वाखेत गाउँ

नेपाली विकिपीडियाबाट
(वाखेतWakhet बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
म्याग्दी जिल्ला

वाखेत धवलागिरी अञ्चल, म्याग्दी जिल्लाको पातलेखेत गाबिस अन्तर्गत पर्ने वडा नं ६,७,८,९लाई समग्रमा वाखेत भनिन्छ।

सिमाना[सम्पादन गर्ने]

दक्षिणमा घतान गाबिस, उत्तरमा घतान गाबिससँग सिमान जोडिन्छ भने , पूर्वमा राहुघाट नदी र पश्चिममा कुँहु गाबिसको पूर्णगाउँ सम्म सिमान जोडिन्छ। पारि पट्टी दग्नाम गाबिस र राखुका गाऊँहरू देखिन्छ। धवलागिरी र माछापुछ्रे हिमालको सुन्दर दृस्य यहाँ बाट देख्न सकिन्छ।

नामांकन[सम्पादन गर्ने]

यो सुन्दर गाउँको नामको आफ्नै कथा छ। पहिले पहिले यहाँ औवा ( उवा) - दाना गँहु जस्तो देखिने तर बोट चाहि जौ जस्तो देखिने गँहु बर्ग कै अन्नबालीको खेती गरिने हुनाले उवा खेतबाट नै वाखेत भनिन थालिएको अनुमान गरिन्छ।

टोलहरू[सम्पादन गर्ने]

वाखेतलाई वडा नं - ६लाई तल्लो टोल (रोका टोल) , वडा नं - ७लाई उपल्लो गाउँलाई उपल्लो गाउँ ( पाईजा गाउँ) , वडा नं - ८लाई पल्लोगाउँ र वडा नं - ९लाई अनजेको नामले चिनिन्छ।

विकास परियोजना[सम्पादन गर्ने]

केहि वर्ष यता मात्र यो गाउँ सदरमुकाम बेनी सँग कच्ची सडक मार्गले जोडिएको छ। वडा नं ६,७,८को सिमानामा एउटा प्रथामिक विद्यालय छ। बिद्योदय प्रा० बि० यस्को स्थापना २०२२ सालमा भएको हो। पात्लेखेत गाबिसमा दिपक नि०मा०बि सञ्चालनमा छ भने ओखलेमा प्र. प्रथामिक विद्यालय र प्र. बोर्डिङ स्कूल सञ्चालनमा आएको छ। स्वास्थ्य चौकि र गाविस भवन दिपक निमाबि छेउमा छ। यहि बाटो भएर झि, पाखापानी, कुईनेमँगले , थाडाखानी, का मान्छेहरू आवतजावत गर्छन। अहिले छिमेकी गाबिस झि सम्म र पाखापानी सडक खण्ड निर्माधिन छ। हाल सालै बिधोद्वय प्रा०बि यहि २०६७ साल देखि स्थानिय स्रोत वाट नि०मा०बि०को रूपमा सञ्चालन हुदैछ हरेक वर्ष स्तर उन्नति गर्दै लगेर मा०बि० तथा ‌‌+2 सम्म पुराउने लक्ष्य राखिएको छ।

संस्कृति[सम्पादन गर्ने]

हरेक भदौको पहिलो मँगलबार वाखेतमा हरेलो मेला लाग्दछ।हरेलो मेलालाई वाखेतमा दशै तिहार जस्तै धुमधामले मनाईन्छ। भुमे पूजा बैसाखमा गरिन्छ बाखेतमा भने पात्लेखेतमा जेष्ठमा। हतितालिका तिजमा पनि पात्लेखेतमा मेला लाग्दछ भने दशै पूजा पनि पात्लेखेत कोत घरमा लाग्दछ।

प्राकृतीक सौन्दर्यता[सम्पादन गर्ने]

अनेजे, घारशुन्ना , भंकसे , टोडके जस्ता मनोरम हरियाली डाँडाहरू बाट आँखाले भ्याईन्जेल धवलागिरि, माछापुछ्रे जस्ता हिमालहरूमा सूर्‍योदोय र अस्तको दृस्य मनमोहक देखिन्छ। समग्रमा वाखेतलाई सुन्दर पहाडी गाउँ भन्न मिल्छ।

