वार्तालाप:नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल)
गल्ती
नेपालमा प्राय: बामपन्थी दलहरुले "कम्युनिष्ट" मा "ष" को प्रयोग गर्ने गरेका छन् र विकिपिडियामा पनि "ष" नै प्रयोग गरिएको छ, जुन नेपाली व्याकरणअनुसार यो गल्ती हो । संस्कृतबाहेक अन्य भाषाका आगन्तुक शब्दामा 'स' मात्र प्रयोग गर्नुपर्ने नियम नेपाल प्रज्ञा प्रतिष्ठानले कायम गरेको छ । नेपालीको आधिकारिक शब्दकोषमा पनि "कम्युनिस्ट"लाई नै प्रविष्टि दिइएको छ[१] ।
विकिपिडियामा पनि आधिकारिक निकायले कायम गरेको मानकअनुसारका शब्द र हिज्जे प्रचलनमा ल्याई एकरुपता कायम गर्न सके राम्रो हुने थियो । त्यसैले मैले पनि सके र भ्याएसम्मका ठाउँमा 'स' प्रयोग गरेको छु । यहाँहरुले पनि यसमा साथ दिनुहुनेछ भन्ने अपेक्षा छ ।
नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल)को बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल)लाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।