प्रयोगकर्ता:फुलमान/प्रयोगस्थल
मुरलीधर मिझार
चलचित्रको श्रेय : कलाकार / कथा / गीतकार / संगीत निर्देशक / निर्माता / पार्श्व गायक / पृष्ठभूमि स्कोर
मुरलीधर गायक, संगीतकार र गीतकार मात्र हैनन्, कलाकार, निर्देशक र निर्माता पनि हुन् । नागरिकतामा मुरली मिझार भए पनि मुरलीधरबाटै आफूलाई चिनाएका उनी स्वदेश फर्किएर नेपाली गीत, संगीत र फिल्म क्षेत्रमा काम गर्न चाहन्छन् । ‘मैले जानेको नै यही दुई चिज हुन्, गाउन र अभिनय । यता आएर शास्त्रीय संगीतको एकेडेमी खोल्न मन छ ।’
कान्छो छोरा जन्मेकै वर्ष मुरलीधरको फिल्मी करिअरले गति लियो । ‘जुन दिन कान्छो जन्मियो, त्यही दिन मैथिली फिल्म ‘सस्ता जिनगी महग सिनूर’ साइन गरें । आधा लगानी समेत गरें । पछि फिल्म सुपर डुपर हिट भईदियो ।’ त्यसपछि मुरलीधरको हिम्मत अलिक बढ्यो । नेपाल फर्किने सपना थाँती नै राखेर संघर्ष अझ बढाए ।
निर्देशन पनि सुरु गरे । तर फेरि जस्ताको तस्तै । ‘कति प्रोजेक्टका निर्माता भागिदिए कति अड्किए। मेरा फिल्म वा रचना चार तत्त्व प्रेम, युद्ध, अपराध र शंकामा आधारित हुन्छ । संसारदेखि गीत, संगीत, साहित्य, फिल्म सबै सृजना यही चार खम्बामा अडिएको हुन्छ’, उनको मान्यता छ । धेरै विधामा हात हाले पनि मुरलीधरलाई गायन बढी प्रिय लाग्छ । उनी संगीतलाई आफ्नो विरासत भन्न रुचाउँछन् । उनका बुबा नथुनी संगीतज्ञ नै थिए ।
२०४२ साल फागुनमा रिलिज फिल्म ‘सम्झना’ बाट फिल्म क्षेत्रमा कलाकारका रूपमा होमिनुअघि नै मुरलीधर गाउँघरमा नौटंकी गर्दै हिँड्थे । फिल्ममा आएपछि भने उनी खलपात्रमा ख्याति कमाए । तर जति ख्याति कमाए पनि आखिर खलपात्र खलपात्र नै हुँदो रहेछ । मुरलीधरको अनुभव यस्तै छ । भन्छन्, ‘विडम्बना नै यही छ । मान्छेले सुन्दर, रमाइलो र हरियाली मात्र देख्न रुचाउँछ ।
सामन्त, खराब प्रवृत्ति भएको मान्छेलाई फिल्ममै पनि देख्न रुचाउँदैनन् ।’ खलपात्र निर्वाह गर्दाका उनीसँग थुप्रै रमाइला किस्सा छन् । ‘बिग बजेट फिल्म ‘मासुका’ मा मुख्य भिलेनमा थिएँ । त्यो फिल्म आमाले हेर्नुभएछ । हिरोले मलाई खोलामा झ्याँक्दै पिटेको देखेपछि आमा बेहोस हुनुभएछ । पछि फोन गरेर ‘बाबु यस्तो रोल नगर । रोल गर्दै नगर । त्यस्तो मीठो गाउँछस्, बरु गीत नै गा । किन यस्तो नाटक गर्नुपर्यो ? नगर’ भन्नुभयो । मैले हस् भनिदिएँ,’ मुरलीधरले हाँस्दै भने, ‘तर मैले मानिनँ । त्यसपछि उहाँले पनि कहिल्यै मेरा फिल्म हेर्नुभएन ।’
