पञ्चशील

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पञ्चशील एक धार्मिक एवं कूटनीतिक नियमहरूको सङ्ग्रह हो। विभिन्न देशहरूको पारस्परिक सम्बन्ध यही नीतिद्वारा निर्देशित गरिएको हुन्छ।

पञ्चशीलमा निम्न अनुसारका बुँदाहरू पर्दछन्।

  1. शान्तिपूर्ण सह अस्तित्व
  2. एक आपसको आन्तरिक मामलामा अहस्तक्षेप
  3. एक आपसको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान
  4. अनाक्रमण
  5. समानता र पारस्परिक लाभ

धार्मिक महत्त्व[सम्पादन गर्नुहोस्]

हिन्दू धर्म तथा बौद्ध धर्ममा पञ्चशीलको ठूलो महत्त्व रहन्छ। पञ्चशीलमा पाँचवटा प्रमुख नियमहरू रहन्छन्।

  1. प्राणी हिंसाबाट टाढा रहने।
  2. झूठो बोल्नबाट टाढा रहने।
  3. चोरी नगर्ने।
  4. परस्त्रीगमन नगर्ने।
  5. मध्यपान नगर्ने।

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]