वार्तालाप:मूत्रमार्गको सङ्क्रमण

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मूत्रमार्गको सङ्क्रमण

मूत्रमार्ग संक्रमण (युटिआई) ब्याक्टेरिया निर्मित संक्रमण हो जसले मूत्रमार्ग को निश्चित भागलाई संक्रमण गर्दछ। जब यसले तल्लो मूत्रमार्गलाई प्रभावित गर्छ यसलाई सामान्य मूत्राशय सोथ (मूत्रथैलीको संक्रमण) भनिन्छ र जब यसले माथिल्लो मूत्रमार्गलाई प्रभावित गर्छ यसलाई यलोनेफ्राइटिस (मृगौलाको संक्रमण) भनिन्छ। तल्लो मूत्रमार्गको संक्रमणमा पिसाब फेर्दा पीडा हुने र बारम्बार पिसाब फेर्ने इच्छा हुने (वा दुवै), पर्दछन् जबकी यलोनेफ्राइटिसमा तल्लो यूटीआइका लक्षणहरू सँगै ज्वरोपार्श्व भागको दुखाइ पर्दछन्। बृद्ध र धेरै कम उमेरका मानिसहरूमा, लक्षण अष्पष्ट वा अनिश्चित हुन सक्छ। दुवै प्रकारका संक्रमणहरूको मुख्य कारक एजेन्ट एस्केरीशिया कोली हो, यद्यपि अन्य ब्याक्टेरिया, भाइरसहरू वा फङ्गाइ पनि कहिलेकाहीं यसका कारण हुन सक्छन्।

मूत्रमार्गको संक्रमण पुरुषहरूको तुलनामा महिलाहरूमा आम रुपमा हुने गर्दछ, आधा जति महिलाहरूलाई उनीहरूको जीवनमा कम्तिमा पनि एकपटक हुने गर्दछ। संक्रमण फेरी-फेरी हुनु सामान्य कुरा हो। जोखिम कारकहरूमा महिला शरीर रचना विज्ञान, यौन सम्बन्ध र परिवारको इतिहास पर्दछन्। यलोनेफ्राइटिस भएपछि मात्र, सामन्यतया मूत्रथैली संक्रमण हुने गर्दछ तर रक्त निर्मित संक्रमणको कारणबाट पनि हुनसक्छ। स्वस्थ युवा महिलामा निदान केवल लक्षणहरूको आधारमा मात्र गर्न सकिन्छ। तीनिहरू जसमा अस्पष्ट लक्षणहरू हुन्छन्, निदान कठिन हुनसक्छ किनभने ब्याक्टेरियाहरू संक्रमण नभइकन पनि उपस्थित हुन सक्छन्। जटिल मामिलाहरूमा उपचार असफल हुँदा, एउटा मूत्र कल्चर उपयोगी हुनसक्छ। बारम्बार संक्रमणहरू हुने मानिसहरूमा, प्रतिजैविक हरूको हल्का खुराकलाई निवारक उपायको रुपमा उपयोग गर्न सकिन्छ।

गैर जटिल मामिलाहरूमा, एन्टिबायोटिकहरूको छोटो प्रक्रियाद्वारा मूत्रमार्ग संक्रमणहरूलाई सजिलै उपचार गरिन्छ, यद्यपि यस स्थितिमा उपचारको लागि प्रयोग गरिने थुप्रै एन्टिबायोटिकहरूमा प्रतिरोध बढीरहेको छ। जटिल मामिलाहरूमा, लमो प्रक्रिया वा अन्तरशिरीय एन्टिबायोटिकहरूको आवश्यकता पर्नसक्छ, र यदि लक्षणहरू दुई वा तीन दिनमा सुधार भएन भने, अतिरिक्त नैदानिक परिक्षणको आवश्यकता पर्नसक्छ। महिलाहरूमा, ब्याक्टेरिया निर्मित संक्रमणहरूको सबैबन्दा सामान्य अवस्था मूत्रमार्ग संक्रमणहरू हुन् किनभने वार्षिक १०% महिलाहरूमा मूत्रमार्ग संक्रमणहरू विकसित भइरहेका हुन्छ।

संकेत तथा लक्षणहरू[सम्पादन गर्नुहोस्]

पिसाबमा पीप हुन सक्छ (एउटा यस्तो अवस्था जसलाई प्युरिया भनेर चिनिन्छ) जस्तै कि मूत्र संक्रमणको कारणले घाउ सडाइ बाट पीडित व्यक्तिमा देख्न सकिन्छ।

तल्लो मूत्रमार्ग संक्रमणलाई मूत्रथैली संक्रमण पनि भनिन्छ। सबैभन्दा आम लक्षणहरू पिसाबमा जलनयोनि स्राव को अनुपस्थितिमा बारम्बार मूत्रत्याग (वा मूत्र त्यागको इच्छा) तथा गम्भिर पीडा हुन्।[१] यी लक्षणहरू हल्का देखी गम्भीरसम्म हुन सक्छन्।[२] र स्वस्थ महिलामा औषत रुपमा छ दिनसम्म रहन सक्छ।[३] घुँडाको हाड्डी माथि वा तल्लो ढाड मा केही दुखाइ उपस्थित हुनसक्छ। माथिल्लो मूत्रमार्ग संक्रमण वायलोनेफ्राइटिस, बाट पीडित मानिसहरू पार्श्व भागको दुखाइ, ज्वरो, वा वाकवाकी तथा वान्ता सँगै तल्लो मूत्रमार्ग संक्रमणका परम्परागत लक्षणहरू पनि हुनसक्छन्।[२] कहिलेकाहीं पिसाबमा रगतको केही मात्रा हुन सक्छ[४] वा देख्न सकिने प्युरिया (पिसाबमा पीप हुनु) रहेको हुनसक्छ।[५]

बच्चाहरूमा[सम्पादन गर्नुहोस्]

