हेलेन केलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेलन केलर
केलर, सन् १९२० मा
केलर, सन् १९२० मा
जन्महेलन एडम्स् केलर
(१८८०-०६-२७)जुन २७, १८८०
तुस्कम्बिया,अल्बामा ,अमेरिका
मृत्युजुन १, १९६८(1968-06-01) (उमेर ८७)
ईस्त्न , कनेक्टिट
पेशाशिक्षिका, पत्रकार
शिक्षार्याडस्लिफ कलेज

हस्ताक्षर

हेलेन एडम्स् केलर (जुन २७, १८८० – जुन १, १९६८) अमेरिकी लेखिका, राजनीतिज्ञ र प्राध्यापक थिएन् । जन्मेको डेढ वर्षमै उनी आँखा नदेख्ने र कान नसुन्ने भएकीथिइन् । उनी बोल्न पनि सक्तिनथिन् । उनी वेस्ट टुस्कुम्बिया, अल्बामामा जन्मिएकी थिइन, हाल उक्त स्थानमा संग्राहलय रहेको छ । उनको जन्म दिन जुन २७ हेलेन केलर दिवस मनाइने गरिन्छ ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनी शारीरिक रूपमा कमजोर भए पनि उनको दिमाग तेज थियो । उनी बाबु आर्थिक रूपले सक्षम थिए र हेलेनको उपचार महसुस गरे । उनीले हेलेनलाई एक प्रख्यात डा. एलेक्जान्डर ग्राहम बेल को मा लगे । डा. एलेक्जान्डर ग्राहम बेल ले धेरै बालबालिकाहरूलाई उपयुक्त उपचार गरेर निको पारेका थिए । डा. एलेक्जान्डर ग्राहम बेल ले हेलेन निक्कै चलाख भएको पाए । उनैले हेलेन लाई पढाउनका लागि शिक्षक सुलिभन लाई भेटे ।

केलरले बहिरापन भएका व्यक्ति पनि बात गर्न सक्छन् र आवाजको दुनियाँमा बाँच्न सक्छन् भन्ने कुरा प्रमाणित गरिन् । उनले नै बहिरापन भएका व्यक्तिहरू पनि सुन्न सक्ने मानिसहरू जस्तै सक्षम हुन्छन् भन्ने कुरा सिकाइन्; उनलाई चर्चित बहिरा व्यक्तिको रूपमा हेरिन्छ ।[१]

अवार्ड[सम्पादन गर्नुहोस्]

प्रसिद्ध उद्धरण[सम्पादन गर्नुहोस्]

"गरूआमा ! बस् त्यत्ति

यहि मेरो उत्तर हुनेछ

अँध्यारामा

जब मृत्युले बोलाउनेछ ।"

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. McGinnity, B.L, "Anne Sullivan" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]