समाजवादी-क्रान्तिकारी पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

समाजवादी-क्रान्तिकारी पार्टी (एसेरहरू) - रुसको निम्त-बुर्जुवा पार्टी विभिन्न नारोदनिक दलहरू र युनिटहरूको एकीकरण फलस्वरूप सन् १९०१को अन्त्य - १९०२को सुरुतिर खडा भएको पार्टी। विश्व साम्राज्यवादी युद्ध (सन् १९१४-१९१८) कालमा बहुसंख्यक एसेरहरूले सामाजिक-अन्धराष्ट्रवादी नीति अपनाए। सन् १९१७को फेब्रुअरी बुर्जुवा जनवादी क्रान्तिको विजयपछि एसेर र मेन्सेविकहरू प्रतिक्रान्तिकारी बुर्जुवा-सामन्ती अस्थायी सरकारको मुख्य आधार बन्न गए र यी पार्टीहरूका नेताहरू मन्त्री पदमा थिए। एसेर पार्टीले जमीन्दारी भूमि-व्यवस्थाको उन्मूलन गर्ने किसानहरूको मागको समर्थन गर्न छोडे र जमीन्दारी व्यवस्थालाई यथावत् कायम राख्ने पक्षमा लागे। नोभेम्बर, १९१७को अन्त्यतिर एसेरहरूको वामपन्थी गुटले वामपन्थी एसेरहरूको एक अलग पार्टी खडा गरे। किसान जनसमूह बीच आफ्नो प्रभाव कायम राख्ने उद्देश्यले वामपन्थी एसेरहरूले औपचारिक रूपमा सोभियत सत्ताको समथन गरे र बोल्सेविकहरूसँग सम्झौता गरे तर छिटै सोभियत सत्ताको विरुद्ध संघर्षको बाटोमा लगे। विदेशी सामरिक हस्तक्षेप र गृहयुद्धको समयमा एसेरहरू प्रतिक्रान्तिकारी ध्वंसात्मक कारवाहीमा लगे , विदेशी आक्रमणकारीहरू र श्वेत गार्डवालाहरूको सक्रिय समर्थन गरे, प्रतिक्रान्तिकारी षड्यन्त्रहरू भाग लिए, सोभियत सरकार र कम्युनिष्ट पार्टीका नेताहरूको विरुद्ध अंतकवादी षड्यन्त्रहरू रचे। गृहयुद्धको अन्त्यपछि पनि एसेरहरूले देशभित्र र प्रवासीहरूबीच आफ्नो क्रान्ति विरोधी क्रियाकलाप जारी राखे।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ९९