खुम्बु पासाङल्हामु गाउँपालिका
खुम्बु पासाङल्हामु
Khumbu Pasang Lhamu | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | ङिमदोर्जी शेर्पा (एमाले) |
• उपाध्यक्ष | टासील्हामु शेर्पा (एमाले) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | १,५३९.११ किमी२ (५९४.२५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८,९८९ |
• घनत्व | ५.८/किमी२ (१५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-३८ |
केन्द्र | साविकको चौंरीखर्क गाविसको कार्यालय |
खुम्बु पासाङल्हामु गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका खुम्जुङ, बासा, जुभिङ गाविसको (१,५,७-९) वडा र चौंरीखर्क गाउँ विकास समितिहरूलाई समेटेर खुम्बु पासाङल्हामु गाउँपालिका बनाइएको हो ।[३] खुम्बु पासाङल्हामु गाउँपालिकको कूल जनसङ्ख्या ८,९८९ रहेको छ । यसको क्षेत्रफल १५३९.११ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको चौंरीखर्क गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा माहाकुलुङ गाउँपालिका र सङ्खुवासभा जिल्ला, पश्चिममा रामेछाप र दोलखा जिल्ला, उत्तरमा चीन तथा दक्षिणमा सोलुदुधकुण्ड नगरपालिका र दुधकोशी गाउँपालिकासम्म फैलिएको छ ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।