फ्युचरलर्न
साइटको प्रकार | अनलाईन शिक्षा |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी |
मालिक | ओपन विश्वविद्यालय |
युआरएल | futurelearn |
व्यवसायिक | होइन |
दर्ता | आवश्यक |
चालु भएको मिति | डिसेम्बर २०१२ |
वर्तमान स्थिति | संञ्चालनमा |
फ्युचर्लन (अङ्ग्रेजी: FutureLearn, MOOC) शिक्षा मंच डिसेम्बर २०१२ मा स्थापित एक खुला अनलाईन शैक्षिक स्थल हो । यो पूर्ण मिल्टन कीन्स, इङ्गल्याण्डमा रहेको खुला विश्वविद्यालयको स्वामित्वमा रहेको छ । यो पहिलो बेलायत नेतृत्व विशाल खुला अनलाईन कोर्स शिक्षा मंच हो, र मार्च २०१५ सम्ममा ५४ बेलायतको विश्वविद्यालय र अन्य अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समन्वय गरिसकेको छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]फ्युचर्लन १२ विश्वविद्यालयहरु सँगको साझेदारसंग शुरू भएको थियो । यसलाई बेलायत संस्थाहरूको "MOOC" अन्तरिक्षमा संलग्नका लागि एक कदमका रूपमा वर्णन गरिएको थियो । फ्युचर्लनका सीईओ, सिमन नेल्सन यस अघि बि.बि.सी.मा काम गर्थे ।
फ्युचरलर्नको सुरुवात अघि बेलायतमा "MOOC" सञ्चालन नगरिएको भने होइन । एडिनबर्ग विश्वविद्यालय र लन्डन विश्वविद्यालयले पहिले Coursera (अर्को MOOC संञ्चालक) सँग साझेदारी गरिसकेको थियो । ओपन विश्वविद्यालयले पनि सन् २००६ देखि आफ्नो ओपन-लर्न नामक मंच मार्फत अनलाईन कोर्स प्रकाशन गरेको थियो जुन स्व-अध्ययन किसिमका थिए, समूहगत सहभागीताको अध्ययनका निम्ति थिएनन् ।
पाठ्यक्रम
[सम्पादन गर्नुहोस्]फ्युचरलर्नले विविध विषयमा पाठहरु प्रधान गर्ने गरेको छ । पहिलो कोर्स १४ अक्टोबर २०१३ मा संञ्चालनमा ल्याइएको थियो ।
सहभागी विश्वविद्यालयहरु
[सम्पादन गर्नुहोस्]- एडिनबर्ग विश्वविद्यालय
- एंग्लिया विश्वविद्यालय
- ब्रिस्टल विश्वविद्यालय
- कार्डिफ विश्वविद्यालय विश्वविद्यालय
- बर्मिंघम विश्वविद्यालय
- कुइन्स विश्वविद्यालय
- बेलफास्टोप विश्वविद्यालय
- Aberdeen विश्वविद्यालय
- Lancaster विश्वविद्यालय
- लेस्टर विश्वविद्यालय
- लीड्स विश्वविद्यालय
- ग्लासगो विश्वविद्यालय
- एक्सेटर विश्वविद्यालय
- लण्डन स्कुलको अफ हाइजीन, ट्रपिकल मेडिसिन
- वारविकको Strathclyde विश्वविद्यालय
- साउथेम्प्टन विश्वविद्यालय
- शेफिल्ड विश्वविद्यालय
- नोटिङ्हाम ओपन विश्वविद्यालय
- लन्डन विश्वविद्यालय
- Loughborough विश्वविद्यालय
- न्यूक्यासल विश्वविद्यालय
बेलायत भन्दा बाहिरका:
- अकल्यान्ड विश्वविद्यालय
- बेसेल विश्वविद्यालय
- केपटाउन विश्वविद्यालय
- फुडान विश्वविद्यालय
- ग्रोनिनजेन विश्वविद्यालय
- मोनास विश्वविद्यालय
- साङघाङ सि तो विश्वविद्यालय
- ट्रिन्टी विश्वविद्यालय
- ओस्लो विश्वविद्यालय
- Sungkyunkwan विश्वविद्यालय
- Yonsei विश्वविद्यालय
अन्य: