सोफिया (यन्त्र मानव)
सोफिया एक मानव निर्मित यन्त्र मानव हो । यो यन्त्र मानव हंगकंगमा हानसन रोबटिक्सले निर्माण २०१६ मा निर्माण गरेको हो ।[१] २०१७ अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो ।[२] नागरिकता पाएपछि त्यतिबेला उनले भनेकी थिइन्, "यसका लागि म निकै सम्मानित र गौरवान्वित महसुस गरिरहेकी छु। नागरिकता पाउने विश्वकै पहिलो रोबोट हुन पाउनु ऐतिहासिक हो।"
इतिहास
[सम्पादन गर्नुहोस्]सोफिया हानसन रोबोटिक्सद्वारा एआई विकासकर्ता सहयोगले बनाईएको थियो र गूगल मातृभाषा वर्णमाला कम्पनी जसले उनको आवाज पहिचान गर्ने प्रणालीको काम गर्छ र सिन्गुलारिटि नेट जसले उनको दिमागलाई बलियो बनाइ दिएको छ ।[३] मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । [४]
नेपालमा सोफिया
[सम्पादन गर्नुहोस्]राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा भाग लिन २०७४ चैत्र ६ गते मंगलवार उनी कार्यक्रममा सहभागी हुन काठमाडौँ आएकी थिइन् । [४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "को हुन् रोबोट सोफिया?", अन्तिम पहुँच २०१८-०३-२१।
- ↑ "नागरिकता पाउने विश्वकी 'पहिलो' रोबोट", अन्तिम पहुँच २०१८-०३-२१।
- ↑ "A true living AI is adaptive, conscious, caring and ethical: Dr David Hanson of Hanson Robotics", e27 (en-USमा), अन्तिम पहुँच २०१८-०१-०४।
- ↑ ४.० ४.१ सेलेब्रिटी रोबोट ‘सोफिया’ ले भनिन्- 'प्रविधिको प्रयोगले गरिबी हटाउन सकिन्छ'-कान्तिपुर डेली
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट
- Sophia at Hanson Robotics website
- Sophia's open-source code on GitHub