शिन्जि कागवा
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | शिन्जि कागवा[१] | ||
जन्म मिति | १७ मार्च १९८९ | ||
जन्म स्थान | कोबे, जापान | ||
उचाइ | १.७५ मि[२] | ||
खेल्ने स्थान(हरू) | आक्रमक मध्यपंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | बोरूसिया डर्टमन्ड | ||
सङ्ख्या | २३ | ||
युवा करियर | |||
१९९४–१९९९ | मारिनो एफसी | ||
१९९९–२००१ | कोबे फुटबल क्लब | ||
२००१–२००५ | मियागी बार्सिलोना एफसी | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००६–२०१० | सेरिजो ओसाका | १२५ | (५५) |
२०१०–२०१२ | बोरूसिया डर्टमन्ड | ४९ | (२१) |
२०१२–२०१४ | म्यानचेस्टर युनाइटेड | ३८ | (६) |
२०१४– | बोरूसिया डर्टमन्ड | ९७ | (२०) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००६–२००८ | जापान यू-१९ | ४ | (०) |
२००७ | जापान यू-२० | २ | (०) |
२००८ | जापान यू-२३ | ३ | (०) |
२००८– | जापान | ९५ | (३१) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १३ मे २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २ जुलाई २०१८ |
शिन्जि कागवा (जापानी: 香川 真司 Kagawa Shinji [kaɡaɰa ɕindʑi] (जन्म १७ मार्च १९८९) एक जापानी व्यावसायिक फुटबल खेलाडी हुन् जो जर्मन क्लब बोरूसिया डर्टमन्ड र जापान राष्ट्रिय फुटबल टिमका लागि मध्यपंक्तिबाट खेल्दछ्न् । बोरूसिया डर्टमन्डमा सम्मिलित हुनुभन्दा पहिले २०१० मा आफ्नै देशको क्लब सेरिजो ओसाकासँग आबद्ध भएपछि उनको पेशेवर फुटबल करियर सुरु भएको थियो । दुई वर्षपछि, कागवाले चार वर्षकोलागि म्यानचेस्टर युनाइटेडमा अनुबन्धनको लागि हस्ताक्षर गरे । दुई वर्षपछि, उनी फेरि बोरूसिया डर्टमन्डमा फर्केका थिए । उनी आफ्नो दृष्टि, खेल्ने शैली, बल अघि लैजाने तरिका र एक उत्कृष्ट गोल गर्ने शैलीको लागि जानिन्छ्न् । कागवाले युइएफए क्लबका प्रतियोगिताहरूमा जापानी खेलाडीद्वारा सर्बाधिक उपस्तिथि र धेरै गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् ।
मे २००८ मा आफ्नो वरिष्ठ अन्तर्राष्ट्रिय पहिलो खेल खेलेका कागवाले, ८० भन्दा बढी उपस्थिति जनाएका छन् । २९ नोभेम्बर २०१२ मा, कागवालाई एसियाली फुटबल महासङ्घद्वरा अन्तरराष्ट्रीय खेलाडीको पुरस्कर दिइएको थियो ।[३]
क्लब कार्यकाल
[सम्पादन गर्नुहोस्]कागावाले पाँच वर्षको उमेरमा फुटबल खेल्न थालेका थिए । उनी १९९९ देखि १९९९[४] सम्म मारिनो फुटबल क्लबसँग आबद्ध भएका थिए । १९९९ देखि २००१ सम्म कोबे एनके फुटबल क्लब र २००१ देखि २००५ सम्म एफसी मियागी बार्सिलोनामा आवद्ध भएका थिए ।[५][६][७][८]
सेरिजो ओसाका
[सम्पादन गर्नुहोस्]शिन्जि कागवालाई, सेरिजो ओसाका नामक जापानी क्लबले उनको प्रतिभा देखेर १७ वर्षको उमेरमा हस्ताक्षर गरायो । अरु खेलाडीहरू भन्दा बाहेक, उनी उच्च विद्यालयको स्नातक आघिनै पेशेवर अनुबन्धनमा हस्ताक्षर गर्ने पहिला जापानका खेलाडी थिए । सन् २००७ मा, उनले यस क्लबमा राम्रो सुरुवात गरेता पनि क्लबले जे लिग डिभिजन १ मा पदोन्नति हुन सकेन । सन् २००९ मा उनी जे लिग डिभिजन २ का सर्बधिक गोलकर्ता भएर ब्यापक ध्यान आकर्षित गर्न सफल भएका थिए ।
