सुन्दरीफाँटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुन्दरीफाँटा कञ्चनपुरको कृष्णपुर नगरपालिका भित्र पर्ने ठाँउ हो।

भुगोल[सम्पादन गर्नुहोस्]

सुन्दरीफाँटा कृष्णपुर नगरपालिकाको उत्तर पश्चिममा अवस्थित छ।गाँउको तीन तिरबाट नदीले सिमाना छुट्याएको छ भने उत्तर तर्फ श्रीपुर भन्ने ठाँउ छ।सुन्दरीफाँटाको पुर्वमा पहरिया, उत्तर पश्चिममा दोमिल्ला र दक्षिण पश्चिममा बेल्डाँडी गाँउ रहेको छ

इतिहास[सम्पादन गर्नुहोस्]

स्थानियका अनुसार यो ठाँउमा धेरै समय पहिले ठुलो फाँट थियो।उत्त फाँटमा थरिथरिका फुलहरू फुल्ने भएकोले यो ठाँउ एकदमै सुन्दर थियो।दाङ र बाँके जिल्लाबाट आएका थारूहरूले यो ठाँउको नाम सुन्दरीफाँटा भन्न थाले र यही ठाँउमा आफ्नो बसोवास सुरू गरे।हालसम्म यो गाँउमा थारूहरूको नै बसोवास रहेको छ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यो ठाँउको अर्थतन्त्र कृषिमा आधारित रहेको छ।थारूहरू स्वभावैले मेहनति हुने भएकोले उनिहरू राम्रो फसल लिन सफल छन।यहाँका कृषकहरू आफुले उत्पादन गरेका फलफुल तरकारी हरू वरपरका गाँउसम्म बेच्न लैजान्छन।धेरै जनाले पशुपालन, माछापालन आदि व्यावसाय अंगालेका छन।यसरी उनिहरू मनग्य आम्दानी गरिरहेको देख्न पाईन्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]