साम्यवाद

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

साम्यवाद एउटा सामाजिक-आर्थिक संरचना एवं राजनैतिक विचारधारा हो। साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ। यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ। साम्यवाद, समाजवादको एउटा शाखा मानिन्छ। साम्यवादमा कुनै पनि सम्पतिमा कसैको पनि ब्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवस्यकता अनुसार भोगचलन गर्न भने पाउछ।

इतिहास[सम्पादन गर्ने]

प्रथम विश्वयुद्ध समाजवादी आंदोलनको लागि एउटा महत्वपूर्ण घटना थियो। एकापटि युद्धको शुरुवात सँगै समाजवादी आन्दोलन र यसका अन्तर्राष्ट्रीय संगठन प्राय: छिन्न-भिन्न भए भनें अर्को पटि रूसमा रुसी क्रान्ति क्रांति (अक्टूबर-नंवबर १९१७मा भयो अनि संसारमा प्रथम सफल समाजवादी राज्यको स्थापना भयो जसले गर्दा संसारको समाजवादी आंदोलनमा गहिरो असर परयो। प्रथम विश्वयुद्धभन्दा पहिला समाजवादी पार्टीहरूको यो मत थियो कि पूंजीवादी व्यवस्था नैं युद्धको निम्ति उत्तरदायी हुन्छ र विश्वयुद्ध शुरु भएको खण्डमा प्रत्येक समाजवादी पार्टीद्वारा आफ्नो पूँजीवादी सरकारको युद्धनैतिको विरोध गरिनुपर्छ र गृहयुद्धद्वारा समाजवादको स्थापनाको लागि प्रयत्नशील रहनुपर्छ| तर जब युद्ध शुरु भयो, रूस र इटलीका समाजवादी पार्टीलाई छोडेर अरु सबै पार्टीहरूको बहुमतले आ-आफ्नो सरकारहरूको नीतिलाई समर्थन गरे। समाजवादीहरूको एउटा नगण्य अल्पमतले मात्र युद्धको विरोध गरे| पछि गएर यिनीहरूमध्ये कतिपय लेनिन र उनको साम्यवादी अन्तर्राष्ट्रीय संगठनका समर्थक बने। परंतु विभिन्न देशहरूका समाजवादी आंदोलनहरूको परस्पर विरोधी युद्धनैतिको कारण उनीहरूको एकता समाप्त भयो|

बोल्शेविक पार्टी रूसका समाजवादी पार्टीहरू मध्येको एउटा पार्टी थियो| १९१७को विशेष परिस्थितिमा यसलाई सफलता प्राप्त भयो। रूसी समाजवादको पृष्ठभूमि अन्य यूरोपीय समाजवादको स्थितिभन्दा भिन्न थियो। रूसी साम्राज्य यूरोपको अग्रणी देशहरूभन्दा उद्योग धन्धामा पछाडिएको थियो, यसकारण त्यहाँ मजदूर वर्ग बहुसंख्यक र अधिक प्रभावशाली हुन सकेनन् | त्यहाँ लोकतन्त्रात्मक शासन र व्यक्तिगत स्वाधीनताको पनि अभाव थियो। रूसी बुद्धिजीवी र मध्यमवर्ग यसको लागि इच्छुक थिए तर जारशाही दमननैतिको कारण यो प्राप्त गर्न संवैधानिक मार्ग अवरुद्धप्राय थियो| यिनै परिस्थितिहरूद्वारा प्रभावित त्यहाँका प्रथम समाजवादी रूसको ग्रामीण कम्यून (समुदाय)लाई आफ्ना विचारहरूको आधार मान्थे तथा क्रांतिकारी मार्गद्वारा जारशाहीको नाश नैं लोकतन्त्रवादको सफलताको लागि प्रथम सीढि मानेका थिए| ती विचारकहरूमा हर्जेन (Herzen), लावरोव (Lavrov), चर्नीशेव्सकी (Chernishevrzky) र बाकुनिन (Bakunin) मुख्य थिए। यिनीहरूबाट प्रभावित भएर अनेक बुद्धिजीवी क्रांति तर्फ अग्रसर भए| यस प्रकार नरोदनिक (Narodnik) जन आंदोलनको सूत्रपात भयो र नारोदन्या वोल्या (Narodnya Volya, जनेच्छा) संगठन बनियो। सन् १९०१मा यसको नाम सामाजिक क्रांतिकारी (Social Revolutionary Party) राखियो | सन् १९१७को बोल्शेविक क्रांतिको समयसम्म यो रूसको सबैभन्दा ठूलो समाजवादी पार्टी थियो| परंतु यसको प्रभावक्षेत्र अधिकांशत: ग्रामीण जनता थिए। यसको वाम पक्षले बोल्शेविक क्रांतिको समर्थन गरयो।

