हाइकु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु जापानी शैलिको कविता हो। पूर्वी एशियाली साहित्यको विश्व साहित्यलाई उदाहरणिय योग्दानको रूपमा हाइकु र सिजो लाई लिइन्छ|

सातौं–आठौं शताव्दी तिरको हाइकाइ श्रृङ्खलाको बिकसित रूप हो हाइकु। तत्कालीन हाइकाइ श्रृङ्खलाका शुरुका तिन हरफ मात्र जस्लाई होक्कु भनिन्छ, आज हाइकु रूपमा उदाएको छ। हाइकु पूर्ण रूपमा शास्त्रिय संरचनामा बाँधिएको हुन्छ। पहिलो हरफमा पाँच अक्षर, दोस्रो हरफमा सात अक्षर र तेस्रो हरफमा पाँच अक्षर गरी सत्र अक्षरको हुन्छ हाइकु। तर शास्त्रिय संरचना मात्र पनि पर्याप्त छैन। कलात्मक ढंगबाट प्राकृतिक किगोको प्रयोग गर्नुपर्छ हाइकुमा। हाइकु ओजिलो र बोझिलो हुनुपर्छ। ५–७–५को संरचना भित्र शब्दजाल बुन्दैमा त्यसलाई हाइकुको कोटिमा राख्न सकिदैन। यो हाइकुको कठिन मान्यता हो र शास्त्रिय चरित्र पनि।

छैठौं शताव्दीको अन्त्य र सातौं शताव्दीको आरम्भतिरको कुरा हो। त्यसबेला चीनमा बौद्घ धर्मको प्रभाव परेर पनि त्यो धर्मले ठूलो प्रभाव र प्रतिष्ठा पाइसकेको छ। बौद्घ धर्मावलम्बिहरू आफ्ना गुरुको निर्देशनमा चारैतिर छरिएर गुम्बाको चित्र बनाइरहेका छन्। घाम–छाँया, रुखको फेदमा, ओरालीमा, पहाडको फेदमा, चट्टानको बीचमा सबैतिर पुगेर ध्यानीहरू प्रतियोगितात्मक चित्र बनाउन संलग्न छन्। भरे गुम्बाको चित्रै नभएको चित्रकला चाँहि प्रथम हुन्छ। त्यस चित्रमा एउटा भिक्षु डाँडामाथि कुहिरोमा विचारमग्न छ। त्यसैबाट गुम्बाको स्वरूप निस्कन्छ, कल्पनामा भिक्षु गुम्बा हेरिरहेछ। हामी गुम्बा देख्दैनौं तर भिक्षु देख्छौं जो गुम्बा हेर्दैछ। वास्तवमा हाइकुको आत्मा त्यही संभावनाको खालीपन हो। यसप्रकार बौद्घ धर्म र हजारौं वर्षदेखि कवि–कलाकारहरूलाई प्रभाव पारेर आएको ताओवादको संयुक्त प्रभावबाट हाइकुको धारणा जन्मेको हो। रूपचाँहि जापानमा गएर अनेकौं परिवर्तनहरू भएर पछि तयार भयो। त्यसैले हाइकु बुझ्नको लागि यसको पृष्ठभुमि बुझ्न नितान्त जरुरी छ। (पृष्ठ क)

सातौं शताव्दीमा थालिएको श्रृङ्खलाबद्घ हाइकाइ लेखन क्रम बिस्तारै छोटिदै छोटिदै ५–७–५ संरचना मात्रको होक्कुसम्म आउन थाल्यो। केही कविहरूले प्रयोग स्वरूप १७ अक्षरीय संरचनामा मात्र लेख्न थाले। ५–७–५को मात्र प्रयोग गरेर होक्कु लेख्ने चलन त मुरोमाचीकालीन साहित्यिक युगमा देखा परेको थियो। तर त्यो बेला शैलि अस्पष्टताको कारणले होक्कुले जरा फैलाउन पाएन। हाइकाइलाई समेत व्यंग्यात्मक प्रस्तुतिमा प्राथमिकता दिइरहेको बेला नविन प्रयोग गरिएता पनि व्यंग्यात्मकताको शिकार बन्न गयो। थप केही समय सङ्क्रमणीय अवस्थामा बित्यो। तर समयको गति र मानसिक परिवर्तन सँगसँगै यो शैलिले पनि स्पष्ट अभिव्यक्ति र कवितात्मक आस्वादन दिन थाल्यो। आरकिन्दा मोरिटाके (१४५२ – १५४०)ले पहिलो पटक हाइकाइलाई होक्कु अर्थात् हाइकुमा रूपान्तर गर्न सफल भए। यसबेला सत्र (१७) अक्षरीय संरचनालाई हाइकु भनिदैनथ्यो। होक्कु मात्रै भनिन्थ्यो। हाइकु नामाकरण भएको त धेरै पछि हो। मोरिताकेले लेखेको हाइकु यस्तो छः

