प्रयोगकर्ता:Krish Dulal/विकिमेनिया २०१६ मा विकिमिडिया नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिमेनिया २०१६ इसिनोलारियो

नमस्ते! यो पृष्ठ मैले विकिमेनिया २०१६ को बारेमा अाफ्ना अनुभव सुनाउन तयार पारेको हुँ।

विकिमिडिया फाउन्डेसनको वार्षिक सम्मेलन विकिमेनिया २०१६ इटालीको इसिनोलारियोमा सम्पन्न भयो। विकिमेनियामा विकिपिडिया र यसका भातृयोजनाहरूका स्वयंसेवकहरूको सम्मेलन, वार्तालाप, भेटघाट तथा ह्याकाथन गरेर मनाइन्छ।

नेपाली समुदायबाट सहभागी विकिमिडियनहरू:

पत्रकारहरूसँग अन्तर्वार्तामा कृस दुलाल


उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

नविन सापकोटाले तयार पारेको पोस्टर
  • विकिपिडिया नेपालको दिशानिर्देशसँग मेल नखाने मुख्य लोगो परिवर्तन भएको छ।
  • कम्युनिटी भिलेज (सामाजिक केन्द्र)मा एउटा स्टल स्थापना गरी नेपाली विकिपिडियनहरूले वर्षभर सञ्चालन गरेका विभिन्न आयोजनाहरू बारे जानकारी दिइयो।
  • एसियाली भाषाहरूका विकिपिडियामा भइरहेका गतिविधिहरू बारे जानकारी दिन भेटघाट कार्यक्रममा भाग लिइयो।
  • विकी प्रोजेक्ट मेड, विकिडेटा, लैङ्गिक असमानता, कमन्स, विकि लभ्स अर्थ, कन्टेन्ट ट्रान्सलेसन, विकी शिक्षा कार्यक्रम, विकिलाइब्रेरीसम्बन्धि विभिन्न छलफल तथा प्रस्तुतिमा भाग लिइयो।
  • नेपाली विकिपिडियनहरूले गरेका सहभागिता। काम, उपलब्धिहरू तथा भविष्यका योजनाहरूमा बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भयो।
  1. इटालीमा विकि सम्मेलन सुरु, २ नेपाली युवा पनि सहभागी
  2. विकिमेनिया २०१६ सुरु, हिमालय टिभी
  3. विकिमेनिया सम्पन्न, हिमालय टिभी
  4. इटालीको पत्रिकामा प्रकाशित समाचार

चुनौतीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट कनेक्सन
  • सहभागिताको लागि छनौट भएका साथीहरू पनि भिसाको कारण सहभागी हुन पाएनन्।
  • यस पटकको अायोजना स्थलमा कार्यक्रमहरू फरकफरक स्थानमा गरिएकाले धेरै कार्यक्रमहरूमा सहभागी हुन सकिएन।
  • अायोजना स्थलमा बेलाबेलामा भएको इन्टरनेट कनेक्सनको अभावले समस्या भयो।
  • सहभागी सङ्ख्या कम भएका कारण धेरै कार्यक्रमहरू छुटे।
  • नेपालमा भएका कुनै पनि सामग्रीहरू ल्याउन सकिएन।

सिकाइ[सम्पादन गर्नुहोस्]

  • विकिपिडियामा सामान्य रूपमा समाधान हुन नसकेका प्राविधिक समस्याहरू समाधान गर्न फेब्रिकेटरमाबाट विश्वभरका प्राविधिक स्वयम्सेवकहरूको सहयोग लिन सकिने रहेछ।

विकिमेनियाका तस्वीरहरू[सम्पादन गर्नुहोस्]