सना बच्चाहरूमा, मूत्रमार्ग संक्रमण (यूटीआइ) को एउटा मात्र लक्षण ज्वरो हुनसक्छ। स्पष्ट लक्षणहरूको अनुपस्थितिको कारणले, दुई वर्षभन्दा कम उमेरकी केटीहरू र एक वर्षभन्दा कम उमेरका केटाहरूमा ज्वरोको लक्षणको उपस्थितिमा, थुप्रै चिकित्सा संगठनहरूले मूत्र कल्चर गराउन सुझाव दिन्छन्। शिशुहरू कम खान सक्छन्, वान्ता गर्न सक्छन्, धेरै सुत्न सक्छन्, वा जन्डिस का संकेतहरू देखाउन सक्छन्। ठूला बच्चाहरूमा, मूत्र असंयम (मूत्रथैलीको हानि) को नयाँ सुरुवात हुनसक्छ।[६]

वृद्धहरूमा[सम्पादन गर्नुहोस्]

मूत्रमार्ग लक्षणहरू वृद्धहरूमा निरन्तर रुपमा क्षीण हुँदै जान्छ।[७] असंयम, मानसिक स्थितिमा परिवर्तन, वा थकान जस्ता लक्षणहरूको रुपमा मात्र उपस्थितिहरूको संकेत अस्पष्ट हुनसक्छ।[२] जबकि केही मानिसहरू स्वास्थ्य सेवा प्रदायकहरू कहाँ सुरुका लक्षणहरूको रुपमा घाउको सडाइ, रगतको संक्रमणको साथमा जान सक्छन्। [४] अधिक वृद्धहरूमा असंयम वा मनोभ्रंश पहिले देखिनै हुने कारणले गर्दा निदान जटिल हुनसक्छ।[७]

इ. कोलि मूत्रमार्ग संक्रमणको 80–85% कारण हो, जसमध्ये स्टेफिलोकोकस सेप्रोफाइटिकस 5–10% कारण हुने गर्दछ।[१] कहिलेकाहीं तिनीहरू भाइरस निर्मित वा फङ्गलसंक्रमणहरू हुन सक्दछन्।[८] अन्य ब्याक्टेरिया निर्मित कारणहरूमा निम्न समावेश छन्:क्लेब्सिएला, प्रोटियस, स्यूडोमोनस, र इन्टरोब्याक्टेर। यी असमान्य छन् र विशेषगरि मूत्र प्रणलाी वा मूत्र क्याथेटराइजेशनको असाधारणतासँग सम्बन्धित छन्।[४] स्टेफिलोकोकस अउरियस को कारणले हुने मूत्रमार्ग संक्रमणहरू सामान्यतया रक्त अस्थि (हड्डी) संक्रमणहरू भएपछि हुने गर्दछन्।[२]

यौन सम्बन्ध[सम्पादन गर्नुहोस्]

युवा र यौन सक्रिय महिलाहरूमा, यौन गतिविधि मूत्रथैली संक्रमणहरूको 75–90% कारण हो, यसमा संक्रमणको जोखिम यौन बारम्बारता सँग सम्बन्धित हुन्छ।[१] शब्द "हनीमून मूत्राशय सोथ" प्रारम्भिक विवाह अवधिको दौरानमा हुने निरन्तर यूटीआइको यस तथ्यसँग सम्बन्धित छ। महिनावारी रोकिए पश्चातमहिलाहरूमा, यौन गरिविधिहरूले यूटीआइको विकासको जोखिमलाई असर गर्दैन। स्पर्मिसाइड को प्रयोग, यौन बारम्बारताको स्वतन्त्रताले, यूटिआइको जोखिमलाई बढाउँछ।[१]

पुरुषको तुलनामा महिलाहरू यूटीआइ प्रति बढी कमजोर हुन्छन् किनभने, महिलाहरूमा, मूत्रमार्ग धेरै सनो र मलद्वार भन्दा धरै नजिक हुन्छ।[९] महिनावारी रोकिनु सँगै महिलाहरूमा एस्ट्रोजनको स्तर कम हुँदै जाने भएकाले, योनिमा रहने जीवाणुको सुरक्षाको कमीको कारणले उनीहरूको मूत्रमार्ग संक्रमणको जोखिम बढ्ने गर्दछ।[९]

मूत्र क्याथेटर[सम्पादन गर्नुहोस्]

मूत्र क्याथेटराइजेशन ले मुत्र मार्गको संक्रमणलाई वृद्धि गर्दछ। ब्याक्टेरियूरिया (पिसाबमा ब्याक्टेरिया) को जोखिम प्रति दिन तीन देखी छ प्रतिशतको बीचमा हुने गर्दछ र रोगनिरोधी एन्टिबायोटिकहरू लक्षणात्मक संक्रमणलाई कम गर्नमा प्रभावकारी हुँदैनन्।[९] केवल आवश्यक पर्दा मात्र प्रविष्टि गराउन एसेप्टिक टेक्निकप्रयोग गरेर र क्याथेटरको बन्द निकासीलाई बाधारहित राखेर सम्बन्धित संक्रमणलाई क्याथेटराइजेशन गराएर कम गर्न सकिन्छ।[१०][११][१२]

अन्य[सम्पादन गर्नुहोस्]

परिवारहरूमा मूत्रथैली संक्रमणको एउटा पूर्व प्रवृत्ति हुनसक्छ। अन्य जोखिम कारकहरूमा मधुमेह,[१] लिङ्गको छाला नकाटिएको हुनु र ठूलो प्रोस्टेट शामेल छन्।[२] जटिल कारकहरू विशेष गरि अस्पष्ट हुन्छन् र शारीरिक, कार्यात्मक, वा उपापचयी असाधारणताको पूर्वप्रवृत्ति शामेल हुन्छ। जटिल यूटीआइको उपचार गर्न अधिक कठिन हुन्छ र प्राय: थप आक्रामक मूल्याङ्कन, उपचार तथा फलो-अपको आवश्यकता पर्दछ।[१३] बच्चाहरूमा यूटाआइ भेसिकोयूलेटर रिफ्लक्स (मूत्रनलीहरू वा मृगौलाहरूमा मूत्रथैली बाट पिसाबको असमान्य प्रवाह) र कब्जियत सँग सम्बन्धित छ।[६]

