मिनारे पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिनारे पाकिस्तान
مینارِ پاکستان
मिनारे पाकिस्तान is located in लाहोर
मिनारे पाकिस्तान
लाहोरमा मिनारे पाकिस्तानको अवस्थिति
मिनारे पाकिस्तान is located in पाकिस्तान
मिनारे पाकिस्तान
मिनारे पाकिस्तान (पाकिस्तान)
सामान्य विवरण
अवस्थापाकिस्तान स्मारक स्तम्भ
प्रकारसार्वजनिक स्मारक
स्थानलाहोर, पञ्जाब
 पाकिस्तान
निर्देशाङ्क३१°३५′३३″N ७४°१८′३४″E / ३१.५९२५°N ७४.३०९५°E / 31.5925; 74.3095निर्देशाङ्कहरू: ३१°३५′३३″N ७४°१८′३४″E / ३१.५९२५°N ७४.३०९५°E / 31.5925; 74.3095
निर्माणकार्यको थालनी२३ मार्च १९६०[१]
सम्पन्न२१ अक्टोबर १९६८
उचाइ
छाना७० मिटर (२३० फिट)[२]
योजना तथा निर्माण
वास्तुकारनसरेद्दिन मुरात-खान
संरचनात्मक इन्जिनियरअब्दुर रहमान नियाजी
सर्भिस इन्जिनियरमियाँ अब्दुल गानी मुगल
मुख्य ठेकदारमियाँ अब्दुल खालिक कम्पनी

मिनारे पाकिस्तान (मिनार-ए-पाकिस्तान वा मिनार-इ-पाकिस्तान) (उर्दु: مینارِ پاکستان) पाकिस्तानको लाहोरमा अवस्थित एक राष्ट्रिय स्मारक हो।[३] यस स्तम्भलाई सन् १९६० देखि सन् १९६८ को बीचमा बनाइएको थियो। अखिल भारतीय मुस्लिम लीगले सन् १९४० मार्च २३ मा लाहोर प्रस्ताव पारित गरेको थियो जहाँ उक्त प्रस्तावले अन्ततः सन् १९४७ मा स्वतन्त्र पाकिस्तानी राज्यको उदय गर्न सहयोग पुर्‍याएको थियो। मिनारे पाकिस्तान इकबाल पार्क लाहोरमा अवस्थित छ। यसलाई गोलाकार सडक र मुलतान मार्गको चौबाटोमा, आधुनिक पार्कले घेरेको छ।[४]

मिनारे पाकिस्तानलाई "पाकिस्तान स्तम्भ" पनि भनिन्छ भने स्तम्भ रहेको ठाउँलाई इक्बाल पार्क भनिन्छ। मिनारे पाकिस्तान पर्यटकीय स्थलहरूको एक अद्वितीय प्रकार हो। यो इस्लाम र पाकिस्तान सांस्कृतिको संयोजक हो। मिनारे पाकिस्तानले धेरै राजनीतिक विरोध प्रदर्शन र जुलुसको एक महत्त्वपूर्ण स्थलको रूपमा कार्य गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

मिनारे पाकिस्तान लाहोर प्रस्तावको स्मरणार्थ निर्माण गरिएको थियो जहाँ २३ मार्च १९४० मा भारतीय उपमहाद्वीपको मुस्लिम दलहरूको एक मात्र राजनीतिक दल, मुस्लिम लिगले उपमहाद्वीपका मुस्लिमहरूको लागि छुट्टै देशको माग गरेका थिए। मिनारे पाकिस्तानको निर्माण २३ मार्च १९६० मा प्रारम्भ भएको थियो। पाकिस्तान प्रस्तावको सम्झनामा, २३ मार्च १९४० मा पाकिस्तान प्रस्ताव (करारदे पाकिस्तान) पारित गरिएको थियो जसले भारतीय उपमहाद्वीपका मुसलमानहरूका लागि एक छुट्टै देश अर्थात पाकिस्तानको माग गरेको थियो।

बनोट[सम्पादन गर्नुहोस्]