अर्को समाजवादी विचारधारा, जसमा बोल्शेविक दल पनि सम्मिलित थियो, रूसी सामाजिक लोकतन्त्रावादी मजदूरदल (Russian Social Democratic Labour Party, R. S. D. L. P.)को नामले प्रसिद्ध छ। यसको प्रभाव मुख्यत: शहरका मजदूर वर्गमा थियो। रूसमा उद्योगहरू कम्ति थिए तर ती उद्योगहरू ठूला-ठूला भएको कारण अधिक संख्यामा मजदूरहरू राखिन्थ्यो| यी मजदूरहरूमा राजनैतिक चेतना र संगठन दह्रो थियो| लोकतन्त्रको अभावमा मजदूरहरूलाई संघर्ष गर्न कठिन थियो, यसले गर्दा मजदूर वर्ग क्रांतिकारी प्रभावमा परे र जर्मनीको जस्तो परिस्थितिहरूको कारण त्यहाँका अधिकांश मजदूर नेता पनि मार्क्सवादी तथा जर्मनीका सामाजिक लोकतन्त्रवादी दलहरूबाट प्रभावित भए| सन् १८९० तिर एक्सलरोड (Axelrod) र प्लेखानोव (Plekhanov)ले पीटर्सवर्ग (लेनिनग्राड)मा प्रथम मजदूर समूह स्थापित गरे जो पछि गएर १८९८मा रूसी सामाजिक लोकतन्त्रवादी मजदूर पार्टीका आधार बने।

रूसी सामाजिक लोकतन्त्रवादी मजदूर पार्टीका नेताहरू कट्टर मार्क्सवादी थिए, अत: उनिहरूले पुनरावृत्तिवादलाई अस्वीकार गरे अनि मार्क्सवादलाई विकसित गरेर रूसी परिस्थितिमा लागू गराए। मजदूरहरूको रहन सहनको स्तरमा उन्नति भएको थियो, यस सत्यलाई नमान्नु कठिन थियो, परंतु प्लेखानोवले नयाँ मसिनहरूको प्रयोग र ज्यालामा वृद्धि नहुनुको कारण पूँजीवादी शोषणको दर बढेको कुरा सिद्ध गरिदिए| बुखारिन (Bukharim)को तर्क थियो साम्राज्यवादी देश उपनिवेशको शोषणद्वारा आफ्ना श्रमजीवी वर्गलाई सन्तुष्ट राख्छन् | ट्राटस्की आदिले भने कि पूँजीवादीको संकट सर्वव्यापी भएकोछ र यस्तो स्थितिमा यो संभव छ कि क्रांति पश्चिम यूरोपको अग्रणी देशहरूमा नभएर अपेक्षाकृत पछाडिएका देशहरू जहाँ सम्राज्यवादी व्यवस्था सबभन्दा कमजोर भएको ठाउँमा हुनुपर्छ| केही विचारकहरूले सर्वप्रथम समाजवादी क्रांतिको स्थान रूस हुनुपर्छ भने| ट्राटस्की र लेनिनको मत थियो समाजवादी क्रांति तब सफल हुनसक्छ जब यो धेरै देशहरूमा एक साथ फैलिन्छ, स्थायी क्रांति बिना केवल एक देशमा समाजवादको स्थापना कठिन छ। पछि गएर लेनिन र स्टालिनले यस सिद्धांतलाई संशोधन गरी एकदेशीय समाजवादको आधारमा सोभियत सत्ताको निर्माण गरे। निकोलाई लेनिनले उपर्युक्त विचारहरूको समन्वय गरेर बोल्शेविक दलको संगठन र अक्टूबर (नवंबर) क्रांतिको नेतृत्व गरे।