मेरुदण्डको मासीमा चोट बाट पीडित व्यक्तिहरूमा आंशिक रुपमा क्याथेटरको लामो उपयोग र आंशिक रुपमा मलत्याग शिथिलताको कारणले गर्दा मूत्रमार्गको संक्रमणको जोखिम बढ्दै जान्छ।[१४] यो जनसङ्ख्यामा संक्रमणको सबैभन्दा आम कारण यही हो, साथसाथै अस्पातालमा भर्ना हुने सबैभन्दा आम कारन पनि यही हो।[१४]साथै, यस जनसङ्ख्यामा रोकथाम वा उपचारमा क्रेनबेरी जुस वा क्रेनबेरी पूरक अप्रभावी साबित हुन्छन्।[१५]

सामान्यतया मूत्रमार्ग संक्रमण गराउने ब्याक्टेरिया मूत्रनलीको माध्यबाट मूत्रथैलीमा प्रवेश गर्छ। यद्यपि, संक्रमण रगत वा लिम्फ को माध्यमबाट पनि हुनसक्छ। विश्वास गरिन्छ कि ब्याक्टेरिया प्राय: आंत्रबाट मूत्रमार्गमा फैलिन्छ, र महिलाहरू उनीहरूको शारीरिक बनावटको कारणले गर्दा उच्च जोखिममा रहन्छन्। मूत्रथैलीमा प्रवेश गरिसकेपछि, इ. कोलि ले आफैलाई मूत्रथैलीको भित्तामा चिप्काउन सक्षम हुन्छन् र एउटा बायोफिल्म को निर्माण गर्दछन् जसले शरीरको रोगप्रतिरोधात्मकमा बाधा उत्पन्न गर्दछ।[४]

यूटीआइको बारम्बारतालाई प्रभाव पार्न असफल रहेका उपायहरूमा: गर्भनिरोधक चक्कीहरू वाकन्डमहरू, शारीरीक सम्बन्ध पछि तुरुन्तै मूत्रत्याग गर्ने, प्रयोग गरिएको हन्डरवेयरको प्रकार, मूत्रत्याग वा मलत्याग पश्चात व्यक्तिकत स्वच्छताको लागि प्रयोग गरिने उपायहरू, वा व्यक्तिले विशेष रुपमा नुहाउनु वा शावर लिनु पर्दछन्।[१] त्यस्तै पिसाब रोक्ने, टेम्पोन को प्रयोग, तथा सरसफाइको प्रभावमा प्रमाणको कमी हुन्।[९]

नियमित मूत्रमार्ग संक्रमण हुने व्यक्तिहरू जो गर्भनिरोधको उपायको रुपमा स्पर्मिसाइड वा डायाफ्राग्म प्रयोग गर्छन्, तिनीहरूलाई वैकल्पिक विधिहरूको सल्लाह दिइन्छ।[४] क्रेनबेरी (जुस वा क्याप्सुलहरू) ले नियमतित संक्रमणबाट पीडित व्यक्तिहरूमा यो हुने सम्भावनालाई कम गर्न सक्छ,[१६][१७] तर दिर्घकालिन सहनशिलता एउटा मुद्दा हो[१६] ३०% भन्दा बढी मामिलामा जठरांत्रिय समस्या हुने गर्दछ।[१८] दिनमा दुईपटकको उपयोग एकपटकको उपयोग भन्दा उत्तम हुन्छ।[१९] २०११ मा, अन्तरयोनि प्रोबायोटक्स को लागि तिनीहरू लाभदायक छन् कि छैनन् भनि निर्धारण गर्न अतिरिक्त अध्ययनको आवश्यकता परेको थियो।[४] स्पर्मिसाइड रहित कन्डम वा गर्भनिरोधक चक्कीहरूको प्रयोगले गैर-जटिल मूत्रमार्ग संक्रमणको जोखिमलाई बढाउँदैन।[२०]

औषधी सेवन[सम्पादन गर्नुहोस्]

पुनरावर्ती संक्रमणहरूबाट पीडित मानिसहरूका लागि, दैनिक एन्टिबायोटिकहरूको एउटा लामो प्रक्रिया प्रभावकारी हुन्छ।[१]बारम्बार प्रयोग हुने औषधिहरूमा नाइट्रोफ्यूरेन्टोइनट्राइमेथोप्रिम/सल्फामेथोक्साजोल पर्दछन्।[४]मेथेनामाइन यस उद्देश्यका लागि नियमित रुपमा प्रयोग गरिने एउटा अर्को एजेन्ट हो किनभने मूत्रथैलीमा जहाँ अमम्लीयपन कम हुन्छ, यसले फोर्मएल्डिहाइड उत्पन्न गर्छ जस प्रति प्रतिरोध विकसित हुँदैन।[२१]यौनक्रियासँग सम्बन्धित संक्रमणहरू मामिलाहरूमा, पछि एन्टिबायोटिकहरू लिनु उपयोगी हुनसक्छ।[४] महिनावारी रोकिएकी मिहिलाहरूमा, प्रासङ्गिक योनि सम्बन्धी एस्ट्रोजन ले पुनारावृतिलाई कम गरेको पाइएको छ। प्रासङ्गिक क्रिमहरूको विपरित, पेसरिज बाट योनि सम्बन्धी एस्ट्रोजनको प्रयोग, एन्टिबायोटिकको हल्का खुराकको तुलनामा उपयोगी पाइएको छैन।[२२] २०११ मा, कयौं सुइहरू विकसित गरिएका छन्।[४]

बच्चाहरूमा[सम्पादन गर्नुहोस्]