भिलेनको चरित्र निर्वाह गर्नु अत्यन्तै कठिन काम ठान्ने उनी त्यस्तो चरित्रलाई दिमागमा हालेर त्यसको हाउभाउ, बोल्ने, लगाउने, खाने शैली, उठबसको तरिका कसैबाट लिएर उतार्नु चुनौतीपूर्ण हुने बताउँछन् । मुरलीधर यतिबेला एउटा तनावमा देखिए ।
उडायो सपना सबै हुरीले बहुचर्चित गीत हो। मुरलीधर मिझारका यो मात्र होइन्, ‘चिसो चिसो सिरेटोमा...’, निष्टुरीलाई माया गरी आफैलाई रोगी बनाएँ’ जस्ता गीतहरू पनि उत्तिकै लोकप्रिय छन् । गीतमार्फत् मुरलीधर ठूलो उदासी र वेदना पोख्छन् । यी सृजनालाई उनी कुनै बेलाका आफ्नै असफल प्रेमकै उपज मान्छन् । ‘जति पनि स्रष्टा छन्, जे लेख्छन्, आफैं वरिपरिका हुन्छन्, नत्र निस्कनै सक्दैन । मसँग पनि यस्तै भएको हो । त्यसैबाट म सृजनाको ऊर्जा पाउँछु ।’ गीत लेखेपछि पुराना गाँठा परेका सम्झना फुक्दै जाने उनी बताउँछन् । अन्त्यमा बिट मार्दै भने, ‘तर म भाग्यमानी छु, मैले यस्ती श्रीमती पाएँ । जसले हर कुरा थाहा हुँदाहुँदै पनि माफ गरेर सधैं साथ दिइरहेकी छन् । मेरा हरेक रचना उनले ओके भनेपछि मात्रै पारित हुन्छ । उनी मेरो जीवन र सृजना दुवैकी सहयात्री हुन् ।’
फिल्मोग्राफी (24)
चलचित्र क्रेडिट रिलिज मिति
12 गाउँ - कलाकार - अक्टोबर १०/२०२४
काँडेतार - कलाकार - मार्च ०८/२०२४
भैरव - कलाकार - अगस्ट २८/२०१५
सन्देश - कलाकार - जनवरी ०६/२००९
चक्रव्यूह - कलाकार - मे १९/२००२
घुम्टो - कलाकार - २४ फरवरी २००२
मालती - कलाकार - नोभेम्बर १५/२००१
कर्मा - कलाकार/पार्श्व गायक - अक्टोबर २६/२००१
गोर्खाली - कलाकार - ०९ फेब्रुअरी २०००
रक्षक - कलाकार - २६ अक्टोबर १९९९
शंकर -पृष्ठभूमि स्कोर - डिसेम्बर १३/१९९७
आघात - पार्श्व गायक - १५ अगस्ट १९९६
जय बाबा पशुपतिनाथ - गीतकार/संगीत निर्देशक/पार्श्व गायक/पृष्ठभूमि स्कोर - सेप्टेम्बर १८/१९९५
पृथ्वी - कलाकार - अगस्ट ३०/१९९४
देउकी - संगीत निर्देशक/पार्श्व गायक - १९ जुन १९९३
तृष्णा - कलाकार/कथा - २२ अगस्त १९९२
सपना - कलाकार - २२ अगस्ट, १९९२
सम्पति - कलाकार - अक्टोबर २९/१९९१
चिनो - कलाकार - जनवरी १५/१९९१
कन्यादान - कलाकार - अगस्ट २४/१९९०
पिराती - कलाकार - मार्च ०१/१९९०
तिलहरी - पार्श्व गायक - २७ नोभेम्बर १९८९
साइनो - कलाकार/पार्श्व गायक - १२ मार्च १९८८
सम्झना - कलाकार - १९ फेब्रुअरी १९८६