सामग्रीमा जानुहोस्

पुलामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खाम्चा र पुलामी मगरहरूको मुख्य उपनाम मध्ये एक हो। पुलमी नेपालका जताततै बसोबास गर्छन् । प्रायः पुलामीले मगरहरूको मुख्य उपनाम सात मुख्य थरहरूमध्ये एक, थापालाई उनीहरूको थरको रूपमा लेख्छन्। त्यहाँ दुई प्रकारका पुलामी ज्ञात छन्। एउटा धपाली र अर्को झिङ्गु । झिङ्गु मगर बाबु र भोटे आमाबीचको वंशज हो भन्ने मान्यता छ । जबकि धपाली आमाबुवा दुवै मगरका सन्तान हुन् । पुलामी मगरहरूको उत्पत्तिस्थल म्याग्दी जिल्लामा रहेको ठाउँको नाम ‘राखु पुला’ हो जसबाट उपनाम आएको मानिन्छ।

पुलामी मगरहरुको बारेमा जान्न या बुझ्नको लागी मगरहरुको ईतिहास बुझ्नु पर्ने हुन्छ किनकी पुलामीहरु मगरहरुकै धेरै हाँगाहरु मध्ये एक हागा हुन । जसरी नेपालको भुमिमा मगरहरुको ईतिहास 2000 /2500 बर्ष पुरानो आदिवासी (मुलबासी) को रुपमा लिइन्छ । पुलामीहरुको पनि त्यतिनै पुरानो ईतिहास रहेको पाइन्छ । बर्तमान अवस्थामा पुलामीहरु नेपालका सबै जिल्लाहरुमा छरिएर बसोबास गरेको पाइन्छ तर काहा बाट कहिले नेपाल प्रवेश गरेका हुन भन्ने ठोस लिखित प्रमाण नभएका कारण यही नै धारणा या मान्यता सही हो भन्ने अवस्था भने छैन । त्यसैले विभिन्न विद्वानहरुले विभिन्न समयमा आफ्ना फरक फरक मान्यताहरु प्रस्तुत गरेको पनि पढ्न पाइन्छ ।

मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएको हुन्छ :-[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

1) कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर,

2) कालीगण्डकी पश्चिमको मगर खाम-पाङ बोल्ने मगर र

3) डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू

प्राचीन मगर भूमि'का मगर बासिन्दालाई १२ पन्थी र १८ पन्थी भनेर बर्गीकरण गरिएको थियो । उक्त भूमिलाई अहिले १२ मगरात र १८ मगरातको रुपमा चिन्ने गरिएको छ ।  गण्डकी पूर्वलार्इ बाह्र मगरात र पश्चिमलार्इ अठार मगरात भनेर चिनिन्छ ।

# बाह्र मगरातका मगरहरूको मुख्य थर :- थापा, राना र आले र[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

# अठार मगरातका मगरहरूको मुख्य थर :- पुन, घर्ती, बुढा र रोका हो ।[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

~ ~ ~

1) राना,

2) खप्तरी, घर्ती,

3) थापा,

4) पुन,

5) आग्री,

6) आले,

7) गुरुङचन,

8) भुरुङचन,

9) बेङलामी,

10) बुढाथोकी,

11) एसमाली,

12) भस्की,

13) रेवाली,

14) हिस्की,

15) थुमसिङ,

16) रगाता,

17) सिढारी,

18) दुध आले,

19) फेङदी आले,

20) तोर्छाली आले र सूर्यवंशी आले,

21) अस्लामी,

22) दर्लामी,

23) पुलामी,[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

24) बलामी,

25) तङलामी,

26) रासकोटी,

27) बीरकट्टा,

28) सिंजापति,

29) गहसरु,

30) ध्यावाङ,

31) बुढा,

32) सिंजाली,

33) फेवाली,

34) तिर्के,

35) पेगेल,

36) रामजोली र साव,

37) रुखमानी,

38) वैजाली,

39) तिके,

40) फुङ्जा,

41) रोका,

42) सथिघरे,

43) बाह्रघरे,

44) पहराइ,

45) सुतपहरे,

46) रामजाली,

47) रांगु,

48) गोरे,

49) काले,

50) मास्राङ्गी

51) वलमपाकी

52) सोराली

53) मंग्राती

54) मिरिङ्गचिङ्ग

55) पुवाँर

56 )पाेंगे लगायतका उपथरहरू रहेका छन् भन्ने कुरा उल्लेख गरिएको पाइन्छ ।

>>> खस क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तोकी :- थापा, बुढाथोकी , राना, खड्का, घर्ति, खत्री, रोका, बुधा , लामिछाने, सिन्जाली, बराल, आदि ।

>>> बाह्र मगरात अन्तर्गत रहेको मगरहरूको मुख्य थापा थरको हाँगाको रुपमा पुलामी मगरलाइ लिइन्छ । र पुलामी मगर दुई किसिमा हुन्छन :-[सम्पादन गर्नुहोस्]

[सम्पादन गर्नुहोस्]

1) झिङ्गु (झिङ्गे) पुलामी र

2) ढलपी पुलामी

>>> पुलामी मगरहरुको गोत्र : आत्रेय ( आत्रे) गोत्र हो ।

पुलामी मगरसँग मेल खाने सगोत्री बन्धु थरहरु :-

आत्रेय (आत्रे) गोत्र हुने थरहरु

1) पौडेल

2) सिग्देल

3) अर्जेल

4) पोख्रेल (पानी पोखरेल)

5) दुलाल

6) दुवाडी

7) भट्ट

8) भट्टराइ

9) गेलाल

10) पहाडी

11) विहारे

12) वगाले

13) खतिवडा

14) जोशी

15) मिश्र

16) डाँगी

17) बंञ्जरा

18) खुलाल

19) बाजपेयी

20) आत्रे अधिकारी

21) बगाले थापा

22) पुवाँर थापा

23) खुलाल थापा

24) कालिकोटे थापा

25) थापा क्षेत्री

26) थापा मगर

27) झिंगे मगर

28) पातली मगर

29) गुरुङ्ग (घोण्डे)

30) मल्ल

31) शाह

32) शाही

33) सिंह

34) खान

35) स्ववंशी

36) घोताने

37) दाहाल

38) समाल

39) हमाल

40) ठकुरी

41) खस

42) जिसी

43) खत्री

44) गिरी

45) पौडेल

46) खड्का क्षेत्री

47) कालिकोटे खड्का

48) श्रेष्ठ

49) पर्वते

50) घर्ती

51) अगस्ती

52) ज्ञामी राना

53) मानन्धर आदी सँग पुलामी को गोत्र मिल्न जान्छ ।

यी सबै सगोत्रीहरु बिचमा बिबाह, दान, शिदा दिनु/ लिनु शास्त्रअनुसर उचित अथवा राम्रो हुन्न भने प्रचलन रही आएको छ ।

[सम्पादन गर्नुहोस्]