निवारक एन्टीबायोटिकहरूले बच्चाहरूमा मूत्रमार्ग संक्रमणहरूलाई घटाउने प्रमाण धेरै नाजुक छ।[२३]यद्यपि यदि मर्गौला सम्बन्धी कुनै अन्तर्निहित असामान्यताहरू छैनन् भने पटक-पटक हुने युटीआइहरू आउँदा दिनहरूमा हुने मृगौलाका समस्याहरूको दुर्लभ कारण हुन्छन्, यो वयस्कमा हुने जीर्ण मृगौला रोग को एक प्रतिशतको एक तिहाइ प्रतिशत (०.३३%) भन्दा पनि कम हुन्छ।[२४]

युरीनरी माइक्रोस्कोपीमा सेता रक्त कोषहरूको बीचमा देखाइएको बहुसंख्य बासिल्लि (रड-आकारको ब्याक्टेरिया, जसलाई यहाँ कालो र सीमी-आकारमा देखाइएको छ)। यी परिवर्तनहरू मूत्र पथ संक्रमणका संकेतहरू हुन्।

प्रत्यक्ष्य मामिलाहरूमा, निदान र उपचार थप प्रयोगशाला पुष्टि बिना केवल लक्षणहरूमा मात्र आधारित रहेर गर्न सकिन्छ। जटिल र शंकास्पद मामिलाहरूमा, मूत्रविश्लेषण, मार्फत युरिनरी नाइट्रेटहरू, सेता रक्त कोषहरू (ल्यूकोसाइट्स), वा ल्यूकोसाइट इस्टरेसको उपस्थितिलाई हेरेर पुष्टि गर्नमा उपयोगी हुन्छ। अर्को परिक्षण, युरिन माइक्रोस्कोपी ले, राता रक्त कोषहरू, सेता रक्त कोषहरू, वा ब्याक्टेरियाको उपस्थितिलाई जाँच गर्दछ। मूत्र कल्चर लाई तब सकारात्मक मानिन्छ जब यसले ब्याक्टेरियल कोलोनी गणनालाई सामान्य मूत्रमार्ग रचनाको प्रति मिलि १० कोलोनी-फर्मिङ युनिट भन्दा बढी वा बराबर देखाउँछ। एन्टीबायोटिक उपचारको चयनमा तिनीहरूलाई उपयोगी बनाएर, यी कल्चरहरूबाट एन्टीबायोटिकको संवेदनशीलता पनि जाँच्न सकिन्छ। यद्यपि, नगेटिभ कल्चरहरू भएका महिलाहरूलाई एन्टीबायोटिक उपचारबाट पनि सुधार (बिसो) हुनसक्छ।[१] मूत्र पथ संक्रमणका लक्षणहरू अस्पष्ट हुनसक्ने तथा विश्वसनीय परिक्षणहरूको उपस्थिति नहुन सक्ने हुनाले, बुजुर्गहरूमा निदानरू गर्न कठिन हुनसक्छ।[७]

वर्गिकरण[सम्पादन गर्नुहोस्]

मूत्रमार्ग संक्रमणमा केवल तल्लो मूत्रमार्ग मात्र समावेश हुनसक्छ, जुन अवस्थामा यो मूत्रथैली संक्रमणको रुपमा चिनिन्छ। फरक तरिकाले, यसमा माथिल्लो मूत्रमार्ग समावेश हुनसक्छ, जुन अवस्थामा यो पाइलोनेफ्राटिस भनेर चिनिन्छ। यदि पिसाबमा ब्याक्टेरियाको मात्रा निकै छ तर कुनै लक्षणहरू छैनन् भने, उक्त अवस्थालाई एसिम्प्टोमेटिक ब्याक्टेरियूरिया भनिन्छ।[२] यदि मूत्रमार्ग संक्रमणमा माथिल्लो मार्ग समावेश छ, र व्यक्तिमा डाइबिटीज मेलिटस छ, गर्भवती छ, पुरुष हो, वा प्रतिरक्षा असक्षमता छ भने, यस्तो अवस्थालाई जटिल मानिन्छ।[३][४] यदि महिला स्वस्थ र पूर्व रजोनिवृत्ति अवस्थामा छ भने यसलाई जटिल मानिँदैन।[३] बच्चाहरूमा जब मूत्रमार्ग संक्रमणहरू ज्वरोसँग जोडिएका हुन्छन्, यसलाई माथिल्लो मूत्रमार्ग संक्रमण मानिन्छ।[६]

बच्चाहरूमा[सम्पादन गर्नुहोस्]

बच्चाहरूमा मूत्र पथ संक्रमणको निदान गर्न, पोजेटिभ मूत्र कल्चरको आवश्यकता पर्दछ। संकलनको लागि प्रयोग गरिने विधि अनुसार फोहोर (दूषित) ले एउटा गम्भीर चुनौनी उत्पन्न गर्छ, यस प्रकार “स्पष्ट-मिलान” मध्य प्रवाह नमूनाको लागि १० CFU/mL को कटअफ प्रयोग गरिन्छ, क्याथेटरबाट प्राप्त गरिएको नमूनाको लागि १० CFU/mL को कटअफ प्रयोग गरिन्छ र सुप्राप्यूबिक एस्पिरेशन (सुईद्वारा सिधै मूत्रथैलीबाट निकालिएको नमूना) को लागि १० CFU/mL को कटअफ प्रयोग गरिन्छ। कल्चरको बेलामा फोहरको उच्च दरको कारणले विश्व स्वास्थ्य सङ्गठन द्वारा “यूरिन ब्याग” को प्रयोग गरेर नमूनाहरू संकलन गर्ने कार्यलाई असमर्थन गरिएको छ, र ट्वाइलेटको अभ्यास नभएका व्यक्तिहरूकोलागि क्याथेटराइजेशन राम्रो मानिन्छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सs जस्ता केहीले, मूत्रपथ संक्रमण भएका सबै बालबालिकाहरूका लागि रेनल अल्ट्रासाउण्डभोइडिङ क्रिस्टोयूरेथ्रोग्राम (मूत्र त्याग गर्ने बेलामा कुनै व्यक्तिको मूत्रमार्ग तथा मूत्र थैलीलाई रियल टाइम एक्स्-रे द्वारा हेर्नु) को सिफारिश गर्छन्। यद्यपि, प्रभावकारी उपचारको आभावको कारणले यदि सम्स्याहरू फेला पर्छन् भने, नेश्नल इन्स्टिच्यूट फर क्लिनिकल एक्सीलेन्स जस्ता अरुहरूले पनि छ महिना भन्दा कम उमेरका वा असामान्य परिणामहरू देखा परेका बालबालिकाहरूमा केवलल नियमित इमेजिङ सिफारिश गर्छन्।[६]