वाखेतका ठाउँका नामहरू[सम्पादन गर्ने]

इतिहासलाई जोड्नु पर्दा- ठाउँ पछाडी यस्ले बोकेको इतिहास यस्तो छ।

नाँच लगाउने चौतारा[सम्पादन गर्ने]

नाँच लगाउने चौतारा
- खास गरेर यहाँ चौतरा थियो अचेल बाटो बिस्तारको क्रममा मिचिएको छ। सुरुबाट का दिनहरूमा यो ठाउँमा नाँच लगाउने गरिन्थ्यो। स्थानिय मेलाहरू मा। २५ वर्ष पहिले यहाँ हरेलो मेलाको लागि भनेर लामो मैदान बनाईयो। हरेलो भनेको पुर्खाको पाला देखि चल्दै आएको बर्षको १ पटक लाग्ने परम्परागत मेला हो। अनि यो मेलाको बिशेषता भनेको यो फिक्स क्यालेन्डरमा चल्छ या नि कि हरेक बर्षको भदौ महिनाको पहिलो मंगलबार हरेलो मेला पर्दछ। कुनै समायमा यो चौतरा नजीकै ग्राउण्ड बने पछि यस्लाई हरेलो ग्राउण्ड पनि भनियो। अहिले वाखेतको बिधोद्वय प्रा० बि० ( प्र० निमाबि०) पनि यहि ग्राउण्डमा अवस्थित छ। अबको दिनमा यो नाँच लगाउने चौतारा हो भनेर भन्ने आधार चौतरा नै बाटो र विद्यालयको अतिक्रणमा परेको छ।

धारा[सम्पादन गर्ने]

धारा
- वाखेका ठूला गाउँहरूको बिचमा खाने पानीको ढुँगे धारा थियो। जहाँ खेतको बिधोद्वय प्रा० बि० तल हरेलो ग्राउण्डमा सर्नु अधि सम्म यहि नै थियो। यहि धाराको नामले नै यो स्थानलाई धारा भनिएको हो। यस भन्दा पहिले यो ठाउँलाई देउरीनी भन्निन्थ्यो। अहिले यो ढुंगे धारा रहेको ठाउँमा खाने पानीको आधुनिक ट्याकि बनेको छ अझै पनि यसलाई धारा नै भनिन्छ। तर यो नामको पछाडी अर्को कारण पनि जोड्छन बुढापाका हरू, धार- धारिलो - ढुंगा नै ढुंगाले भरिएको ठाउँ भएकोले धारबाट धारा रहन गएको भन्ने हरू पनि भेटिन्छन्। यो कुरामा पनि सत्यता कतै कतै नहोला भन्न सकिन्न किन कि यो भन्दा अलिकति माथीको ठाउँलाई धारमा भनिन्छ र यो धाराको नजीकै पनि हो।

भुमेथान[सम्पादन गर्ने]

भुमेथान
- जहा ढुंगे धारा थियो त्यहि ठाउँमा नै भुमेको थान छ, जहा बैसाखको पु्र्णिमा पारेर भुमेको पूजा गरिन्छ। भुमे भनेको भुमिको देवताको प्रतिकको रूपमा मानिन्छ। वर्षा, अन्न र सहकालको लागि भुमेको पूजा गरिन्छ। यो भुमे पूजाको युनिकता भनेको यो दिन गाईने गित हो। यो दिन गाईने गित अरु कुनै दिन पनि गाईन्न। रातो र सेतो ध्वजालाई ताजा हरियो बाँसमा लामो झण्डाको रूपमा बनाएर सबै गाउँ नै मिलेर सो गीत गाउदै र बाजा बजाउदै भुमे थानमा पुगिन्छ र भुमेको बिधिगत पूजा गरिन्छ। यो पनि खेती सम्वन्धित पूजा भएकोले यो पूजा सँगै बाजा, मादल जस्ता बा्द्यवादनका यन्त्रहरू बजाउनलाई फुकुवा पनि गरिन्छ। यो भन्दा पहिला बारीमा गहुँ,जौ,वा जस्ता बाली नाली हुने अनि यो समायमा मादल या बाद्यवादनका समाग्री हरू बजायो भने असिना पर्ने र बालीनाली नोक्सान पुरानो हुने जनबिश्वास छ यो दिन गाउने गीत अरु दिन न गाउनुको कारण पनि त्यही हो भनिन्छ। यानीकि यो दिन गाउने गीत अरु बेला गायो भने अनिष्ठ हुन्छ रे असिना पर्छ भन्ने पुरानो जनबिश्वास छ।

