साहिवाल विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साहिवाल
ساہیوال
विभाग
पाकिस्तानको नक्शामा साहिवाल विभागको अवस्थितिको अवस्थिति
पाकिस्तानको नक्शामा साहिवाल विभागको अवस्थिति
निर्देशाङ्क: ३०°३९′५२″उ॰ ७३°६′३०″पू॰ / ३०.६६४४४°N ७३.१०८३३°E / 30.66444; 73.10833निर्देशाङ्कहरू: ३०°३९′५२″उ॰ ७३°६′३०″पू॰ / ३०.६६४४४°N ७३.१०८३३°E / 30.66444; 73.10833
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पन्जाब
सदरमुकामसाहिवाल
स्थापना२००८[१]
जिल्लाहरू
सरकार
 • प्रकारविभाग
 • प्रमुख आयुक्तअली बहादुर ओजी
क्षेत्रफल
 • जम्मा१०,३०२ किमी (३९७८ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[२]
 • जम्मा७,३८०,३८६
 • घनत्व७२०/किमी (१९००/वर्ग माइल)
 साहिवाल जिल्लाको कुल जनसङ्ख्या
मुख्य भाषाहरू
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
हिलाक कोड
५७०००
सम्पर्क कोड०४०[३]
वेबसाइटwww.sahiwal.gov.pk

साहिवाल विभाग (पन्जाबी, उर्दु: ساہیوال) पाकिस्तानको पन्जाब प्रदेशको ९ अौँ विभागको एक हो। सन् १९९८ मा यस विभागको जनसङ्ख्या ६,२७१,२४७ थियो भने वार्सिक जनसङ्ख्या विद्ध दर १.९२% रहेको छ। सन् २००८ मा साहिवाल विभाग तीन जिल्लामा विभाजन भएको छ जसमा -साहिवाल जिल्ला, ओकरा जिल्ला, पाकपट्टन जिल्लाहरू हुन्। साहिवाल सहर दुवै साहिवाल जिल्ला र साहिवाल विभागको राजधानी सहर हो।

यस विभागको १८ माइल (२९ किलोमिटर) दक्षिण-पश्चिममा हडप्पा विभाग रहेको छ जुन पाकिस्तानको एक प्रचीन सिन्धु उपत्यका एक भाग थियो। यस विभागबाट कमिलिया शहरबाट २८ माइल (४५ किलोमिटर) जुन ३२५ ई.पूमा एलेक्जेन्डर द ग्रेटले आफ्नो काबुमा लिएका थिए। सन् १८४९ मा पाकपट्टन प्रशासनिक जिल्ला लाहौर र मल्तान को बीच मा स्थापित भएको थियो। १८५१ मा पाकपट्टनको मुख्यालय गोगरा जिल्लामा सारियो। पकपट्टन प्रशासनिक जिल्लाको गोगरा जिल्लाको नाममा सारिएको थिए।

अवस्थिति[सम्पादन गर्नुहोस्]

साहिवाल विभाग पाकिस्तानको पन्जाब प्रदेशमा ३०.६ डिग्री उत्तर अक्षांश र ७३.१ डिग्री देशान्तरणमा अवस्थिति। यो पाकिस्तान को राष्ट्रिय राजमार्ग लाहोर र मल्तान को बीच आधे बाटोमा पर्छ । साहिवाल विभागको पश्चिममा फैसलाबाद विभाग रहेको छ भने लाहोर विभाग उत्तरमा पर्छ। त्यस्तै गरी बहावलपुर विभाग र भनरतका केही जिल्लाहरूले पूर्वबाट घेरेको छ भने मुल्तान विभागले दक्षिणबाट घेरेको छ। साहिवाल विभाग दुई नदीको बिचमा छ। यस विभागको रवि नदी पश्चिममा पर्छ भने सुतलज नदि पूर्वमा छ।

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस विभागको जन्म ६२,७१२,४७ रहेको छ जसको जनधनत्तव ६०८ प्रति किलोमिटर रहेको छ। यस साहिवाल विभागको कुल जनसङ्ख्या मध्य ४७% महिला रहेका छन्। कुल जनसङ्ख्याको ७५% मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्छन्। यस विभागको साक्षरता दरको ६०.७ % मानिसहरू सहरी क्षेत्रमा बस्छन् भने ३३.८% मानिसहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका छन्।

धर्म[सम्पादन गर्नुहोस्]

साहिवाल विभागको मुख्य धर्म इस्लामी हो जसले सन् १९९८ मा कुल जनसङ्ख्याको ९८.७% ओगटेको छ। यश क्षेत्रमा इस्लाम धर्म महम्मद बिन कसिम (६९५ इ.पू-७१५ इ.पू) ले ल्याएका हुन्। पाकिस्तानको स्वतन्त्रता भन्दा पहिले साहिवाल विभागमा धेरै मुस्लिम आवाधीले अखिल भारतीय मुस्लिम लीग र पाकिस्तान आन्दोलन को समर्थन गरेका थिए।

भाषाहरू[सम्पादन गर्नुहोस्]

यस विभनगको मुख्य भाषा पन्जाबी हो जसको आवाधी कुल जनसङ्ख्याको ९५% रहेको छ भने हरियाणवी भाषा यहाँको दोस्रो भाषा हो जसको आवाधी कुल जनसङ्ख्याको २.८% रहेको छ भने उुर्दु भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या २% रहेको छ।

मौसम[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

साहिवाल विभागको अर्थव्यवस्था कृषि र सम्बन्धित उद्योगमा निर्भर छ। सबैभन्दा ठुलो बाली गँहु हो भने त्यसपछिको कपास खेती हो।

कृषि[सम्पादन गर्नुहोस्]

साहिवाल विभागको छेउछाउमा नदिहरू र सिंचाइ नहर भएका कारण यहाँको जमिन उर्वर छ। साहिवाल विभागको खाद्यान्नको उत्पादनको लागि खेती गरिन्छ। धेरै प्रकारका खाद्यान्नहरूको उत्पादन हुने गरेको छ। यस विभागमा मौसमको अनुकूलताका कारण यहाँ धेरै मात्रमा खेतीको उत्पादन हुँदै आएको पाइन्छ। यस विभागमा विशेष गरी : गँहु, उखु, कपास, खैनी, धान आदिको उत्पादन हुँदै आएको छ। यस विभागमा तरकारीहरू जस्तै आलु, प्याज, कालो खुर्सानी, गोलभेडा र गाँजर पनि खेतीहुँदै आएका छन्। साहिवाल विभागमा मुख्य रूपमा अम्बा, आँप, सुन्तला आदि फलफूलहरूको पनि उत्पादन हुने गरेको छ।

शिक्षा[सम्पादन गर्नुहोस्]

साहिवाल विभाग (साहिवाल, ओकरा र पाकपट्टन) को औसत सहरी साक्षरता दर ६०.७ प्रतिशत छ भने औसत ग्रामीण साक्षरता दर ३३.८ प्रतिशत रहेको छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आधिकारिक वेबसाइटबाट", मूलबाट ९ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-११-१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "२०१७- पाकिस्तानको जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  3. "राष्ट्रिय सम्पर्क कोड", पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड, अन्तिम पहुँच ९ मार्च २०१५ 
  4. पाकिस्तान सरकार शिक्षा विभाग = Archive.today अभिलेखिकरण २०१२-१२-२१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]