रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रिजाल नेपालमा बसोबास गर्ने एक ब्राह्मण जातिको थर हो । रिजाल जाति धनञ्जय गोत्री हुन् । केहि खोजकर्ताले दैलेखको रिजुगाउँ भन्ने ठाउँमा बसोबास गर्नेहरु नै पछि रिजाल भए भनेका छन् भने केही खोजकर्ताले पूर्व सल्यानबाट विराटनगर झरेकाहरूले नै आफ्नो पहिचान रिजाल लेख्न सुरुवात गरे भनेका छन् । नेपालको इतिहासमा रिजालको नाम लिनुपर्दा नेपालका पूर्व प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजाल, साहित्यकार कालीप्रसाद रिजाल, साहित्यकार तथा चिकित्सक डा.भोला रिजाल, राजनीतिज्ञ डा.मीनेन्द्र रिजाल, पत्रकार विष्णु रिजाल, साहित्यकार भेषराज रिजाल, समाचार वाचिका समृद्धि रिजाल समेतको नाम आउँछ । हाल रिजालहरु पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न गाउँहरूमा बसोबास गरेका छन् । कुल के हो ? कुल भनेको वंश हो । कुलघरान व्याक्तिको पहिचान हो । आफ्नो वंशभित्र प्रतिष्ठापुर्व छवि वनाएका पुर्खाहरुको चरित्रले आफ्नो कुललाई प्रष्ट गर्छ । त्याग तपस्या र विद्याको माध्यमबाट माथि उठेका जिजुबाजेको आर्सिवाद वंश वृद्धिका लागि उर्जाको श्रोत हुनेहुनाले कुल परम्परालाई निरञ्तरता दिनु कर्म मार्गमा लागेका गृहस्थीहरुको मुख्य कर्तव्य हो भनेर गितामा प्रष्टाइएको छ । कुलपुजा के हो र किन गर्ने ? कुल पुजा भनेको कुलको परम्परा वा शास्त्रिय विधि अनुसार पितृ, ख्याति प्राप्त पुर्खा, कुलका संरक्षक देवाता तथा स्थानिय देविदेवताको निश्चित तिथिमा विधिपुर्वक गरिने पुजा हो वा कुल देवतालाई खुसी बनाउनको लागि विधिपुर्वाक गरिने संस्कार हो । धनन्जय ऋषि कुल अन्तरगत खोटाङ जिल्लामा बसोबासो गरी आएका रिजाल बन्धुहरुले मानि आएका कुल पुजामा देवली, गोठको धुप र थानी गरी ३ वटा छन् जस्को ऐतिहाँसिक विवरण, आवश्यक पुजा सामग्री र विधि तल उल्लेख गरिए अनुसार रहेको छ । देवली १२ भाई १८ मष्ट ८८ हजार ऋषिहरु त्रेता युगमा तिर्थ घुम्न गई सुनको धारा, सुनको पोखरीमा नुहाउदै, घुम्दै र तपस्या गदै हिडे । यसरी तपस्या गर्दै हिडिरहेको आवस्थामा ऋषिमुनिहरुले बिभाजन गर्ने क्रममा क्षेत्रपाल भागमा परिएको भए पनि डुल्ने तपस्या गर्ने क्रममा चेवाङ ऋषिले कामधेनु गाई उत्पती गराई सोहि गाइको अमृत रस (दुध)मा खाना पकाएर ऋषिका संगमा भएका उपस्थितहरुलाई आधार मानि भाग लगाइ भोजन गर्न लाग्दा उपस्थित मध्येबाट १ भाग वढी हुन गयो । यस्तो भएको देखेर यो किन र कसरी भयो भनि आष्चर्य मानी यताउती खोजी गर्दा नजिकैको धुपिको रुखमा भान्जा लुकेर बसेको भेटी उनलाई त्याहाँबाट बोलाई भोजन स्थलमा ल्याई पहिला भोजन गराई पछि अरुले भोजन गरेको हुनाले तिनै भान्जालाई कुलमा राखी जोडि विन्द्राशिणी (भान्जा) र मामा क्षेत्रपाल बनाई २ कुल धनञ्जय ऋषिकुल रिजाल वंशले चलाई आएको किब्बदन्ती रहेको कुल पुजा धामी चिञ्जिवी रिजालले बताउनु भयो । तिनै भान्जा विन्द्राशिणी र मामा क्षेत्रपालका डाग्रे मार्फत कुलपुजा/देवली गरी कुल बुझाउने प्रचालन रिजालहरुमा रहि आएको हो । देवली १ वा ३ वा कुनै विजोडी वर्ष पारी प्राय गरेर जुनसुकै मासमा विवाहको लगन जुर्ने महिनामा भान्जा विन्द्राशिणीलाई कोरी पुजा र क्षेत्रपाल मामालाई पुजाको साथमा जिव वलि अर्थात बोकाको वलि चढाएर गर्ने गरिएको छ । देवली पुजाको लागि आवश्यक सामग्रीहरु धुप, नैवेद, जनैसुपाडी, धजापतका, लिङ्गा, काँचोधागो, अविर, जौ, तिल, दुध, फुलपाती, भेटी, चन्दन, पिठो, अक्ष्यता, दियो, कलश, दुना, टपरा, बलिको लागि बोका आदि । देवली पुजा विधि  भाईबन्धुहरु कुल बोलाएको बेला भेला बसी डाङ्ग्रे मार्फत सोधखोज गरी तिथिमिति तय गर्ने । तत्पस्चात तिथि र बार पारी अन्य बन्धुका घरहरुमा कुल बोलाउने (धामी बस्ने) र सोधखोज गर्ने । हरेक घरहरुको सरसफाई (लिपपोत) गर्ने (चोख्याउने) ।  