अलेक्सान्दर निकोलाएभिच पात्रेसोभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अलेक्सान्दर निकोलाएभिच पात्रेसोभ (सन् १८६९-१९३४) - एक रुसी मेन्सेविक नेता । प्रतिक्रियावादी र नयाँ क्रान्तिकारी आन्दोलनको विकास (सन् १९०७-१९१२) का वर्षहरूमा उनी विसर्जनवादका सिद्धान्तकार बने । उनले 'भज्रोज्दोनिए' ('पुनर्जन्म'), 'नाशा जार्‍या' ('हाम्रो ज्योति') र मेन्सेविक विसर्जनवादीहरूका उरु पनि पत्रपत्रिकाहरूमा नेतृत्वदायी भूमिका खेलेका थिए । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)को समयमा सामाजिक-अन्धराष्ट्रियवादी रहे । अक्टोवर समाजवादी क्रान्तिपश्चात् विदेशतर्फ लागे र प्रवासमा रहेर साप्ताहिक 'द्नी' ('दिवस')मा भाग लिन थाले । उनले सोभियत रुसप्रति लाञ्छनापूर्ण लेखहरू छपाएका थिए । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८९