चाउकीमा[सम्पादन गर्ने]

चाउकीमा
- चाउकीमा भनेको उच्च मचान जस्तो ठाउँ हो। जहाँ बाट हेर्दा चारै तिर देख्न सकिन्छ। चौका बाट वाट परिमार्जित हुदा हुदै जन जिब्रोमा चाउकीमा नाम बसेको मानिन्छ।

मक्किना[सम्पादन गर्ने]

मक्किना
- कुनै समायमा फुर्सो माटो खन्ने ठाउँ भएकोले यस्लाई मक्किना भनिएको हो अझै पनि माटो राख्ने ठाउँलाई मक्किना नै भनिन्छ। गाउँघर तिर अचेल पनि घर लिप्नको लागि फुर्सो, माटोको प्रयोग गरिन्छ।

दह गैरा[सम्पादन गर्ने]

दह गैरा
कुनै समायमा पानीको गहिरो दह भएको यो ठाउँलाई दह गैरा भनिएको हो। अहिले पनि दह र दहगैरा नामको दुई पोखरी हरू छन तर पहिलेको जस्तो गहिरो होईन। बस्तुभाउलाई पानी खुवाउनको लागि संरक्षित पोखरी हरू छन्।

दाबिले[सम्पादन गर्ने]

दाबिले
- यस्को नामकरणमा दुई खाले अनुमानहरू अगाडी आउछन। दह गैराको नजीक भएकोले धाप, धापिलो भन्दा भन्दै स्थानिय जनजिब्रोले दाबिले उच्चारण गरेको अनुमान लगाईन्छ। कसै कसैले दाबिलो आकारमा फैलिएको जमीन भएकोले दाबिले भनिएको अनुमान गर्छन। यस्को नामकरणको पछाडीको प्रस्टकारण कतै पनि छैन

सिनारे पाखा[सम्पादन गर्ने]

सिनारे पाखा
- सिरान घरे बाट सिनारे भएको भन्नेहरू पनि छन्। पुरानो समायमा धना जँगल भएको र सो स्थानमा बाघले गाई बाख्रालाई लगेर खाने ठाउँ भएकोले र मरेको जनवारको लासलाई सिनो भनिने र पछि जँगल मासिएर पाखा मात्र बचेकोले सिनारे पाखा भएको हो भनिन्छ।

छराबोट[सम्पादन गर्ने]

छराबोट
- सिनारे पाखामा एउटा स्यानो पानीको छहरा खस्ने गर्दछ। छहरालाई स्थानिय लवजमा छरा र रूखलाई बोट भनिन्छ। छहरा र बोट भएको हुनाले नै छहराबोटलाई स्थानिय लवजमा छराबोट भनिन पुगेको हो।

पाखा[सम्पादन गर्ने]

पाखा
माथी देखि तल आरालो पर्दै आएको ठाउ

डेम्मरबोट[सम्पादन गर्ने]

डेम्मरबोट
- यो ठाउँको नाम एउटा जँगली फलको नामबाट नामकरण गरिएको हो। कुनै समायमा यहाँ दिम्मुर ( डेम्मर) नामको फल प्रसस्त मात्रमा पाईने भएकोले यो ठाउँको नामकरण डेम्वरबोट रहन गएको हो। यसो त वाखेतमा थुप्रै नामहरू पछाडी बोट। खोर, थान, खर्क जोडिएको छ। कुनै समाय र खण्डको बिशेषताको आधारमा यहाँ का नामहरू बस्न गएको देखिन्छ। जहाँ देम्वरबोट भनिन्छ त्यहाँ अचेल बस्ती बसि सकेको छ।