विभेदक निदान[सम्पादन गर्नुहोस्]

सर्विसाइटिस (गर्भाशय ग्रीवा मा जलन) वा भेजिनाइटिस (योनी मा जलन) भएकी महिलाहरूमा र युटीआइका लक्षणहरू भएका यूवा पुरुषहरूमा, क्लमीडिया ट्रैकोमेटिस वा नाइसेरिया गोनोरिया संक्रमण एउटा कारण हुनसक्छ।[२][२५] भेजिनाइटिस यीस्ट संक्रमण को कारणले पनि हुनसक्छ।[२६] युआइटीका बहु एपसोड भएका मानिसहरूमा इन्टरस्टिशल सिस्टिसिस (मूत्र थैलीमा गम्भिर पीडा) हुनसक्छ तर मूत्र कल्चर नगेटिभ नै रहन सक्छ र एन्टिबायोटिकहरूले पनि सुधार नहुन सक्छ।[२७] प्रोस्टेटाइटिस (प्रोस्टेट ग्रन्थीमा जलन) पनि विभेदक निदानमा विचार गर्न (शामिल) सकिन्छ।[२८]

एन्टिबायोटिकहरू नै मूख्य उपचार रहेको छ। मूत्रथैली संक्रमणको बेलामा महशुस हुने जलन वा व्यग्रताबाट आराम मिलोस् भन्ने हिसाबले सुरुका केही दिनहरूमा फेनाजोपिराइडिन लाई कहिलेकाहीं एन्टिबायोटिकहरूको साथमा दिइने गर्दछ।[२९] यद्यपि, यसको प्रयोगसँग जोडिएको सुरक्षा चिन्ताहरूको कारणले यसलाई नियमित रुपमा सिफारिश गरिँदैन, विशेष गरि मेथेमोग्लोबिनेमिया (रगतमा मेथेमोग्लोबिन को सामन्य भन्दा अधिक स्तर) को उच्च जोखिमको कारणले।[३०] एसिटामिनोफेन (पारासिटामोल) लाई ज्वरोहरूको लागि प्रयोग गर्न सकिन्छ।[३१]

पटक-पटक सामान्य यूटीआइको समस्या हुने महिलाहरूले केवल प्रारम्भिक उपचार असफल भएको स्थितिमा लक्षणरु देखिँदा मेडिकल फलो-अपद्वारा स्वयम्-उपचारबाट लाभ लिन सक्छन्। एन्टिबायोटिकको लागि प्रिक्रिप्शन फोनद्वारा औषधी विक्रेतालाई पनि प्रदान गर्न सकिन्छ।[१]

गैर-जटिल[सम्पादन गर्नुहोस्]

गैर-जटिल संक्रमणहरूलाई केवल लक्षणहरूको आधारमा निदान वा उपचार गरिन्छ।[१] ट्राइमेथोप्रिम/सल्फामेथाक्साजोल (TMP/SMX), सेफालोस्प्रिन, नाइट्रोफ्यूरेन्टोइन, वा फ्लुरोक्विनोलोन जस्ता मौखिक एन्टिबायोटिकहरू निको हुने अवधिलाई पर्याप्त रुपमा कम गर्छन् र यिनीहरू सबै समान रुपमा प्रभावकारी हुन्छन्।[३२] ट्राइमेथोप्रिम, TMP/SMX वा फ्लोरोक्विनोलोनद्वारा तीन दिनको उपचार सामान्यतया पर्याप्त हुन्छ, जबकी नाइट्रोफ्यूरेन्टोइनले ५–७  दिन लिन्छ।[१][३३] उपचारद्वारा, लक्षणहरू 36 घण्टा भित्रै सुधार हुनुपर्दछ।[३] करीब 50% मानिसहरू उपचार विना केही दिनहरू वा हप्ताहरूमा निको हुने गर्दछन्।[१] इन्फेक्टश डिजिज सोसाइटी अफ अमेरिका ले यस वर्गको औषधी प्रति प्रतिरोध उत्पन्न हुने जोखिमको कारणले पहिलो उपचारको रुपमा फ्लोरोक्विनोलोनलाई सिफारिश गर्दैन।[३३] यस किसिमको सावधानी हुँदाहुँदै पनि, यी औषधीहरूको व्यापक प्रयोगको कारणले यस्ता किसिमका सबै औषधीहरू प्रति केही प्रतिरोधहरू (अवरोध) विकसित भइसकेका छन्।[१] केही देशहरूमा केवल ट्राइमेथोप्रिम मात्र TMP/SMX सँग बराबर मानिन्छ।[३३] सामान्य यूटीआइको लागि, प्राय बच्चारू तीन दिनको एन्टिबायोटिकको उपचारमा प्रतिक्रिया दिने गर्दछन्।[३४]

यलोनेफ्राइटिस[सम्पादन गर्नुहोस्]

यलोनेफ्राइटिसको उपचार मौखिक एन्टिबायोटिक वा अन्त:शिरा एन्टिबायोटिकको अधिक लामो उपचारद्वारा सामन्य मूत्रथैली संक्रमण भन्दा अधिक आक्रामक ढंगबाट उपचार गरिन्छ।[३५] ७ दिनको मौखिक फ्लोरोक्विनोलोनसिप्रोफ्लोक्सासिन सामान्यतया प्रतिरोध दर १०% भन्दा कम रहेको क्षेत्रमा प्रयोग गरिन्छ।यदि स्थानीय प्रतिरोध दर १०% भन्दा बढी छ बने, प्राय अंतःशिरा सेफ्ट्रियाक्सोन सिफारिश गरिन्छ। अधिक गम्भीर लक्षणहरू देखिने मानिसहरूलाई, चालू एन्टिबायोटिकको लागि अस्पतालमा भर्ना गर्नुपर्ने पनि हुनसक्छ।[३५] दुई वा तीन दिनको उपचारबाट यदि लक्षणहरूमा सुधार आएन भने मृगौला पत्थरी बाट हुने मूत्र बाधा जस्ता जटिलताहरूमा विचार गर्न सकिन्छ।[२][३५]

