संवैधानिक जनवादी पार्टी
नेपाली विकिपीडियाबाट
संवैधानिक जनवादी पार्टी (कादेतहरू) रुसमा एउटा राजनैतिक दल थियो | । कादेत पार्टी रुसका उदारवादी-राजतत्रवादी बुर्जुवावर्गको मुख्य संगठन थियो । कादेत पार्टीको स्थापन अक्टुबर १९०५ मा भएको थियो । यस पार्टीमा बुर्जुवावर्गका प्रतिनिधिहरू, जमिनदारहरूबाटा आएका जेम्स्तभाका अधिकारीहरू र बुद्धिजीवीहरू सम्मिलित थिए । पि.एन. मिल्यूकोभ, पि.वि स्त्रुभे, एफ.इ. रोदिचेभ आदि कादेत साम्राज्यवादी बुर्जुवावर्गको पार्टीमा परिणत भए । प्रथम विश्वयुद्ध कालमा (सन् १९१४-१९१८) कादेतहरूले जारसाही सरकारको आक्रमणकारी विदेश नीतिको समर्थन गरे । सन् १९१७ को फरवरी बुर्जुवा-जनवादी क्रान्ति कालमा उनीहरूले राजतन्त्र बचाउने प्रयास गरे । बुर्जुवा अस्थायी सरकारमा नेतृत्वदायी स्थान ग्रहण गरेका कादेतहरूले सक्रिय प्रतिक्रान्तिकारी नीतिको अनशरण गर्दै थिए, अमेरिका, बेलायत र फ्रान्सका साम्राज्यवादीहरूको स्वार्थपूर्तिको लागि काम गर्द थिए । अक्टुबर समाजवादी क्रान्तिपछि कादेतहरू सोभियत सत्ताका कट्टर शत्रुहरूको रूपमा देखापरे उनीहरूले सबै जस्ता सशस्त्र प्रतिक्रान्तिकारी आन्दोलनहरूमा र विदेशी आक्रमणकारीहरूले गरेको हमलामा भाग लिएका थिए । विदेशी आक्रमकहरू तथा श्वेत सेना पराजित भएपछि विदेशमा बसेर कादेतहरूके आफ्नो सोभियत सत्ता विरोधी प्रतिक्रान्तिकारी क्रियाकलाप चालु राखे । [१]
[परिवर्तन्] स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. १००

