सुन्तलाबारी होमस्टे
तमुवानको हृदय स्याङ्जा जिल्लाको भिर्कोट आर्थरमा अवस्थित सुन्तलाबारी होमस्टेले पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, र साहसिक गतिविधिहरूको अद्वितीय अनुभव प्रदान गर्दै आएको छ। यो होमस्टे, जसले तमु संस्कृतिको ऐतिहासिक र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ। यो ठाउँ लग्भग ११८५ मिटरको उचाइमा अवस्थित छ। अग्लो पहाडको काखमा अवस्थित यो गाउँले प्राकृतिक सौन्दर्यलाई छोपेर बसेको जस्तो देखिन्छ जुन त्यहा नपुगेसम्म देख्न सकिन्न केही उकालो र भिरालो हिँडाइबाट बाट पुगिनेँ हुँदा शाहशिक यात्राको पनि अनुभव बटुल्न सकिन्छ । तेस्तै हाइकिङ मार्गहरू र सांस्कृतिक विविधताले यो क्षेत्रलाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित गराएको छ जहाँ सुन्तलाबारी तमु म्युजियम सुन्तलाबारी तमु सङ्गग्राहलय पनि रहेको छ ।
होम स्टे (घरबास )भनेको एउटा पर्यटन सेवा हो जहाँ पर्यटकहरू स्थानीय समुदायको घरमा बस्छन् र त्यहाँका बस्तुस्थिति दिनचर्या, संस्कृति, र जीवनशैली अनुभव गर्छन्। होम स्टेमा पर्यटकहरूलाई घरमै खानपान, सुत्ने स्थान, र स्थानीय गतिविधिहरूको अनुभव गराइन्छ। आजकल मानिसहरु फरक स्थानका मानिसहरुको जीवनशैली बुझ्न अध्यन गर्न मन पराउँछन । फरक जीवनशैलीमा रमाउन खोज्ने जो कसैलाइपनि सुन्तलावारी होमस्टे उत्कृष्ट गन्तव्य हुनसक्छ ।
यो ठाउँको अर्को मुख्य आकर्षण भनेको क्यानोनोइङ हो। यसको निमित्त दुई झरनाहरु छ्न १ खाल्टे झरना २ बसन्ती झरना
अन्य जानकारीको लागि सन्तोष काफ्ले लाई सम्पर्क गर्न सकिन्छ ।