग्न मद्दत गरेका थिए। अर्जेन्टिनाले २०२१ कोपा अमेरिका प्रतियोगिता जितेको थियो। उनी २०२२ फिफा विश्वकप जित्ने अर्जेन्टिनाको टोलीमा पनि थिए।

सम्मान[सम्पादन गर्नुहोस्]

इन्टर मिलान

अर्जेन्टिना

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "FIFA U-20 World Cup Korea Republic 2017: List of Players: Argentina", FIFA, ११ जुन २०१७, पृ: १, मूलबाट १९ डिसेम्बर २०१९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  2. "Lautaro Martínez", inter.it, Football Club Internazionale Milano, २ सेप्टेम्बर २०२२। 
  3. "Lautaro Martínez | Inter.it", www.inter.it (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०३ 
  4. "Inter end Juventus' Serie A dominance with first title in 11 years", ESPN, २ मे २०२१, अन्तिम पहुँच २ मे २०२१ 
  5. Mackenzie, Alasdair (२४ मे २०२३), "Fiorentina 1-2 Inter Milan - Lautaro Martinez scores double as the Nerazzurri defend Coppa Italia", Euro Sport, अन्तिम पहुँच २४ मे २०२३ 
  6. "AC Milan 0-3 Inter Milan: Simone Inzaghi's side ease to Supercoppa win over rivals to defend title", Euro Sport, १८ जनवरी २०२३, अन्तिम पहुँच १८ जनवरी २०२३ 
  7. McNulty, Phil (१० जुन २०२३), "Man City beat Inter Milan 1–0 in Champions League final to claim Treble", BBC Sport, अन्तिम पहुँच १० जुन २०२३ 
  8. "Sevilla 3–2 Inter Milan", BBC Sport, २१ अगस्ट २०२०, अन्तिम पहुँच २१ अगस्ट २०२० 
  9. Murray, Scott (१८ डिसेम्बर २०२२), "Argentina beat France on penalties after thrilling World Cup final – live reaction nice", the Guardian, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  10. Graham, Bryan Armen (११ जुलाई २०२१), "Argentina 1-0 Brazil: Copa América final – live!", The Guardian, अन्तिम पहुँच ११ जुलाई २०२१ 
  11. "Italy 0–3 Argentina: Messi and Di Maria shine in impressive Finalissima win", BBC Sport, १ जुन २०२२, अन्तिम पहुँच २ जुन २०२२ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]