सिख सम्राज्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

भारतिय उपमहाद्वीप माथि सिख सम्राट एउटा प्रमुख शक्ति थियो, जुन महाराजा रणजीत सिंहको नेतृत्वमा खडा भयेको थियो जस्ले १७९९ मा लाहौरलाई कब्जा गर्यो र पञ्जाब क्षेत्रको आस-पासलाई आधार बनायेर साम्राज्य स्थापित गर्यो। यो साम्राज्य १७९९ देखि १८४९ सम्म अस्तित्वमा रह्यो। यस साम्राज्यको चरममा १९औं शताब्दीमा यो साम्राज्य पश्चिममा खैबर पास देखि पुर्वमा हिमाचल र उत्तरमा कश्मिर देखि दक्षिणमा सिंध, सम्म फैलियेको थियो सिख साम्राज्यको स्थापना १७०७ मा नै शुरु हुन थालेको थियो जब औरङ्गजेबको मृत्यु भयो र मुगल साम्राज्यको पतन हुन थाल्यो। मुगल साम्राज्य र अफगानीहरुको विरुद्ध लडाई लड्नको लागि मुगलहरुको कमजोरी दल खालसा (गुरु गोबिन्द सिंह द्वारा संचालित दल खालसा) आर्मीको लागि एउटा सुनौलो अवसर थियो। यस प्रकार आर्मीहरुको संख्या बढ्न थाल्यो जुन साना-साना समुह र अर्ध-स्वतन्त्र “मिस्ल” मा चारै तिर फैलीन थाल्यो। अलग – अलग आर्मी अथवा मिस्ल द्वारा अलग – अलग क्षेत्र अथवा शहर माथि कब्जा थियो। पछि १७६२ देखि १७९९ सम्ममा यि मिस्ल अथवा समुहहरुको आफ्नै प्रधान सेनापति (कमाण्डर) हुन थाले। रणजित सिंह द्वारा “मिस्लहरुलाई” एकिकृत गरे पछि असल सिख साम्राज्यको शुरुवात हुन थाल्यो। उनले एक एकिकृत राजनैतिक अधिराज्यको स्थापना गर्नुभयो। १२ अप्रैल १८०१ मा गुरू नानकलाई मान्ने एक व्यक्ति द्वारा रणजित सिंहलाई तिलक लगाउनको साथै उनको राज्यभिषेक भयो धेरै कम समयमा उनि एक बलियो राजाको रुपमा प्रकट हुनु भयो। उनि एउटा सिख मिस्लको सानो नेताबाट पञ्जाबको महाराजा बन्नु भयो। आधुनिक हतियार र नया नया अभ्यास र कला द्वारा उ आफ्ना आर्मीलाई आधुनिकीकरण गर्न थाले। रणजित सिंहको मृत्यु पछि राजनीतिक अस्थिरताले गर्दा सम्राज्य भितरी तहबाटनै कमजोर हुँदै गयो। सन् १८४९ मा अङ्रेज संग सिख – अङ्गरेज युद्ध हारे पछि साम्राज्यको अंत भयो र यस्को ब्रिटिश साम्राज्यमा मिश्रण भयो। पञ्जाब साम्राज्य चार क्षेत्रमा बाँडियेको थियोः लाहौर, मुल्तान, पेशावर र कश्मिर जुन १७९९ देखि १८४९ सम्म रह्यो।

इतिहास[सम्पादन गर्ने]

पञ्जाबमा मुगल शासन[सम्पादन गर्ने]