इपिडिमियोलोजी[सम्पादन गर्नुहोस्]

मूत्रमार्ग संक्रमणहरू महिलाहरूमा सबैभन्दा बढी बारम्बार रूपमा हुने ब्याक्टेरियल संक्रमण हो।[३] तिनीहरू १६ देखि ३५ वर्षको उमेरको बीचमा सबैभन्दा बारम्बार रूपमा हुन्छ, जसमा वार्षिक रूपममा १०% महिलाहरू यसबाट संक्रमित हुन्छन् र ६०% महिलाहरू, तिनीहरूको जीवनको कुनै समयमा यसबाट संक्रमित हुन्छन्।[१][४] संक्रमणहरू दोहोरिनु सामान्य हुन्, जसमा एक वर्ष भित्रमा लगभग आधा मानिसहरूमा दोस्रो संक्रमण हुन्छ। मूत्रमार्ग सङ्क्रमण पुरुषहरूमा भन्दा महिलाहरूमा चार गुणा बढीले दोहोरिन्छ।[४] यलोनेफ्राइटिस 20-30 पटक कम बारम्बार रूपमा हुन्छ।[१] तिनीहरू अस्पतालमा भएका संक्रमणहरू को सबैभन्दा सामान्य कारण हो, जुन लगभग 40% को लागि जिम्मेवार छ।[३६] पिसाबमा एसिम्प्टोमेटिक जिवाणुको दर उमेरसँगै वृद्धि हुन्छ, जुन बच्चा पाउने उमेर भएका महिलाहरूमा दुई देखि सात प्रतिशत देखि लिएर स्याहार गृहहरूमा रहेका वृद्ध महिलाहरूमा ५०% सम्म उच्च हुन्छ।[९]75 वर्ष भन्दा माथिका पुरुषहरूमा पिसाबमा एसिम्प्टोमेटिक जिवाणुको दर 7-10% को बीचमा हुन्छ।[७]

मूत्रमार्ग संक्रमणहरूले १०% मानिसहरूलाई बाल्यावस्थाको दौरान प्रभावित गर्छ।[४] बालबालिकाहरूमा, तिन महिना भन्दा कम उमेर भएका सर्कमसाइज नगरिएका पुरुषहरूमा सबैभन्दा धेरै सामान्य हुन्छ, जसपछि एक वर्षभन्दा कम उमेर भएका महिलाहरूमा धेरै हुन्छ।[६] , बच्चाहरूको बीचमा यसको बारम्बारता व्यापक रूपमा भिन्न छ। ज्वरो भएका बालबालिकाहरूको एउटा समूहमा, जसको उमेर जन्म देखि दुई वर्षसम्म थियो, दुई देखि 20% मा UTI को निदान गरिएको थियो।[६]

समाज र संस्कृति[सम्पादन गर्नुहोस्]

संयुक्त राज्य अमेरिकामा, मूत्र नली संक्रमणहरूको कारणले गर्दा लगभग सत्तरी लाखले कार्यालय भ्रमणहरू गर्छन्, दश लाखले आकस्मिक विभागको भ्रमणहरू गर्छन्, र एक लाख अस्पतालमा भर्ना हुन्छन्।[४] यी समक्रमणहरूको लागत, दुवै, काममा गुमेको समय र चिकित्सा उपचारको लागतको विषयमा उल्लेखनिय छ। संयुक्त राज्यमा उपचारको प्रत्यक्ष लागत प्रति वर्ष 1.6 बिलियन  छ भनेर अनुमान गरिन्छ।[३६]

मूत्रमार्ग संक्रमणको वर्णन प्राचिनकाल देखी नै गरिँदै आएको छ यसको पहिलो लिखित वर्णन ई.पू.1550 मा एबरस पेपाइरस मा भएको पाइन्छ।[३७] इजिप्सियनहरूद्वारा यसलाई "मूत्र थैलीबाट ताप निस्कनु" भनि व्याख्या गरिएको छ।[३८] १९३०s मा एन्टिबायोटिकको विकास र उपलब्धता नहुँदासम्म यसको प्रभावकारी उपचार हुँदैनथ्यो त्यसभन्दा अगाडी जडीबुटीहरू,रक्त निष्कासन र अन्य कुराहरूको प्रयोग गरिन्थ्यो।[३७]

गर्भावस्थामा[सम्पादन गर्नुहोस्]

