पर्सीज सङ्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पर्सीज सङ्ग (नेपालीमा पर्सीको गीत ) अमेरिकी गायक बब डिलनद्वारा लिखित एउटा गीत हो। यो डिलनको तेस्रो एल्बम,द टाइम्स दे आर अ चेन्जिनको एउटा आउटेक हो। यो सन् १९८५ सम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको थिएन। यो आधिकारिक रुपमा डिलनको संकलन बायोग्राफमा सार्वजनिक गरिएको थियो। डिलनले पॉल क्लेटनलाई गीतको "सुन्दर मेलोडी लाइन" को लागि क्रेडिट दिएका थिए। [१] [२] [३]

डिलनले यो गीतलाई कथावाचकको दृष्टिकोणबाट लेखेका छन्। [१] गीत कार दुर्घटना र त्यसपछिको ९९ बर्षको सजायसँग सम्बन्धित छ। गीतमा ड्राइभर कथावाचकको साथी हुन्। [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

 

  1. १.० १.१ Bob Dylan, quoted by in the note on "Percy's Song", liner notes to Biograph, Columbia Records, 1985.
  2. Keys to the rain: the definitive Bob Dylan encyclopedia, Oliver Trager, Billboard Books, 2004, आइएसबिएन ९७८-०-८२३०-७९७४-२
  3. The formative Dylan: transmission and stylistic influences, 1961-1963, Todd Harvey, Scarecrow Press, 2001, आइएसबिएन ९७८-०-८१०८-४११५-४
  4. https://52folksongs.com/2012/08/31/fs51-geordie/