विकिपीडिया:नयाँ पृष्ठ कसरी बनाउने
नयाँ पृष्ठ आरम्भ गर्नको लागि जुन शीर्षकबाट तपाँई लेख बनाउन चाहनु हुँदैछ, खोज बाकसमा लेखेर खोज्नुहोस्। यदि त्यो शीर्षकको लेख उपलब्ध छैन भने नयाँ लेख बनाउने विकल्प आउँछ।
विकिपीडियामा नयाँ लेख बनाँउनु भन्दा पहिला सुनिश्चित गर्नुहोला कि तपाईं जुन लेख लेख्न जानु हुँदैछ त्यही नाम भएको कुनै अर्को लेख छ कि छैन वा हिज्जे नमिलेको त्यही विषय बारे कुनै गलत अथवा अर्कै हिज्जे भएको शीर्षकबाट कुनै लेख छ कि छैन।
नेपालीमा हिज्जेको विविधताले गर्दा सामान्य खोजमा तपाईंले सोच्नु भएको नाम नआउन सक्छ, त्यसैले अन्य वैकल्पिक हिज्जेहरू पनि खोज गर्नुहोला। उदाहरणको लागि यदि तपाँई दार्जीलिंग नामबाट लेख बनाउन जानु हुँदैछ भने पहिला यसरी पनि खोज्नुहोला दार्जिलिंग/दार्जीलिङ/दार्जीलिङ्ग। यदि यसरी खोज्दा पनि लेख भेटिएन भने माथिको शीर्षकहरु मध्ये एउटा शुद्ध शीर्षक छानेर लेख बनाउनु होला।
यस बाहेक पनि गूगल द्वारा नेपाली विकिपीडियामा यस क्वेरी "site:ne.wikipedia.org लेख" द्वारा खोज गरेर पनि तपाईं सुनिश्चित गर्न सक्नुहुन्छ कि यस विषय संग मिल्दो-जुल्दो नामबाट कुनै लेख उपलब्ध छैन।