सिख धर्मको शुरुआत बाबर (मुगल साम्राज्यको संस्थापक) द्वारा उत्तर भारतमाथि विजय अभियानको बेलानै भयेको हो। उसको नाती अकबर धार्मिक स्वतन्त्रतालाई धेरै सहयोग गर्थ्ये, अकबर गुरू अमर दासको लंगरमा जाने गर्थे त्यस कारण सिखहरु उनिबाट धेरै खुशी र प्रभावित थिये। जब उनि लंगरमा जान्थे सिखगुरुहरु र लंगरको लागी जमीनको टुकडा भेट स्वरुप दिने गर्थे यस कारण मुगल सम्राट संग सिखहरुको साकारात्मक सम्बन्ध बनी सकेको थियो, यो मधुर सम्बन्ध सन् १६०५ मा अकबरको मृत्युको समय सम्म चल्यो। अकबरको अग्रपिढी, जहाँगिरले सिखहरुलाई राजनीतिक खतराको रुपमा हेर्ने गर्थ्यो। उसले गुरु अर्जुन देवलाई गिरफ्तार गरि हाल्यो र किनकी सिखहरुको सहयोग खुसरो मिर्जालाई थियो, अर्जुन देवलाई कष्ट पुर्यायेर मार्न आदेश दियो। गुरु अर्जुन देवको स्वधर्म प्राण त्याग पछि छैठो गुरु बने हर गोबिन्द, अकाल तख्तलाई संगठित गर्दा खेरीनै हर गोबिन्दले सिख स्वाधिनता घोषित गरे र अमृतसरलाई बचाउनको लागि एउटा किलाको निर्माण गरे। जहाँगिरले ग्वालियरमा गुरु हर गोबिन्दलाई कारावासमा हालेर सिखहरुमाथि अधिकार जमाउन कोशिश गर्यो र केही वर्ष पछि रिहा गरि दियो जब उसलाई लाग्यो कि उसको राज्यमाथि अब कुनै संकट छैन। जहाँगिरको मृत्यु सन् १६२७ मा भयो, तब सम्म मुगल साम्राज्यसंग सिखहरुको कुनै बात – विवाद रहेन। जहाँगिरको छोरा शाह जहाँले गुरु हर गोबिन्दको “स्वाधिनता” माथि रोष फैलाउन थाल्यो र अमृतसरमा लगातार आक्रमण पछि सिखहरु शिवालिक पहाडतिर जान बाध्य भये। गुरु हर गोबिन्दको क्रमानुयायी, गुरु हर रायले पहाडी क्षेत्रमा आफ्नो गुरुताको भूमिका राम्ररी पालन गर्यो उसले कुनै पनि आक्रमणकारी द्वारा सिखको भूमि माथि कब्जा हुन दियेन। र मुगल साम्राज्यको टिमुरिड वंशलाई काबुमा ल्याउनको लागि गुरु हर रायले शाहजहाँको दुई छोरा औरङ्गजेब र दारा सिकोह बीच निष्पक्ष भूमिका निभायो।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

रिफ्रेन्स[सम्पादन गर्ने]

Bibliography[सम्पादन गर्ने]

नोट[सम्पादन गर्ने]

  • Volume २: Evolution of Sikh Confederacies (१७०८–१७६९), By Hari Ram Gupta. (Munshiram Manoharlal Publishers. Date:१९९९, ISBN ८१-२१५-०५४०-२, Pages: ३८३ pages, illustrated).
  • The Sikh Army (१७९९–१८४९) (Men-at-arms), By Ian Heath. (Date:२००५, ISBN १-८४१७६-७७७-८).
  • The Heritage of the Sikhs By Harbans Singh. (Date:१९९४, ISBN ८१-७३०४-०६४-८).
  • Sikh Domination of the Mughal Empire. (Date:२०००, second edition. ISBN ८१-२१५-०२१३-६).
  • The Sikh Commonwealth or Rise and Fall of Sikh Misls. (Date:२००१, revised edition. ISBN ८१-२१५-०१६५-२).
  • Maharaja Ranjit Singh, Lord of the Five Rivers, By Jean-Marie Lafont. (Oxford University Press. Date:२००२, ISBN ०-१९-५६६१११-७).
  • History of Panjab, Dr L. M. Joshi, Dr Fauja Singh.

बाहिरी कडीहरु[सम्पादन गर्ने]

ढाँचा:सिख धर्म ढाँचा:सिख साम्राज्य ढाँचा:साम्राज्य