सामग्रीमा जानुहोस्

सुनछहरी झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनछहरी झरना

लुम्बिनी प्रदेशको उच्च स्थानमा रहेको रोल्पाको सुनछहरी झरना पर्यटकको आकर्षक रोजाइमा पर्न थालेको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको पाइएको छ भने त्यस झरनाबाट सुन बग्ने भएकोले सुनछहरी झरना नाम राखिएको बुढापाकाहरू बताउँछन् । सुनछहरी झरनाको अवलोकन गर्न रोल्पा लगायत छिमेकी जिल्लाका मानिसहरू पुग्ने गर्दछन् झरनासँगै त्यस वरिपरिको ठाउँ प्राकृतिक रुपमा निकै सुन्दर छ, पर्यटकहरू दिनहुँ सुनछहरी झरनासँग रमाउन अवलोकन भ्रमण गर्छन् । झरना २ सय १८ मिटर अग्लो छ भने समुन्द्री सतहबाट एक हजार ५ सय ७५ मिटर उचाइमा अवस्थित छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]