चौतारा बोट[सम्पादन गर्ने]

चौतरा बोट
- थकाई मेट्नको लागि र फुर्सदकोको समायमा सुस्ताउनको लागि जमीन देखि माथी उठाएर बनाईको ठाउँलाई चौतारो भनिन्छ। जहाँ सितल होस भनेर बर-पिपल जस्ता बोटहरू लगाउने गरिन्छ। पहिले पहिले धर्म कर्म गर्नेहरूले चौतरा बनाउने गर्दथे। निसन्तानहरूले सन्तानको आसामा, कसैले मरेर जाने आफन्तको नाममा या सम्झनामा र कसैले अन्जानमा भएको पाप कत्तीहोस भनेर चौतरा पोखरी बनाउने गर्दथे। चौतरा र पोखरीको अर्को पनि पक्ष छ चौतरामा बर-पिपलको रूख रोपिन्छ बर र पिपललाई केटा र केटिको प्रतिक मानेर बिबहा पनि गराईन्छ। जसरी बर र पिपलको जोडीलाई युगल जोडीको प्रतिक मानिन्छ त्यसै चौतरा र पोखरीलाई पनि युगल जोडी कै रूपमा चित्रण गरिएको पाइन्छ। भन्नुको मतलब कसैले चौतरा बनायो भने त्यो चौतराको जोडीको रूपमा पोखरी पनि बनाएको हुन्छ। र त्यो पोखरी सम्म पुग्ने बाटोको निर्माण पनि गरेको हुन्छ। अनि यस्को रमाईलो पक्ष भनेको चौतरा पोखरीको बिबहा हो। जसल्लाई चौतारो-पोखरी संगीता ( सांकेता, साङगिता, संगी) भनिन्छ। समन्यत चौतरा पोखरी निर्माण गरेको साल नै चौतारीमा बर-पिपल रोपन गरिन्छ र केही वर्ष पछि बर-पिपल हुर्के पछि उनीहरूको बाजा गाजा - भोज भटेर गरेर बिवहा गराईन्छ। मानिसको बिबहा जस्तै लाग्ने गरि भोज भटेर गरिन्छ। चौतार र पोखरीलाई सेतो-रातो दुई रंगको माटोले सिगारिन्छ र फूलहरूलाई बाबियोको तोरणमा राखेर चौतरा पोखरी बनाउने मान्छेको घर देखि चौतारा-पोखरी सम्म नै टांगिन्छ।

नुनथला[सम्पादन गर्ने]

नुनथला
- यो नाम पुरानो जनजीवनको सम्झना दिलाउने नाम हो। कुनै समायमा मानव जिविका पुरै जँगलीयुगबाट खेतिपातिको युगमा रूपान्तरण हुने क्रममा थियो। अहिले नुन बिनाको नेपाली तरकारी असम्भव प्राय भए जस्तै कुनै समायमा चौपायाहरूलाई पनि नुन खुवाउने चलन थियो। तर चौपायालाई मान्छेले जस्तै त्यो समायमा दिन दिनै नुन नदिएर १५-१५ दिनको फरकमा अैसी र पूर्णिमाको दिनमा नुनु खुवाईने गरिन्थ्यो। नुन खुवाउने ठाउँमा ठुल्ल-ठूला चप्लेटी (चेप्टो) राखेको हुन्थ्यो र त्यो ढुंगा माथी नै नुन राखेर पशुलाई खान दिईन्थ्यो। कुनै समायमा नुन खुवाउने ठाउँलाई नै नुन र थला (ठाउँ) मिलाएर नुनथला नाम रहन गएको हो।

बान्दापारी[सम्पादन गर्ने]

