हलुवावेद

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
हलुवावेद
American persimmon flower
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Asterids
गण: Ericales
कुल: Ebenaceae
वंश: Diospyros
Species

See text

पाकेको हलुवावेद

हलुवावेद मानिसले खाद्य वस्तुको रूपमा उपभोग गर्न सक्ने एक फल हो । Ebony wood परिवार (Ebenaceae)को Diospyros वर्गमा पर्ने यो वनस्पतीको फल पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचिन ग्रिक अनुसार Diospyros भन्नाले "भगवानहरुको फल (the fruit of the gods)" भन्ने बुझिन्छ । यो वनस्पति पतझर वनस्पति अन्तर्गत पर्दछ । यसको फलको रङ्ग हल्का सुन्तला पहेंलो, गाढा सुन्तला रातो तथा प्रजाती अनुसार फरक हुने गर्छ, जुन १.५ देखि ९ से.मी.( ०.५ देखि ४ इन्च) व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ । हलुवावेदको फल खानको लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसंग टासिएको हुन्छ तर फल पाकेपछि उक्त पत्रदल सजिलै निकाल्न सकिन्छ । हलुवावेदको फलहरूमा प्रशस्तमात्रामा ग्लूकोज पाइन्छ, ग्लूकोजका अलावा यसमा सन्तुलितमात्रामा प्रोटिन पनि पाइन्छ । यी फलहरू रासायनिक र औषधिय गुणकाकारण पनि अत्यन्तै महत्वपूर्ण छन् ।