ब्लु ह्वेल च्यालेन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

आजभोलि एउटा कम्प्युटर गेम बजारमा आएको छ । त्यसको नाम ब्लु ह्वेल गेम हो । यो आत्महत्या गर्न उक्साउने गेम हो । गेम खेल्ने व्यक्तिलाई अन्तिममा आत्महत्या गर्न लगाइन्छ । अशोक यही गेमका कारण आत्महत्या गर्न प्रेरित भएको अनुमान गरिएको छ । यद्यपि उनी क्यान्सर रोगी थिए पनि भनिएको छ । भारतमा यो भन्दा पहिले पनि मुम्बईस्थित अंधेरी ईस्टमा बसोबास गर्ने १४ वर्षीय मनप्रितले जुलाईमा आत्महत्या गरेको समाचार आएको थियो ।यो अनलाइन गेम रुसबाट शुरु भएको हो । गेम खेल्ने २५० भन्दा बढी किशोरहरूले आत्महत्या गरिसकेका छन् । यसलाई जो कोहीले खेल्न सक्दैनन् किनकि यसलाई डाउनलोड गर्न सकिदैन । ह्वाट्सएप र फेसबूक प्रोफाइलमार्फत यो गेमको इन्भिटेसन लिंक पठाउन सकिन्छ । [१]

खेल्ने तरिका[सम्पादन गर्नुहोस्]

गेमका एडमिनहरूले नै यो गेम कसले खेल्छ भनी निर्धारण गर्छन् । यो गेममा १० देखि १८ वर्षसम्मका बालबालिकालाई निशाना बनाइन्छ । गेमको नियम बच्चाहरूले पालन गर्छन् भन्ने लागेपछि एडमिनले फेसबूक प्रोफाइलमार्फत गेम खेलाउछन् । यो गेम ५० दिनसम्म खेलिन्छ । सबै दिन गेम खेल्ने बच्चालाई आफ्नो हातलाई ब्लेडले काटेर त्यसको फोटो एडमिनलाई पठाउन लगाइन्छ ।

त्यसपछि बच्चालाई बिहान छिट्टै उठेर हरर फिल्म हेर्न भनिन्छ । अनि बच्चालाई नजिकको कुनै अग्लो भवनको सबभन्दा माथि गएर कुनामा उभिन लगाइन्छ । दिनदिनै टास्क पूरा भएपछि हात काटेर ह्वेलको चित्र बनाउन भनिन्छ । यसबीच बच्चालाई कसैसँग कुरा नगर्न भनिन्छ । पचासौं दिनमा बच्चालाई तिमी अब ह्वेल बन्यौ भनिन्छ र कुनै अग्लो भवनबाट हामफालेर आत्महत्या गर्न लगाइन्छ । ब्लु ह्वेल च्यालेन्ज गेमले किशोरकिशोरीलाई आत्महत्या गर्न उत्प्रेरित गरिरहेको छ । यस खेलमा जीतका लागि किशोरकिशोरीले मृत्युलाई अंगालिरहेका छन् । अमेरिका, युरोप र रुसमा प्रहरीले यो ‘सुसाइडर गेम’ बारे चेतावनी नै जारी गरिसकेको छ । भारतमा पनि यस्तै चेतावनी दिइएको छ । त्यहाँका प्रहरीले अभिभावकहरूलाई आ–आफ्ना बालबालिकामाथि निगरानी राख्न अनुरोध समेत गर्न थालेको छ । सामाजिक सञ्जालहरु मार्फत सचेतना कार्यक्रमहरू पनि शुरु गरिदै छ । बेलायतमा केही संस्थाहरूले हेल्पलाईन सेवा नै सुरु गरिसकेका छन् । रुसबाट प्रकाशित हुने अनुसन्धानमुलक अखबार ‘नोभाया गजेटा’ का अनुसार ‘ब्लु ह्वेल च्यालेन्ज’ खेलले रुसमा मात्र सन् २०१५ नोभेम्बरदेखि २०१६ को अप्रिलसम्ममा १३० जना किशोरकिशोरीको ज्यान लिइसकेको छ । यसैगरि ‘पानामा टुडे’ अनलाईनका अनसार ल्याटिन अमेरिकी मुलुकमा ३१ वटा यस्तै प्रकृतिका घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा छतबाट हाम फालेको र त्यसअघि फोटोहरु खिचिएका तथ्यहरु फेला परेका छन् । यो ‘ब्लु ह्वेल च्यालेन्ज’ गेमका शृंखलासँग मिल्दोजुल्दो छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. क्या है ब्लू व्हेल गेम और क्यों यह बन रहा है मौत का खेल

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]