बान्दापारी
बान्दा भनेको पर्खाल हो पर्खालपारीको ठाउँहुनाले बान्दापारी भनिएको हो।

सिद्वथान[सम्पादन गर्ने]

सिद्वथान
वाखेतका ठाउँका नामहरूमा थान, खोर, बोट थपिएका हुन्छन्। थान भनेको देउताको सम्झनामा पूजा गर्ने स्थान हो। चाहेको, मागेको पुरा गरिदिने देवताको थान सिद्वथान

गट्टेखोर[सम्पादन गर्ने]

गट्टेखोर
गट्टा, गोटा, पुरानो समायको खेल, ३ या ५ सानो गोलो ढुँगालाई हातले बिभिन्न क्रम पार गराउदै बाजी जित्ने खेल। बाहिरी जनवार र चोरबाट बचाउनको लागि छिर्न नसक्नेगरी बार लगाएको ठाउँ। गट्टेखोर यानी गोटाखेल्ने खोर हुनाले गट्टेखोर भनिएको भनिन्छ। कसै कसैले चाहि ओखरको गट्टाखेलिएकोले गट्टाओखर हुदा हुदै गट्टेखोर भएको पनि भनिन्छ। गट- दुई दलिय बिजहुने सानो भट्टमास,मास समुहको मसिनो दाना हुने दाल या गेडागुडी फल्ने खोरिया भएकोले गट्टखोर भनेको भन्नेहरू पनि कम छैनन। लिखित इतिहास नभएको र जानकार पुरानो भनाईको आधारमा माथीका जुनसुकै कारणले भए पनि गट्टेखोर नाम अझै प्रचलनमा छ।

बाह्रखोरे[सम्पादन गर्ने]

बाह्रखोरे
- बाह्र खोरियाको समुह, बाह्र वटा खोर, बाह्र खोरिया भएको मान्छेको खोरिया- बाह्रखोरे

दुवाखर्क[सम्पादन गर्ने]

दुवाखर्क
- पुरानो गन्ती, इका, दुवा, तिया, १,२,३ दुई वटा खर्क- दुवाखर्क पुरानो समायको खर्कमा अहिले राधाकृष्णको मन्दिर छ। कुनै समायमा यो गाईबस्तु चढाउने खर्कको रूपमा परिचित थियो। राधाकृष्ण मन्दिरको आफ्नै बिशेषता छ। यस्को आकर्षण भनेको यहाँ स्थानिय प्रतिभा भिम ब० रोकाले बनाउनु भएको राधाकृष्णको सुन्दर मूर्ति हो। जहाँ २०५१ साल देखि अखण्ड कृतन र अखण्ड दियो बल्दैछ। प्रचार-प्रसारको अभाव र सँरचनाको बिस्तारको अभावमा यस्को जति चर्चा र नाम हुनु पर्नेको त्यो भन्दा ओझेलमा छ। यति सु्न्दर मूर्तिकला भएको प्रतिभाको कदर पनि हुन सकेको छैन। समाय र सुविद्या दिने हो भने उहाँको सृजनाले वाखेतलाई मात्रै होईन पुरै म्याग्दीलाई नै आकर्षणको केन्‍द्र गराउन सक्छ। र धार्मिक पर्यटनको सम्भावना पनि प्रचुर मात्रामा छ।

दहिडाँडा[सम्पादन गर्ने]

दहिडाँडा
दहि राख्ने डाँडा, दु्वाखर्कमा राखिएका गोठालोहरूले दहि राख्ने ठाउँ

फट्के[सम्पादन गर्ने]

फट्के
कुनै समायमा कालीको मुहान सहायक नदी राहुगढ, (राहुगँगा, राहुधाट) यहि सतहमा बग्दथ्यो। र खोला गर्नकोलागी फट्के- काठको पुल भएको ठाउँ फड्के, फट्के, अहिले राहुगढ बगेको ठाउँमा पुग्नलाई हिडेरै ३-४ धण्टा लाग्छ। यो गहिराईको क्रमलाई स्बतन्त्र बग्न दिनेहो भने कुनै दिन पाखापानी,झी,बाखेत,पात्लेखेत,घतान, दग्नाम,राखु जस्ता गाउँहरूलाई भबिस्यमा बाढीपहिरोको खतरा हुने छ।