बोरूसिया डर्टमन्ड
[सम्पादन गर्नुहोस्]२०१०-११ सिजन
[सम्पादन गर्नुहोस्]२०१० को गृष्ममा, कागवालाई €३५०,००० मिलियनमा सेरेजोबाट बोरुसिया डर्टमन्डमा स्थानान्तरण गरियो । कागवाको सेरेजोसँग भएको सम्झौता अधिनै क्लब छाडेका कारण उनलाई अपेक्षाकृत न्यूनतम लागतमा सारिएको थियो र जसले उनलाई युरोपमा खेल्ने र सिक्ने मौका पाएका थिए ।
२३ अगस्ट २०१० मा, उनले बुन्डेसलिगा मा आफ्नो पहिलो उपस्थिति बनाए, उनको नयाँ क्लब डर्टमन्डमा यात्रा शुरू भयो । युइएफए युरोपा लिगमा क्लबको लागि कागवाले २ उत्कृष्ट गोल गरेपछि उनले आफ्नो प्रदर्शनीलाई कायम राखेका थिए । उनले बुन्डेसलिगामा उल्फबर्गको विरुद्ध पहिलो गोल गरेका थिए जुन खेल डर्टमन्डले २-० गोल अन्तरमा जितेको थियो । बुन्डेसलिगाको चिर प्रतिद्वन्दी साल्के ०४लाई उनकै सहायताले ३-१ गोल अन्तरले हराउदै उनी सबैको प्रसंसा पाएका थिए ।
कागवाले बुन्डेसलिगाको आधा सीजनको चोट लागेका कारण छुटाएका थिए । तर १८ खेलमा ८ गोल गर्न सफल थिए । सिजनको आधा खेलहरूमा उनको बलियो प्रयासले बुन्डेसलिगाको उपाधि बोरूसिया डर्टमन्डले हात पारेको थियो । उनलाई पनि बुन्डेसलिगा उत्कृष्ट ११ मा नामाङ्कित गरिएको थियो ।[९]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "प्रिमियर लिग, खेलाडीहरूको विवरण" (पिडिएफ), प्रिमियर लिग, ४ फेब्रुअरी २०१४, पृ: २२ औँ पृष्ठमा, अन्तिम पहुँच २६ मार्च २०१४। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०८ मिति
- ↑ "२०१८ फिफा विश्वकप रुस – खेलाडीहरूको सुची" (पिडिएफ), फिफा डटकम, फिफा, ४ जुन २०१८, अन्तिम पहुँच ४ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति
- ↑ "शिन्जि कागवालाई एएफसी अन्तर्राष्ट्रिय खेलाडी पुरस्करले सम्मानित गरिएको छ", इण्डिया टाइम्स डटकम, २९ नोभेम्बर २०१२, अन्तिम पहुँच ३० नोभेम्बर २०१२।
- ↑ "शिन्जि कागवा प्रोफाइल" (Japaneseमा), KagawaShinji.com, अन्तिम पहुँच ५ जुन २०१२। = Archive.today अभिलेखिकरण ३ जनवरी २०१३ मिति
- ↑ "शिन्जि कागवा – खेलाडीको इतिहास" (Japaneseमा), J-League Pro-Footballers Association, मूलबाट २६ जुन २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मे २०१०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २६ जुन २०१० मिति - ↑ "प्रोफाइल", शिन्जि कागवाको आधिकारिक वेबसाइट, मूलबाट ८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१४।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) = Archive.today अभिलेखिकरण ८ जुन २०१४ मिति - ↑ "卒団生 プロサッカー選手", एफसी मियागी बार्सिलोना, अन्तिम पहुँच ८ जुन २०१४।
- ↑ "विश्वकप २०१४: जापान प्रोफाइल – शिन्जि कागवा", द गार्जियन, १ जुन २०१४, अन्तिम पहुँच ८ जुन २०१४।
- ↑ "डर्टमन्डले बुन्डेसलिगाको उपाधि हात पारेको छ", dw-world.de, १४ मे २०११, अन्तिम पहुँच २० फेब्रुअरी २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- शिन्जि कागवा – फिफा प्रतियोगिता तथ्याङ्क
- शिन्जि कागवा – युइएफए प्रतियोगिता तथ्याङ्क
- शिन्जि कागवा नेसनल फुटबल टिम्स डटकममा