हिग्स बोसोन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हिग्स बोसनको भविष्यवाणी गर्ने वैज्ञानिक : François Englert, Robert Brout, Peter Higgs, Gerald Guralnik, C.R। Hagen, Thomas Kibble (सन् 1964)

"'हिग्स बोसोन'"हरूलाई नै नेपालीमा ईश्वरीय कण भनिन्छ । यो कणको नाम पिटर हिग्सको नामबाट राखिएको हो जसले अरू वैज्ञानिकहरूको साथ १९६४ मा यस कणको अस्तित्वको बारेमा कुरा गरेका थिए । तर यसको आविस्कारको पुष्टि भने अहिले सम्म हुन सकेको छैन । वैज्ञानिकहरूले हिग्स बोसोन जस्तै कणको आविस्कार भएको मानेका छन् तर त्यो हिग्स बोसोन अर्थात् ईश्वरीय कण नै हो भन्ने पुष्टि भने गरेका छैनन् । हिग्स बोसोनलाई कणका द्रव्यमान वा भारका लागि जिम्मेदार मानिन्छ। प्रायः यसलाई अन्तिम मूलभूत कण मानिन्छ।

मूलकण के हो?[सम्पादन गर्ने]

क्वाण्टम भौतिकीमा 'मूलकण' (fundamental particles) ऊर्जाको एउटा यस्तो एक्लो अतिसूक्ष्म बिन्दुलाई भनिन्छ, जसको, जहाँसम्म हामीलाई थाह छ , र कुनै घटक अथवा टुकुरा हुँदैन। त्यसलाई र अधिक खण्डित गर्न सकिंदैन। हिग्स-बोसोन परमाणु-संघटक तत्वहरुलाई भार प्रदान गर्ने ऊर्जाको त्यस रहस्यमय रूपलाई भनिन्छ, जसको अहिले पुष्टि भएको छैन। ठीक त्यस क्षणमा बनेको होला, जब ब्रह्माण्डको उत्पत्ति भएको थियो। हीलियमका प्रोटोन कणहरुलाई लगभग प्रकाशको झैं तेज गतिले आपसमा जुधाएर एक बिन्दुरूपमा त्यसै क्षणलाई दोस्रो पल्ट उत्पन्न गर्ने प्रयास गरिंदैछ।

हिग्स-बोसोनको महत्व[सम्पादन गर्ने]

एक सिमुलेट गरिएको घटना जो हिग्स बोसोनको उत्पत्तिलाई दर्शाइ रहेकोछ।

हिग्स-बोसोनको खोज वास्तवमा यस प्रश्नको उत्तरको निम्ति खोज हो कि परमाणुमा निहित इलेक्ट्रोन, त्यसका प्रोटोनहरुको निर्माण गर्ने दुइ अप क्वार्क र एक डाउन क्वार्क, त्यसका न्यूट्रोनहरुको निर्माण गर्ने दुइ डाउन क्वार्क र एक अप क्वार्क र न्यूट्रोनका छरिनाले बन्ने भएको न्यूट्रीनोको जो अलग अलग द्रव्यमान छ, अथवा तिनका जो अलग अलग भार छन्, त्यो तिनलाई कहाँबाट प्राप्त हुन्छ।

एक ब्रिटिश वैज्ञानिक पीटर हिग्सले सन् १९६४मा यो परिकल्पना दिए कि परमाणुका यी आठ संघटक मूलकणहरुलाई तिनको भार एक विशेष बलक्षेत्रमा मिल्दछ। यस बलक्षेत्रलाई पछि हिग्स फील्ड भनेर जानियो। परमाणु विज्ञानका स्ट्याण्डर्ड मोडल अनुसार हिग्स फील्डका पनि विद्युत आवेशधारी र आवेशहीन भाग हुन्छन्।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य कडीहरु[सम्पादन गर्ने]