स्तम्भले मुगल / इस्लामी र आधुनिक वास्तुकलाको मिश्रण झल्काउँदछ। यसको बनोट र पर्यवेक्षण वास्तुकार तथा इन्जिनियर नासरेद्दीन मुरात खानले गरेका थिए जो दगिस्तानबाट आएका थिए। यसको संरचनात्मक बनोट समेत नसरेद्दीन मुरात खानद्वारा गरिएको थियो भने कार्यरत इन्जिनियर अब्दुर रहमान खान नियाजी यसमा उनलाई सहयोग गरेका थिए।राष्ट्रपति द्वारा अनुमोदित बनोटलाई मियाँ अब्दुल खलीक कम्पनीले निर्माण गरेको थियो।[५] शिलान्यास २३ मार्च १९६० मा भएको थियो। निर्माणमा कार्य आठ वर्ष लागेको थियो र ३१ अक्टोबर १९६८ मा ७,०५,८०० पारूको लागतमा निर्माण सम्पन्न भएको थियो। पश्चिम पाकिस्तानका गभर्नर अख्तर हुसेनको मागमा चलचित्र र घोडा दौडको टिकटमा थप कर समावेश गर्दै उक्त रकम सङ्कलन गरिएको थियो।हाल, स्मारकले आगन्तुकहरूलाई मनोरम दृश्य प्रदान गर्दछ। [६]

वास्तुकला[सम्पादन गर्नुहोस्]

मिनारे पाकिस्तानको कुल उचाइ जमिनबाट करिब ९२ मिटर माथि छ भने यसको आधार जमिनबाट ८ मिटर माथि रहेको छ। यसको आधारमा चार खण्डहरू समावेश छन् जहाँ पहिलो तक्षसिलाको ढुङ्गाले बनेको छ। दोस्रोमा विभिन्न प्रकारका ढुङ्गाहरू कुँदिएको छ र तेस्रोमा चुच्चा ढुङ्गाहरू कुँदिएको छ। यसको चौथो आधारलाई भने सेतो सङ्गमरमरले सजाइएको छ। यी आधारहरूले स्वतन्त्रता सङ्ग्रामको चित्रण गर्दछन्। लिफ्ट बाहेक सबैभन्दा माथि पुग्नका लागि यहाँ ३२३ सीढीहरू छन्। राष्ट्रिय गानका लेखक हाफिज जालन्धारीको विश्राम स्थल पनि मिनारको आँगनमा छ। यसको व्याख्यानमञ्चबाट बादशाही मस्जिदको अवलोकन गर्न सकिन्छ। विभिन्न कुरानका पद, राष्ट्रिय गान, मोहम्मद अली जिनाह र अल्लामा इकबालको भाषणहरू यसको आधारमा रहेको सेता सङ्गमरमरमा अरबी, उर्दू, बङ्गाली र अङ्ग्रेजी लगायतका भाषाहरूमा लेखिएको छ।[७] यसको प्रवेशद्वारमा अल्लाहु अकबर लेखिएको छ। यसलाई पाकिस्तानको स्वतन्त्रता स्तम्भ पनि भनिन्छ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]


तथ्यसूत्र[सम्पादन गर्नुहोस्]

  1. "مینارِ پاکستان کے بارے میں حیرت انگیز معلومات" [मिनारे पाकिस्तानको बारेमा रोचक जानकारी] (उर्दू भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  2. "Minar-e-Pakistan: Reliving History", pakistantoday.com.pk, अन्तिम पहुँच २५ अक्टोबर २०२० 
  3. "مینار پاکستان"पाकपिडिया-पाकिस्तानको राष्ट्रिय विश्वकोश (उर्दू भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  4. "مینارِ پاکستان کی تاریخی اہمیت"تعلیم। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  5. عمر دراز ننگیانہ। "مینار پاکستان کے گراؤنڈ میں پی ڈی ایم کے جلسے کی تیاریاں عروج پر"बीबीसी उर्दू (उर्दू भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  6. "مینار پاکستان"दुनियाँ उर्दू (उर्दू भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  7. "معمارِ مینارِ پاکستان کا دلآویز تذکرہ"روزانہ پاکستان (उर्दू भाषा)। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]