लिग्नोस्याट
स्वरूप
लिग्नोस्याट एउटा सानो जापानी काठको उपग्रह हो। यो विश्वको पहिलो काठको उपग्रह हो।[१]
लिग्नोस्याटलाई क्योटो विश्वविद्यालय र काठ काट्ने कम्पनी सुमितोमो फरेस्ट्रीले अन्तरिक्ष अन्वेषणको लागि काठको प्रयोगको प्रदर्शनको रूपमा विकास गरेको हो। उपग्रहको नाम "काठ" को लागि ल्याटिन शब्द "लिग्नो"बाट लिइएको हो। लिग्नोसाट जापानको एक म्याग्नोलिया रूख होनोकीको काठबाट बनेको हुन्छ। रूखको काठ सामान्यतया तरवारको खोल बनाउनका लागि प्रयोग गरिन्छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १० महिनाको प्रयोगको माध्यमबाट सामग्रीको छनौट गरिएको थियो। उपग्रहलाई जापानी परम्परागत शिल्प प्रविधिको माध्यमबाट नै तयार गरिएको थियो। यसमा अझै पनि केही परम्परागत एल्युमिनियम संरचना र इलेक्ट्रोनिक सामग्रीहरू भने छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "LignoSat: First wood-panelled satellite launched into space", www.bbc.com (en-GBमा), अन्तिम पहुँच २०२४-११-२२।