मृगौला संक्रमणको जोखिमको कारणले, मूत्र पथ संक्रमण गर्भावस्था को समयमा अधिक चिन्ताजनक हुन्छ। गर्भावस्थाको समयमा, उच्च प्रोजेस्टोरोन स्तरले मूत्रबाहिनी र मूत्रथैलीको मांशपेशीय क्षमतालाई घटाउने जोखिमलाई वृद्धि गर्छ, जसको कारणले रिफलक्सको सम्भावना बढ्छ जहाँ पिसाब मूत्रवाहिनीमा फर्किँदै मृगौलाहरू सम्म पुग्दछ। जबकि गर्भवती महिलामा एसिम्प्टोमेटिक ब्याक्टेरियूरीयाको जोखिम हुँदैन, यदि ब्याक्टेरियूरीया उपस्थित छ भने मृगौला संक्रमणको जोखिम 25-40% सम्म बढ्ने गर्दछ।[९] Tयस प्रकार यदि पिसाब जाँचले लक्षणहरूको अनुपस्थितिमा पनि—संक्रमणको संकेत देखाउँछ भने—त्यतिबेला उपचार सिफारिश गरिन्छ।सेफालेक्सिन वा नाइट्रोफ्यूरेन्टोइन लाई सामान्यतया प्रयोग गरिन्छ किनभने तिनीहरूलाई गर्भावस्थाको समयमा सुरक्षित मानिन्छ।[३९] गर्भावस्थाको समयमा हुने मृगौला संक्रमणको कारणले समय-पूर्व जन्म वा प्री-एक्लेम्पशिया (गर्भावस्थाको समयमा उच्च रक्तचाप तथा मृगौलाको खराबीको एउटा अवस्था जसको कारणले पक्षघात हुनसक्छ) हुनसक्छ।[४०]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ Nicolle LE (२००८), "Uncomplicated urinary tract infection in adults including uncomplicated pyelonephritis", Urol Clin North Am 35 (1): 1–12, v, डिओआई:10.1016/j.ucl.2007.09.004, पिएमआइडी 18061019 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ Lane, DR; Takhar, SS (२०११ Aug), "Diagnosis and management of urinary tract infection and pyelonephritis.", Emergency medicine clinics of North America 29 (3): 539–52, डिओआई:10.1016/j.emc.2011.04.001, पिएमआइडी 21782073  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ Colgan, R; Williams, M (२०११-१०-०१), "Diagnosis and treatment of acute uncomplicated cystitis.", American family physician 84 (7): 771–6, पिएमआइडी 22010614  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ Salvatore, S; Salvatore, S, Cattoni, E, Siesto, G, Serati, M, Sorice, P, Torella, M (२०११ Jun), "Urinary tract infections in women.", European journal of obstetrics, gynecology, and reproductive biology 156 (2): 131–6, डिओआई:10.1016/j.ejogrb.2011.01.028, पिएमआइडी 21349630  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Arellano, Ronald S., Non-vascular interventional radiology of the abdomen, New York: Springer, पृ: ६७, आइएसबिएन 978-1-4419-7731-1 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ Bhat, RG; Katy, TA, Place, FC (२०११ Aug), "Pediatric urinary tract infections.", Emergency medicine clinics of North America 29 (3): 637–53, डिओआई:10.1016/j.emc.2011.04.004, पिएमआइडी 21782079  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. ७.० ७.१ ७.२ ७.३ Woodford, HJ; George, J (२०११ Feb), "Diagnosis and management of urinary infections in older people.", Clinical medicine (London, England) 11 (1): 80–3, पिएमआइडी 21404794  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. Amdekar, S; Singh, V, Singh, DD (२०११ Nov), "Probiotic therapy: immunomodulating approach toward urinary tract infection.", Current microbiology 63 (5): 484–90, डिओआई:10.1007/s00284-011-0006-2, पिएमआइडी 21901556  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ Dielubanza, EJ; Schaeffer, AJ (२०११ Jan), "Urinary tract infections in women.", The Medical clinics of North America 95 (1): 27–41, डिओआई:10.1016/j.mcna.2010.08.023, पिएमआइडी 21095409  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. Nicolle LE (२००१), "The chronic indwelling catheter and urinary infection in long-term-care facility residents", Infect Control Hosp Epidemiol 22 (5): 316–21, डिओआई:10.1086/501908, पिएमआइडी 11428445 
  11. Phipps S, Lim YN, McClinton S, Barry C, Rane A, N'Dow J (२००६), Short term urinary catheter policies following urogenital surgery in adults, in Phipps, Simon, "Cochrane Database of Systematic Reviews", Cochrane Database Syst Rev (2): CD004374, डिओआई:10.1002/14651858.CD004374.pub2, पिएमआइडी 16625600 
  12. Gould CV, Umscheid CA, Agarwal RK, Kuntz G, Pegues DA (२०१०), "Guideline for prevention of catheter-associated urinary tract infections 2009", Infect Control Hosp Epidemiol 31 (4): 319–26, डिओआई:10.1086/651091, पिएमआइडी 20156062 
  13. Infectious Disease, Chapter Seven, Urinary Tract Infections from Infectious Disease Section of Microbiology and Immunology On-line. By Charles Bryan MD. University of South Carolina. This page last changed on Wednesday, April 27, 2011
  14. १४.० १४.१ Eves, FJ; Rivera, N (२०१० Apr), "Prevention of urinary tract infections in persons with spinal cord injury in home health care.", Home healthcare nurse 28 (4): 230–41, डिओआई:10.1097/NHH.0b013e3181dc1bcb, पिएमआइडी 20520263  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  15. Opperman, EA (२०१० Jun), "Cranberry is not effective for the prevention or treatment of urinary tract infections in individuals with spinal cord injury.", Spinal cord 48 (6): 451–6, डिओआई:10.1038/sc.2009.159, पिएमआइडी 19935757 
  16. १६.० १६.१ Jepson RG, Craig JC (२००८), Cranberries for preventing urinary tract infections, in Jepson, Ruth G, "Cochrane Database of Systematic Reviews", Cochrane Database Syst Rev (1): CD001321, डिओआई:10.1002/14651858.CD001321.pub4, पिएमआइडी 18253990 
  17. Wang CH, Fang CC, Chen NC et al (२०१२), "Cranberry-containing products for prevention of urinary tract infections in susceptible populations", Arch Intern Med 172 (13): 988–96, डिओआई:10.1001/archinternmed.2012.3004 
