सिड्नी सेल्डन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिड्नी सेल्डन
जन्मसिकागो, इलिनोइस, अमेरिका
मृत्युरान्चो मिराज, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशाउपन्यासकार
राष्ट्रियताअमेरिकन
अवधि१९६९-२००७
विधाअपराध,
थ्रीलर
वेबसाइट
Website

सिड्नी सेल्डन एकेडेमिक अवार्ड बिजेता अमेरिकी लेखक हुन । उनको जन्म फेब्रुअरी ११,१९१७ मा भएको थियो भने मृत्यु जनवरी ३०,२००७ भएको थियो ।सेल्डन अपराध तथा सनसनिपुर्ण उपन्यासहरू लेख्दथे । उनका बहुचर्चित उपन्यासहरू मध्ये मास्टर अफ द गेम,द अदर साइड अफ मिडनाइट तथा रेग अफ एन्जेल्स पर्दछन।उनि सबै कालखण्डमा छैटौँ सर्वाधिक बिक्रि भएका पुस्तक लेख्ने लेखक हुन ।

सन् १९१९ फेब्रुअरी ११ तारिखमा जन्मिएका थिए उपन्यासकार सिड्नी सेल्डन। एकेडेमी अवार्ड विजेता सेल्डन टेलिभिजन कार्यक्रमका लागि पनि उत्तिकै लोकप्रिय व्यक्तित्व थिए। उनले २० वर्षको टेलिभिजन करिअरमा द पाट्टी डुक (सन् १९६३ दखि १९६६), आइ ड्रिम अफ जेनिइ (सन् १९६५ देखि १९७०), हार्ट टु हार्ट (सन् १९७९ देखि १९८४ सम्म) लगायतका प्रस्तुती दिएका थिए। तर ५० वर्षको उमेरपछि जबरजस्त भएको लेखनले सेल्डनलाई प्रसिद्धिको उचाईमा पुर्‍याएको थियो। सेल्डनका मास्टर अफ द गेम (सन् १८२), द अदर साइड अफ मिडनाइट (सन् १९७३) रेज अफ एन्जल्स (सन् १९८०) लगायतका कृतिहरू च्र्चित बने। अमेरिकाको शिकागो राज्यको इलिनोइसमा जन्मिएका सेल्डन सन् १९३७मा क्यालिफोर्निया हानिएका थिए जहाँ उनले कही चलचित्रको आलेख लेखन थालेका थिए ।

सेल्डनले पहिलोपटक जेन काउफम्यान हार्डिङसँग विवाह गरेका थिए। उनले ३० वर्षको उमेरमा जोर्जा कुर्टराइटसँग बिवाह गरेका थिए जो रंगकर्मी र चलचित्रकी नायिका हुँदै पछि इन्टेरियर डिजाइनर बनेकी थिइन्। हृदयाघातका कारण सन् १९८५मा उनको निधन भएको थियो। जोर्जातर्फबाट जन्मिएकी म्यारी सेल्डन पनि उपन्यासकार हुन्। सन् २००७ जनवरी ३०मा क्यालिफोर्नियास्थित पाल्म स्प्रिङ्समा उनको निधन भएको थियो।