सामग्रीमा जानुहोस्

श्लोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


श्लोक हिन्दु धर्मका पौराणिक पुस्तकमा लेखिएका लयबध्द हरफ हो । श्लोक एक प्रकारको छन्दबद्ध कविता हो, जुन विशेष रूपमा संस्कृत भाषामा लेखिन्छ। श्लोकहरूले धार्मिक, दार्शनिक, र साहित्यिक विचारलाई संक्षेपमा र लयमा प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेल्दछन्। यिनीहरू प्रायः चार पङ्क्तिमा बाँधिएका हुन्छन्, जसमा विशेष ताल र लय हुन्छ। श्लोकको मुख्य उद्देश्य गहिरा विचारलाई सरल र स्पष्ट रूपमा व्यक्त गर्नु हो।

यकिन उत्पत्ति भन्न नसकिएपनि हिन्दु धर्मको ग्रन्थ लिपि तथा पान्डुलिपिदेखिनै लयबद्ध लेखमा रहेको पाईन्छ। हरेक पुस्तक ग्रन्थहरु श्लोकमा छन् तर कर्मकाण्ड भने श्लोकमा छैनन्।