  18. Rossi, R; Porta, S, Canovi, B (२०१० Sep), "Overview on cranberry and urinary tract infections in females.", Journal of Clinical Gastroenterology, 44 Suppl 1: S61–2, डिओआई:10.1097/MCG.0b013e3181d2dc8e, पिएमआइडी 20495471  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  19. Wang, CH; Fang, CC; Chen, NC; Liu, SS; Yu, PH; Wu, TY; Chen, WT; Lee, CC; Chen, SC (२०१२ जुलाई ९), "Cranberry-containing products for prevention of urinary tract infections in susceptible populations: a systematic review and meta-analysis of randomized controlled trials.", Archives of Internal Medicine 172 (13): 988–96, पिएमआइडी 22777630  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  20. Engleberg, N C; DiRita, V; Dermody, T S (२००७), "63", Schaechter's Mechanism of Microbial Disease (4 संस्करण), Baltimore: Lippincott Williams & Wilkins, 618, आइएसबिएन 978-0-7817-5342-5 
  21. Cubeddu, Richard Finkel, Michelle A. Clark, Luigi X. (२००९), Pharmacology (4th ed. संस्करण), Philadelphia: Lippincott Williams & Wilkins, पृ: 397, आइएसबिएन 9780781771559 
  22. Perrotta, C; Aznar, M, Mejia, R, Albert, X, Ng, CW (२००८-०४-१६), "Oestrogens for preventing recurrent urinary tract infection in postmenopausal women.", Cochrane database of systematic reviews (Online) (2): CD005131, डिओआई:10.1002/14651858.CD005131.pub2, पिएमआइडी 18425910  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  23. Dai, B; Liu, Y; Jia, J; Mei, C (२०१०), "Long-term antibiotics for the prevention of recurrent urinary tract infection in children: a systematic review and meta-analysis", Archives of Disease in Childhood 95 (7): 499–508, डिओआई:10.1136/adc.2009.173112, पिएमआइडी 20457696 
  24. Salo, J; Ikäheimo, R, Tapiainen, T, Uhari, M (२०११ Nov), "Childhood urinary tract infections as a cause of chronic kidney disease.", Pediatrics 128 (5): 840–7, डिओआई:10.1542/peds.2010-3520, पिएमआइडी 21987701  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  25. Raynor, MC; Carson CC, 3rd (२०११ Jan), "Urinary infections in men.", The Medical clinics of North America 95 (1): 43–54, डिओआई:10.1016/j.mcna.2010.08.015, पिएमआइडी 21095410  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  26. Leung, David Hui ; edited by Alexander; Padwal, Raj, Approach to internal medicine : a resource book for clinical practice (3rd ed. संस्करण), New York: Springer, पृ: २४४, आइएसबिएन 978-1-4419-6504-2  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  27. Kursh, edited by Elroy D.; Ulchaker, James C. (२०००), Office urology, Totowa, N.J.: Humana Press, पृ: १३१, आइएसबिएन 978-0-89603-789-2  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  28. Walls, authors, Nathan W. Mick, Jessica Radin Peters, Daniel Egan ; editor, Eric S. Nadel ; advisor, Ron (२००६), Blueprints emergency medicine (2nd ed. संस्करण), Baltimore, Md.: Lippincott Williams & Wilkins, पृ: १५२, आइएसबिएन 978-1-4051-0461-6 
  29. Gaines, KK (२००४ Jun), "Phenazopyridine hydrochloride: the use and abuse of an old standby for UTI.", Urologic nursing 24 (3): 207–9, पिएमआइडी 15311491 
  30. Aronson, edited by Jeffrey K. (२००८), Meyler's side effects of analgesics and anti-inflammatory drugs, Amsterdam: Elsevier Science, पृ: २१९, आइएसबिएन 978-0-444-53273-2 
  31. Glass, [edited by] Jill C. Cash, Cheryl A. (२०१०), Family practice guidelines (2nd ed. संस्करण), New York: Springer, पृ: २७१, आइएसबिएन 978-0-8261-1812-7 
  32. Zalmanovici Trestioreanu A, Green H, Paul M, Yaphe J, Leibovici L (२०१०), Antimicrobial agents for treating uncomplicated urinary tract infection in women, in Zalmanovici Trestioreanu, Anca, "Cochrane Database of Systematic Reviews", Cochrane Database Syst Rev 10 (10): CD007182, डिओआई:10.1002/14651858.CD007182.pub2, पिएमआइडी 20927755 
  33. ३३.० ३३.१ ३३.२ Gupta, K; Hooton, TM, Naber, KG, Wullt, B, Colgan, R, Miller, LG, Moran, GJ, Nicolle, LE, Raz, R, Schaeffer, AJ, Soper, DE, Infectious Diseases Society of, America, European Society for Microbiology and Infectious, Diseases (२०११-०३-०१), "International clinical practice guidelines for the treatment of acute uncomplicated cystitis and pyelonephritis in women: A 2010 update by the Infectious Diseases Society of America and the European Society for Microbiology and Infectious Diseases.", Clinical infectious diseases : an official publication of the Infectious Diseases Society of America 52 (5): e103–20, डिओआई:10.1093/cid/ciq257, पिएमआइडी 21292654  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  34. "BestBets: Is a short course of antibiotics better than a long course in the treatment of UTI in children" 
  35. ३५.० ३५.१ ३५.२ Colgan, R; Williams, M, Johnson, JR (२०११-०९-०१), "Diagnosis and treatment of acute pyelonephritis in women.", American family physician 84 (5): 519–26, पिएमआइडी 21888302  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  36. ३६.० ३६.१ Brunner & Suddarth's textbook of medical-surgical nursing. (12th ed. संस्करण), Philadelphia: Wolters Kluwer Health/Lippincott Williams & Wilkins, २०१०, पृ: १३५९, आइएसबिएन 978-0-7817-8589-1 
  37. ३७.० ३७.१ Al-Achi, Antoine (२००८), An introduction to botanical medicines : history, science, uses, and dangers, Westport, Conn.: Praeger Publishers, पृ: १२६, आइएसबिएन 978-0-313-35009-2 
  38. Wilson...], [general ed.: Graham (१९९०), Topley and Wilson's Principles of bacteriology, virology and immunity : in 4 volumes (8. ed. संस्करण), London: Arnold, पृ: १९८, आइएसबिएन 0-7131-4591-9 
  39. Guinto VT, De Guia B, Festin MR, Dowswell T (२०१०), Different antibiotic regimens for treating asymptomatic bacteriuria in pregnancy, in Guinto, Valerie T, "Cochrane Database of Systematic Reviews", Cochrane Database Syst Rev (9): CD007855, डिओआई:10.1002/14651858.CD007855.pub2, पिएमआइडी 20824868 
  40. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named NA२०११