शुक्र सङ्क्रमण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तरी गोलर्द्धबाट बिसं २०६९ जेठ २४मा देखिएको शुक्र ग्रहण
नासाले अन्तरिक्षमा रहेको स्टेसनबाट खिचेको शुक्र ग्रहणको दृश्य

शुक्र ग्रहण वा शुक्र सङ्क्रमण एक अद्वितीय खगोलीय घटना हो । शुक्रग्रहले आफ्नो कक्षमा रहेर सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्य, पृथ्वीशुक्रग्रह सिधा रेखामा परेपछि सूर्यमा कालो धब्बाको रूपमा शुक्रग्रह देखिनुलाई शुक्र ग्रहण अर्थात अङ्ग्रेजीमा ट्रान्जिट अफ भेनस भनिन्छ ।

साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।विभिन्न ग्रह एवं उपग्रह परिक्रमाका क्रममा एकअर्काको नजिकर टाढा हुने गर्दछन् । यसै क्रममा कहिले सूर्य र पृथ्वीको ठीक बीचमा पनि आइपुग्छन् । यसरी सूर्य र पृथ्वीको ठीक बीचमा आउन सक्ने प्रमुख ग्रह र उपग्रहमा चन्द्रमा, शुक्र र बुध छन् । सूर्य र पृथ्वीको ठीक बीचमा चन्द्रमा आउँदा सूर्यबाट पृथ्वीमा आउने प्रकाश छेकिन्छ । यसलाई सूर्यग्रहण भनिन्छ । यसै गरी बुध र शुक्र ग्रह पनि कहिलेकाहीँ पृथ्वी र सूर्यको ठीक बीचमा आउने गर्दछन् । यस्तो अवस्थालाई क्रमशः बुध सङ्क्रमण र शुक्र सङ्क्रमण भनिन्छ । यसरी शुक्र सङ्क्रमण हुँदा सूर्यको जाज्वल्यमान पिण्डमा एउटा कालो डल्लो हिँडेको जस्तो देखिन्छ । यस्तो सङ्क्रमण बढीमा आठ घण्टासम्म रहन सक्छ तर २०६९मा भने जम्मा ६ घण्टा ३७ मिनेट सम्म -नेपालमा ५ घण्टा २७ मिनेटसम्म) देखिँएको थियो । शुक्र सङ्क्रमण एक पटक आठ वर्षको अन्तरमा हुन्छ भने अर्को पटक कि त १०५ वर्ष छ महिनाको अन्तरमा कि त १२१ वर्ष छ महिनाको अन्तरमा हुन्छ । राणाशासक रणोद्दीप सिंहका पालामा वि.सं. १९३९ मङ्सिर २२ का दिन शुक्र सङ्क्रमणको दृश्य देखिएको थियो भने १२१ वर्ष छ महिनाको अन्तरालपछि २०६१ जेठ २६ गते पनि देखिएको थियो । त्यसको आठ वर्षपछि अहिले वि.सं. २०६९ जेठ २४मा शुक्र सङ्क्रमणको दृश्य देखिँदैछ । अर्को पटक चाहिँ १०५ वर्ष ६ महिनापछि वि.सं. २१७४ मङ्सिर २१-२११७ डिसेम्बर ८)मा मात्र शुक्र सङ्क्रमणको दृश्य पृथ्वीबाट देख्न सकिने छ ।

हालसम्म भएका र भविष्यमा हुने शुक्र ग्रहण[सम्पादन गर्नुहोस्]

हालसम्म भएका शुक्र ग्रहण
शुक्र ग्रहण मिति समय (युटिसी) नोटहरू Transit path
(HM Nautical
Almanac Office)
सुरु मध्य समाप्ति
1396 November 23 15:45 19:27 23:09 Last transit not part of a pair. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
1518 May 25–26 22:46
May 25
01:56
May 26
05:07
May 26
[२] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
1526 May 23 16:12 19:35 21:48 Last transit before invention of telescope [३] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
1631 December 7 03:51 05:19 06:47 Predicted by Kepler [४] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२९ मिति
1639 December 4 14:57 18:25 21:54 First transit observed by Horrocks and Crabtree [५] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
1761 June 6 02:02 05:19 08:37 Lomonosov, Chappe d'Auteroche and others observe from Russia [६] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
1769 June 3–4 19:15
June 3
22:25
June 3
01:35
June 4
Cook sent to Tahiti to observe the transit [७] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
1874 December 9 01:49 04:07 06:26 Pietro Tacchini leads expedition to Muddapur, India. A French expedition goes to New Zealand's Campbell Island [८] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
1882 December 6 13:57 17:06 20:15 John Philip Sousa composes a march, the "Transit of Venus", in honor of the transit.[१] [९] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2004 June 8 05:13 08:20 11:26 Various media networks globally broadcast live video of the Venus transit. [१०] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2012 June 5–6 22:09
June 5
01:29
June 6
04:49
June 6
Visible in its entirety from Hawaii, Alaska, Australia, New Zealand, the Pacific and Eastern Asia, with the beginning of the transit visible from North America and the end visible from Europe [११] वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-२३ मिति
भविष्यमा हुने शुक्र ग्रहण
शुक्र ग्रहण मिति समय (युटिसी) नोटहरू Transit path
(HM Nautical
Almanac Office)
सुरु मध्य समाप्ति
2117 December 10–11 23:58
December 10
02:48
December 11
05:38
December 11
Visible in entirety in eastern China, Japan, Taiwan, Indonesia, and Australia. Partly visible on extreme U.S. West Coast, and in India, most of Africa, and the Middle East. [१२] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2125 December 8 13:15 16:01 18:48 Visible in entirety in South America and the eastern U.S. Partly visible in Western U.S., Europe, and Africa. [१३] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2247 June 11 08:42 11:33 14:25 Visible in entirety in Africa, Europe, and the Middle East. Partly visible in East Asia and Indonesia, and in North and South America. [१४] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2255 June 9 01:08 04:38 08:08 Visible in entirety in Russia, India, China, and western Australia. Partly visible in Africa, Europe, and the western U.S. [१५] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2360 December 12–13 22:32
December 12
01:44
December 13
04:56
December 13
Visible in entirety in Australia and most of Indonesia. Partly visible in Asia, Africa, and the western half of the Americas. [१६] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2368 December 10 12:29 14:45 17:01 Visible in entirety in South America, western Africa, and the U.S. East Coast. Partly visible in Europe, the western U.S., and the Middle East. [१७] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2490 June 12 11:39 14:17 16:55 Visible in entirety through most of the Americas, western Africa, and Europe. Partly visible in eastern Africa, the Middle East, and Asia. [१८] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति
2498 June 10 03:48 07:25 11:02 Visible in entirety through most of Europe, Asia, the Middle East, and eastern Africa. Partly visible in eastern Americas, Indonesia, and Australia. [१९] वेब्याक मेसिन अभिलेखिकरण २०१०-१२-२५ मिति

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Transits of Venus—Kiss of the goddess", The Economist, २००४-०५-२७, अन्तिम पहुँच २५ सेप्टेम्बर २००६