भँकसे[सम्पादन गर्ने]

भँकसे
यो वाखेतको गाउँको माथीको डाँडा हो। माथी डाँडाको समतल भूभागमा जमीन भासिएर गहिरो प्वाँल ( भ्वाङ, भंग, स्याङ) खस्ने गर्दछ। जमीनको भाग भित्र खस्ने भएकोले नै यो डाँडाको नाम भँकसे भनिएको हो। - सालैजो गीतमा एउटा पुरानो लोकल भर्सनको गीत छ------ माथिलाई पर्‍यो देउराली डाँडा लत पर्‍यो लरेनी, यानी कि वाखेतको माथी भँकसे र तल लरेनी भन्ने ठाउँ पर्छ। लोक गित गित मात्रै हुदैनन। समाय, जीवन र स्यानको परिचय पनि हुन।

देराली=[सम्पादन गर्ने]

देराली
- देबीदेवतालाई सम्मानले स्थापना गरेर राख्ने ठाउँ। देराली खास गरेर अग्लो ठाउँमा हुन्छ। मानवीय प्रदुसन नहुने ठाउँमा हुन्छ। देउरालीको आफ्नै बिशेषता छ। प्रेमी जोडिहरूले भाकल गर्ने ठाउँ पनि देउरालीनै हो। कतै टाढा जानु पर्‍यो भने रक्षाको लागि पुकार्ने नाम पनि देउराली नै हो।

लुगरो कत्ने[सम्पादन गर्ने]

लुगरो कत्ने
- लाकुरो, सुरिलो, सोझो बोट, कुनै समयामा यो लाकुरो काट्ने जँगल थियो। यो इतिहास भै सक्यो तर पनि नाम चाहि लुगरो काट्ने नै छ। लुगरो यो स्थानिय लबज हो।

अनजे[सम्पादन गर्ने]

अनजे
- वाखेतको बडा नं-९, पुन मगरहरूको बसोबास भएको ठाउ भएको ठाउँ

बाह्रथान
- बराह् भुमेथान स्थानिय लवजमा बाह्रथान भनिन्छ।

दह
- पानीको गहिरो पोखरी

== हेरालो बस्ने ढुंगा ==
हेरालो बस्ने ढुंगा
- हेरालो- हेर्ने मान्छे, पुरानो समायमा यो ढुंगाको प्रयोग हरिण, कालिजको बथान बसेको हेर्न र शिकारको लागि प्रयोग गरिन्थ्यो। पछि मान्छेहरू खेतिमा आधारित जिविकाको जीवन बिताउन सुर गरे पछि बनबिनासको क्रम बढ्यो र पुरानो समायमा खेतीको समायमा खास गरी असार-साउन आफ्ना चौपायाहरूलाई जँगल पठाउने गरिन्थ्यो। गाउँको सबैको चौपायाहरू १-२ जना हेरालोलाई खर्च दिएर हर्न लगाउथे। अग्लो र बर्खाको समायमा ढुंगा माथी ओभानो र जुका नलाग्ने भएकोले यहि ढुगा माथी बसेर चौपायाहरूलाई गाँउ फर्कनबाट रोक्ने गर्दथे। जव खेती रोपाई गरेर सकिनथ्यो भदोको पहिलो हप्ता सम्ममा मकै बाली पनि पाकि सकेको हुन्दथ्यो। मकै वाली निकाली सकेको खेतमा बनमा हेरालोलाई पठाएको चौपायालाई गाउँमा फर्काईन्थो। खेतिको काम सकेर थाकेका हलिहरू ( खेत जोत्नेहरू) र चौपायालाई जँगलमा हेर्न हेरालो हरू मिलेर रमाईलो र थकान मेटनको लागि मेला लगाउने गर्दथे। जस्लाई हरेलो भनिन्छ। बन पठाएका चौपायाहरूलाई मकै निकालि सकेको खेतको धाँसमा छादिन्थ्यो। जस्लाई फाँट खोल्ने या छोड्ने भनिन्थ्यो। गाउँको मुलिले सबैलाई फलानो दिन सम्ममा सबैले आफ्नो मकै निकाली सक्नु भन्ने खवर कटुवाल (सर्वजानिक खवर अग्लो ठाउँमा उभिएर ठूलो स्वरले कराएर सन्देश सुनाउने मान्छे) मार्फत सुनाउने गर्दथे। यसरी त्यो दिनको भोलि पल्ट चौपायालाई खेतमा छाडा छाडेर हेरालो र हलिहरू हरेलो मनाउने गर्दथे।

