भारतीय लाम्काने काँडेदार जङ्गली मुसा
भारतीय लाम्काने काँडेदार जङ्गल मुसा | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
Unrecognized taxon (fix): | Hemiechinus |
प्रजाति: | Template:Taxonomy/HemiechinusH. collaris
|
वैज्ञानिक नाम | |
Template:Taxonomy/HemiechinusHemiechinus collaris (जोन एडवर्ड ग्रे, सन् १८३०) | |
भारतीय लाम्काने काँडेदार जङ्गल मुसाको बासस्थान दायरा |
भारतीय लाम्काने काँडेदार जङ्गली मुसा काँडेदार जङ्गली मुसाको एक प्रजाति हो जुन मुख्यतया भारत तथा पाकिस्तानको केही क्षेत्रहरूमा पाइन्छन्। यस प्रजातिको जङ्गली मुसा सामान्यतया सानो आकारको हुन्छ जसको एक वयस्कको तौल २०० देखि ५०० ग्राम हुन्छ। यस प्रजातिले कीरा फटयाङ्ग्रा तथा साना जीवको सिकार गर्ने गर्दछ भने यी मुसाहरू रातको समयमा सक्रिय रहन्छन्।[२]
विवरण
[सम्पादन गर्नुहोस्]भारतीय लाम्काने काँडेदार जङ्गली मुसालाई भारतीय काँडेदार जङ्गली मुसासँग तुलना गरिन्छ जसको जीवन चक्र तथा आकार लगभग समान हुन्छ। यस प्रजातिको मुसाले मुख्यतया रातको समयमा सिकार गर्दछ भने यो रातको समयमा मात्र सक्रिय रहन्छ।[३] यस प्रजातिको मुसाहरू दुलोमा भेटिने गर्दछन्। अन्य काँडेदार जङ्गली मुसा जस्तै यस प्रजातिको जङ्गली मुसाको पनि मेरुदण्ड तथा ढाडको भागमा काँड रहेका हुन्छ जसले यसलाई सिकारीहरूबाट बचाउन भरपुर सहयोग गर्दछ।[४] यस प्रजातिको मुसा सिकारीहरूले आक्रमण गर्ने लाग्दा तथा केही खतराको महसुस भयो भने डल्लो पर्ने गर्दछ जसले गर्दा सिकारीहरू भ्रममा पर्दछन्। यस प्रजातिको मुसा एकदमै छिटो दगर्ने गर्दछ भने यसको शरीरको पुरै रङ्ग कालो हुन्छ। यस प्रजातिको मुसाले आफू बस्ने दुलो वा बासस्थान ४५ सेन्टिमिटर सम्म खन्ने गर्दछ भने यस्तो दुलोमा यी प्राणीहरू सुत्न तथा खतराबाट बच्नका लागि लुक्ने गर्दछन्।
आहारा
[सम्पादन गर्नुहोस्]भारतीय लाम्काने काँडेदार जङ्गली मुसा काँडेदार मुसाको प्रजाति अन्तर्गत पर्दछ। यस प्रजातिको जङ्गली मुसाले मुख्यतया कीरा फटयाङ्ग्रा, भ्यागुता, पाओ भ्यागुता, चराको अण्डा, सर्प तथा बिच्छीको सिकार गर्ने गर्दछ। यस प्रजातिको मुसा सुख्खा मरुभूमिको स्थानको कारण यी प्राणीलाई प्राय: खाद्यान्न आपूर्ति गर्नका लागि पानीको आवस्यक हुन्छ।[५]
वितरण
[सम्पादन गर्नुहोस्]भारतीय लाम्काने काँडेदार जङ्गली मुसा मुख्यतया भारतको गुजरात, राजस्थान तथा उत्तर प्रदेशमा र पाकिस्तानको उत्तर पश्चिमी प्रदेशहरू पञ्जाब तथा सिन्धमा पाइन्छन्। यस प्रजातिले मे महिना देखि जुन सम्म अत्याधिक तापको महसुस गर्छ भने यसले डिसेम्बर र जनवरी महिनामा अत्याधिक जाडोको महसुस गर्दछ। भारतीय काँडेदार जङ्गली मुसाको प्रमुख सिकारी फ्याउरो, भारतीय खैरो न्याउरी मुसा तथा लाटोकोसेरो हुन्।
प्रजनन
[सम्पादन गर्नुहोस्]प्रजातिक मुसाको भाले तथा पोथी प्रजनन मौसममा मात्र एक ठाउँमा बस्ने गर्दछन्। यस प्रजातिक मुसाको भाले जाति मुख्यतया मार्च देखस अगष्ट महिनाको बीचमा सक्रिय रहन्छ भने पोथी अप्रिल देखि अगष्ट महिनाको बीचमा सक्रिय रहन्छ। भाले र पोथी बीच मिलन हुन भन्दा अघि यस प्रजातिको मुसाको भालेले पोथीलाई आकर्षित गर्ने पोथीको अगाडि विभिन्न क्रियाकलापहरू गर्ने गर्दछ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Molur, S. (2008). Hemiechinus collaris. In: IUCN 2012. IUCN Red List of Threatened Species. Version 2012.2.
- ↑ Goyal, R. P. & Mathur, R. S. (१९७४), "Anatomic, Histologic and Certain Enzymatic Studies on the Male Genital Organs of Hemiechinus auritus collaris Gray, the Indian Long Eared Hedgehog", Acta Zoologica 55: 47, डिओआई:10.1111/j.1463-6395.1974.tb00178.x।
- ↑ Catania, K. (२००५), "Evolution of sensory specialization in insectivores", The Anatomical Record Part A: Discoveries in Molecular, Cellular, and Evolutionary Biology 287A (1): 1038–50, डिओआई:10.1002/ar.a.20265, पिएमआइडी 16215983।
- ↑ Poddar-Sarkar, M.; Raha, P.; Bhar, R.; Chakraborty, A. & Brahmachary, R. (२०११), "Ultrastructure and lipid chemistry of specialized epidermal structure of Indian porcupines and hedgehog", Acta Zoologica 92 (2): 134, डिओआई:10.1111/j.1463-6395.2010.00452.x।
- ↑ Sharma, A. & Mathur, R. S. (१९७४), "Histomorphological Changes in the Reproductive Tract of Female Hemiechinus auritus collaris, Gray in Relation to the Estrous Cycle", Acta Zoologica 55 (4): 235, डिओआई:10.1111/j.1463-6395.1974.tb00199.x।