वाइ-फाई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
वाइ-फाई संगठनले प्रयोग गर्ने वाइ-फाईको लोगो
वाइफाई सिग्नल लोगो

वाइ-फाई वा वाइफाई (अंग्रेजी: Wi-Fi) तारको प्रयोग बिना रेडियो तरङ्गहरूको माध्यमबाट डाटा आदान प्रदान गर्ने तथा इन्टरनेट संग जोड्ने एक प्रविधि हो । कुनै पनि वाइ-फाई प्रविधिले सफलतापूर्वक वाइ-फाईएलायन्सको अन्तरसंचालन प्रमाणीकरण परीक्षण गरेपछि मात्र "वाइ-फाई प्रमाणित" ट्रेडमार्क प्रयोग गर्न सक्छन । नेदरल्याण्डका एक इन्जिनियर विक हेसलाई "वाइ-फाईका पिता"को रुपमा लिइन्छ ।