ढिउदाना
मगर भाषामा कुनै फल

झरपानी[सम्पादन गर्ने]

झरपानी
- झर-रातो, पानी , यहा जमेको पानी रातो देखिने गर्छ।

फलाटे
- फलाटको जँगल भएको ठाउँ

सोरावोट[सम्पादन गर्ने]

सोरावोट
- घतान गाबिस र पात्लेखेत गाबिसको सिमाना पर्ने डाँडा- यो डाँडाको आफ्नै इतिहास छ- मल्लकालिन राज्य बिस्तार क्रममा पाखापानीको राजालाई टोप आक्रमण यहि डाँडा बाट गरिएको भनिन्छ। त्यो समायमा पनि लामो रेन्जको मार हान्न सक्ने टोप जस्ता हतियार निर्माण भै सकेका थिए भन्ने प्रमाण यो डाँडा बाट जुके, जुगेको देउराली माथीको पहरामा अहिले पनि रहेका टोपका डोप,प्वालहरू हुन। जुन समायमा पेपरको चलन नै थिएन। टोपको चाही प्रयोग भै सकेको थियो। नेपाली गाउँले इतिहास हेर्दा गाउँमा कपि भन्दा पहिले तास र कलम भन्दा पहिले टोप आईपुगेको देखिन्छ।

घारसुन्ना[सम्पादन गर्ने]

घारसुन्ना- कुरा भिर माहुरी र महको जमनाको हो। न्यानो भिर, पहरामा भिरमाहुरीले चाका लगाउने गर्दथे। घारसु्न्ना पनि स्यानो पहराको नाम हो। भिर चढ्न गाह्रो हुने र ज्यान जाने खतरा पनि हुने भएकोले मानिसहरूले वस्ति जनिका पहराहरूमा काठले बनेका धारहरू थापेर भिर माहुरीलाई घारे महुरी बनाउने तैयारीमा थिए। खुदो, उखु बाट बन्ने गुलियो झोल घारको भित्र दलेर स्यानो स्यानो भिरमा छोड्ने गर्दथे र गुलियोमा माहुरी आएर बसे पछि घरपालुवा बनाउथे। प्राय मानव बस्ती भएको स्यानो भिरहरू त्यस्तै खाले घारहरूले भरिएका हुन्थे तर यो स्यानो भिर चाहि घार अडाउन मिल्ने ठाउँ नै थिएन र कसैले पनि घार राख्न सकेनन। त्यही वेला नै घार नभएको भिर भनेर कोड गरियो घार- 0 घार नभएको , र |घारसुन्ना भनिन थालियो। यो वाखेत र पूर्ण गाउँको सिमनामा पर्ने अग्लो डाँडा हो। स्यानो भिर चाहि वाखेत तर्फ पर्छ। यहाँ बाट बिश्वप्रसिद पुन हिल टावर, पोखरा, धवलागेरी, अन्नपूर्ण रेन्जका सवै हिमालहरू देखिने भएकोले भ्यू टावर राख्न सकियो र शक्तिसाली दरबिन जोड्न सक्यो भने प्रकृतिक मनोरमको मजाको साथ साथमा टुरिजमको सम्भावना पनि छ।

हेर्नुहोस्[सम्पादन गर्ने]

http://maps.google.com/maps?ll=28.400723,83.523896&z=15&t=h&hl=en