झरेको फूल

हाँगामा फर्कन्छ की

हेर, पुतली

हालसम्म भेटिएका सामाग्रीहरूलाई आधार मान्दा सम्भवत उल्लेखित हाइकु नै जापानी साहित्यको पहिलो हाइकु रूपी रचना हो। मोरिताकेलाई अर्का कवि यामाकाजी सोकान (१४६५–१५५३)ले पनि सहयोग गरेका थिए। यद्यपी हाइकाइ हास्य अभिव्यक्तिलाई काव्यात्मक आस्वादन पस्कीने काममा भिन्न विचार राख्ने तत्कालीन उदयीमान कवि माचुनागा तोइतोकु तथा निशियामा सोइनले पनि यस अघि प्रयास गरेका थिए तर उनीहरूको प्रयासले पूर्णता पाउन सकेको थिएन।

हेइयान युग (७९४–११८५)मा लेख्ने गरिएको श्रृङ्खला बद्घ कविता वा रेङ्गाको रूप वदलिदै जान्छ। कविताहरू थकान मेट्न होस् वा विछोडको वेदना मेट्न होस्– होक्कु लेख्छन्। वाका लेख्छन्। हाइकाइ र रेङ्गामा खासै भिन्नता पाइँदैन। हाइकाइ श्रृङ्खला नै रेङ्गा हो।

माचुनागा तेइतोकु (१५७१–१६५३) हाइकाइका क्षेत्रमा माहीर मानिन्छन्। खासगरी अधिकारीक र परम्परागत संरचना यिनले छोडेनन्। सठौ शास्त्रिय नियमको अनुसरण गरे। जथावाभि विषयवस्तुको छनौट र छाडा हास्यव्यङ्ग्य प्रवृत्ति बढ्दै जाँदा तेइतोकुले बौद्घिक हास्यव्यंग्यलाइ बढावा दिए र उनी यसमा सफल पनि मानिन्छन्। हाइकाइका क्षेत्रमा नियमपालनको हकमा कडा रूपमा प्रस्तुत भए। तर उनको निधन पछिका दिनमा पुन फुक्का हुनथाले, स्वतन्त्र हाइकाइ जन्मन थाले। कवि सियामा सोइन (१६०५–१६८२)ले हाइकाइको प्राचीन निरन्तरतालाई ठूलो चुनौति दिए। अरु भन्दा भिन्न ढंगबाट प्रस्तुत हुन चाहे उनी। यसले गर्दा स्वतन्त्र हाइकाइ लेख्ने युवा जमातले झन् नियमहरू तोड्न थाले। यसै कालका अर्का प्रसिद्घ कवि हुन् – इहारा साइकाकु (१६४२–१६९३) उनी नब्बेको दशको एक दिन ओसाका शहरमा रात बिदाउँदा २४ घण्टामा २३५०० पङ्ति रचना गरेको भन्ने तथ्य भेटिएको छ। गृहयुद्घले ग्रसित तत्कालिन जापानी समाजमा काव्य रचना गर्नु निकै ठूलो उपलब्धि मानिन्थ्यो। त्यस माथि पनि सैनिक शासनको नीति नै कवि र सिर्जनाको विपक्षमा थियो।

दानरिन हाइकु विद्यालय त्यस बेला प्रख्यात थियो। विद्यार्थीहरू पनि प्रशस्तै थिए। यस विद्यालयका कविहरूले खास गरी स्वतन्त्र हाइकाइमा जोड दिन्थे। जसका नाइके कवि सियामा सोइन (१६०५–१६८२) थिए। सोइनले हाइकु लेखन शैलि देखि लिएर वाचन शैलिसम्म सबै कुरा सिकाएका थिए। सन् १६६०मा सोइनले दानरिन हाइकु विद्यालय नखोलेको भए जापानी हाइकु यस अवस्थामा सायदै आउन्नथ्यो होला। हाइकु र सेनर्यू आफ्नै रचना

  • हाइकु

डाफेको नाच

हिउँको रमझम

वादलु साँझ।

कालीको खोँच

शिखरको उमँग

छिचोल्ने आँट।

  • सेनर्यू

पर्देशि लोग्ने

सतिसावित्री पत्नि

रिट्ठेको दशै।

मैले थापेको

विद्युतीय धराप्मा

तिमी परिछौ।

नेपालमा हाइकु[सम्पादन गर्ने]

नेपालमा २०१९ सालमा शंकर लामिछानेले सर्वप्रथम रूपरेखा पत्रिकामा 'हाइकु' प्रकाशन गरेका थिए।

  • [१] जापानी साहित्यमा हाइकु