श्यार्मापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्यार्मापा विशेषत हिमाली महायान परम्पराको काग्यु सम्प्रदाय अन्तर्गतको एक महत्त्वपूर्ण धार्मिक पद हो । श्यामार्पा वा समर रिन्पोछेले विशेष पूजाहरूमा एक प्रकारको रातो टोपी लगाउने हुनाले यस परम्परालाई रातो टोपीको परम्परा पनि भनिन्छ । परमपुज्य दोस्रो अवतारी कर्मपा श्री कर्म पाक्शीद्वारा उपरान्त कर्मपाहरूको निर्वाणकायका अवतारहरू दुई शरीरमा अवतरीत हुने भविष्यवाणी अनुरुप यस परम्पराको औपचारीक सुरवात बुद्ध धर्मको धर्म शासन स्थिर राख्नका लागि परमपुज्य तेस्रो अवतारी कर्मपा राङजुङ दोर्जेद्वारा भएको थियो । कालो टोपीका उत्तराधिकारी महा कर्मपा र रातो टोपीका उत्तराधिकारी महा श्यार्मापा दुबै एक अर्काका परिपुरक हुन र कसैले आकँलन गर्न नसक्ने गरी दुबैको स्थान काँग्यु सम्प्रदायमा उच्च र समान रहेको छ ।