सामग्रीमा जानुहोस्

हिमाली प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिमाल

हिमाल नेपालको उत्तरी क्षेत्रमा समुन्द्री सतहबाट ३000 मि. देखी ८८४८.८६ मिटर को उचाइमा फैलियको छ । यस प्रदेश लाइ वृष्टि छाया र मरुभुमी को प्रदेश भनिन्छ । हाल विश्वकै उच्च शिखर अवस्थित यो भुभाग प्राचीन समयमा टेथिस सागरको पिधमा रहेको मानिन्छ। नेपालका २१ जिल्लाहरू हिमाली प्रदेश मा पर्ने गर्छन। हिमाली प्रदेशलाइ सामान्यता तिन भागमा विभाजन गरी अध्यायन गर्ने गरिन्छ।

१) मुख्य हिमाल

सम्मुन्द्रि सतह बाट ५००० मिटर देखी ८८४८.८६ मिटर सम्म मुख्य हिमाल रहेको छ । ८००० भन्दा अग्ला ८ वटा हिमाल यस प्रदेश अन्तर्गत पर्दछन । पहिको स्तरका नदिको स्रोत मुख्य हिमालय लाइ मान्ने गरीन्छ ।

२) भित्री हिमाल

२४०० - ५००० मिटर सम्मको उचाइमा रहेको हिमाली क्षेत्र भोट प्रदेश वा हिमाली उपत्यकाका नामले पनी चिन्ने गरीन्छ । मनाङ डोल्पा, मुगु हुम्ला, थाकखोला खुम्बु, रुङसार र कताङ यस क्षेत्रका उपत्यकाहरु हुन। सबैभन्दा कम उचाईको स्थाई हिमरेखा गोर्खाको रूपिनाला हो। यहा शुष्क जलबायु पाइने हुदा चियो कोणधारी बन रहेको छ।

२) सिमान्त हिमाल

मुख्य हिमालको उत्तर तर्फ र तिब्वती सिमानाको दक्षिणमा ६०००-७००० मिटर को उचाइमा सिमान्त हिमाल फैलियको छ। वृष्टि छाया पर्ने हुनाले यो क्षेत्र बसोबास र खेतिपातीको लागी उपयुक्त मानिदैन । साथै तिब्बतको भोट प्रदेश संग समानान्तर रहेको छ । पामिरको पठार, विभिन्न भन्ज्याङहरु सीमान्त हिमाल अन्तर्गत पर्दछन् ।