विकिपिडिया:विकिथन-५
विकिथन-५ | |
---|---|
आरम्भ | २०७३ असोज १५ |
समाप्ति | २०७३ कार्तिक २१ |
उद्घाटन | २०६८ |
पछिल्लो संस्करण | विकिथन-४ |
सहभागीहरू | विश्वभरका नेपाली भाषीहरू |
संरक्षक(हरू) | सरोज कुमार ढकाल |
आयोजनकर्ता | नेपाली विकिपिडियन |
पाँचौँ विकिथन कार्यक्रम
[सम्पादन गर्नुहोस्]२०७३ सालको दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ गतेदेखि कार्तिक २१ (छठ) सम्म पाँचौँ नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।
उद्देश्य
[सम्पादन गर्नुहोस्]- नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
- विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
- सर्वप्रथम नेपाली विकिपिडियामा यहाँ गएर आफ्नो खाता खोल्नुहोस्।
- खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस्।
- दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस्।
- सहज रूपमा सम्पर्क गर्न यो फर्म भर्नुहोस्।
- विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस्।
नेपाली युनिकोड स्थापना
[सम्पादन गर्नुहोस्]विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।
लिनक्स मेसिनहरूमा :
[सम्पादन गर्नुहोस्]SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।
विन्डोज मेसिनहरूमा:
[सम्पादन गर्नुहोस्]मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ । याद राख्नुहोस विकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
कसले भाग लिन पाउने?
[सम्पादन गर्नुहोस्]- सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
- सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-५ ब्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{पाँचौँ विकिथन सहभागी प्रयोगकर्ता}} राख्नुहोला !
नोट
[सम्पादन गर्नुहोस्]विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
विकिथनमा के गरिन्छ?
[सम्पादन गर्नुहोस्]- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
- लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूलाई स्तरीकरण गरिन्छ।
- तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
योगदानको खाका
[सम्पादन गर्नुहोस्]- असोज १५ देखि कार्तिक २१ (छठ)सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
- कार्तिक महिनाको पहिलो हप्तामा एक दिन एकैठाउँमा भेला भएर विकिथन डे मनाउने। मिति चाँडै तय गरिनेछ।
पुरस्कार
[सम्पादन गर्नुहोस्]- यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
- प्रतियोगिता अवधी भरिमा सबैभन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरू पु-याउन नसकेको खण्डमा)
- १०० भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्ताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
- प्रतिसम्पादनमा कम्तिमा १० शव्द जरुरी हुनेछ ।
- विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।
विजेताहरू
[सम्पादन गर्नुहोस्]- प्रथम विजेता: राजा उप्रेती- सम्पादन सङ्ख्या-११९०
- दोस्रो विजेता: Belbasesuraj- सम्पादन सङ्ख्या-८७५
- दोस्रो विजेता: श्रेष्ठ भूपेन्द्र- सम्पादन सङ्ख्या-५९६
उत्कृष्ट योगदानकर्ताहरू:
[सम्पादन गर्नुहोस्]- Learnerktm-२९१
- SeniorStar-९८
- Bijaya2043-५४