भेलाले तोक गरिएको अघिल्लो रातमा घाँडचम्मर राखेको घरलाई मुलघर (गादीघर) ठानी सोहि घरमा थान थापी कुलधामी बसी पुन सोधखोज गर्ने ।  भोलिपल्ट विहान धामी तथा पन्नाहरुले केस काटी चोखो भई पुन कुल बोलाएर पुजा स्थलको मण्डल बार्न स्थानीय सामग्रीहरु जोडीजोडीको दरले तयार गरी गादीघर घुमाई बाटोमा देउराली थान स्थापना गर्ने । देउरालिमा थपना गाड्ने र कुल पुजा स्थलको मण्डल बार्ने (घेरबारा गर्ने) । कुल पुजा मन्दीर सफा गर्ने ।  गादी घरमा फिर्ता आई घाँडचम्मर खोली दियो झुल्काउने र घरघरमा वा स्थान अनुकुल बोका (बली) पर्छाउने । विहान गादी घरमा बालेको दियो ननिभोस भनेर रातमा कुर्ने ।  अर्को दिन विहान कुल बोलाई कुल पुजाको लागि सोलीडोली (दियो कलाश र त्यसको सुरक्षाको लागि तयार गरिएको डोली), लिङ्गा, बोका, कल्सेउली, कुडेउली, लगाएतका सबै पुजासामग्रीहरु जोडीजोडी पारी बाजागाजा समेत गरी अभिषेक गर्दै गादीघर घुमाई मन्दीर तर्फ जाने । जाँदा देउरालीमा लिङ्गा गाडी थपनामा काँचो धागो वेरी अविर लागाइ दुध धारी ३ फन्का परिक्रमा गरी शुभ साइतमा मन्दीर प्रवेश गर्ने । प्रवेश गर्दा प्रवेश ढोका पुर्व वा पश्चिमबाट हुनुपर्छ ।  पुजा सामग्री खिर, बाबर, रोटी, पुवा आदि पकाउने । मन्दीरको भित्री भागमा कुल पुजाको दुबैकोठा (विन्द्रशिणी र क्षेत्रपाल)मा गाइको गोवरले लिपपोत गरी १३/१८ को रेखि लगाई (पक्ष अनुसार उभौली भए ठाडो धेरै र उधौली भए तेस्रो धेरै) पाती, अक्षता, खिर, बाबर र घिउले प्रत्येक आँठामा पुजा गर्ने । वाहिरी भागमा अग्नी जगाउने स्थानको सफाई गरी लिङ्गा गाडी रेखि हालि सम्पुर्ण पुजा सामग्री तयार गरी अग्नी जगाउने । कुलदेताको ब्रामण वाक्यद्धारा हवन (होमादी) गर्ने ।  आँठा पुजा र हवन सकिएपछि आहुती दिदै बोका काटी क्षेत्रपाल पुजा कोठाको थपनामा बली दिने ।  उल्लेखित सम्पुर्ण कार्य सकिए पछि प्रसादी तयार गरी वितरण गर्ने । आगामी पुजा गर्ने समय तोक गरी सके पछि  पुजा विसर्जन गर्ने । तत्पस्चात पुन सोलीडोली, बाजागाजा सहित गादीघर फर्की घाँडचम्मर थन्क्याएपछि कुल पुजा/देवली पुर्ण भएको मानिनेछ ।

गोठ धुप (पुजा) गोठका माहादेव महारुद्र, गैरीगैयाँ, काँडावर्म अैरीवर्म, गोसाई गोसाइनी लगाएतलाई खुसी तुल्याउनाले चौंपाय दौंपायमा हुन सक्ने हैजा, देसान लगाएतका सम्भावित घटना कम भई सुव्यफाव्य हुने परम्परगत मान्यता अनुरुप वर्षको दुइ पटक उभौलि पर्व वैशाखे पुर्णिमा अगाडीको कृष्ण पक्षको द्धादशी तिथि र उधौली पर्व कार्तिके पुर्णिमा अगाडी कृष्ण पक्षको द्धादशी तिथिमा आइतबार र बुधबार छलेर गोठको धुप गर्ने गरिएको छ । कतिपय रिजाल बन्धुहरुले उल्लेखित पुर्णिमा पहिले नगरी पुर्णिमाकै दिन गोठधुप गर्ने गरेको पाइन्छ । स्थान विशेष अगाडीनै पुजा गर्नुको एउटै कारण पुर्णीमाबाट देबिथान (कालिका भगवति थान मझुवा खोटाङ)मा पुजा सुरु हुने भएकोले पुर्णिमाको दिन धुप अक्ष्यता, फुलपाती र दुध धार्न देबिथान लाने गरेको हुनाले त्यो भन्दा पहिले नै गोठका माहादेव महारुद्र, गैरीगैयाँ, काँडावर्मअैरीवर्म, गोसाइ गोसाइनिहरुलाई रुझाइ, बुझाइ सक्नु पर्ने मान्यता अनुरुप यस क्षेत्रमा पुर्णिमा पहिलेनै गोठको धुप गर्ने गरिएको छ । गोठधुपको लागि आवश्यक सामग्रीहरुः धुप, नैवेद, धजापतका, लिङ्गा, काँचोधागो, अविर, जौ, तिल, दुध, फुलपाती, भेटी, चन्दन, पिठो, अक्ष्यता, दियो, कलश, दुना, टपरा, धुपौरो, आदि । गोठ धुप विधि  मोहि पारेको ठेकीको छातामा राखेको नौनीले झरीलो कोइला सहितको धुपौरो, दुध दुहेको दुधेरो, तिलजौउपानि र पातिको लिङ्गा सहितको ढुग्रो घोचामा उनेर तयार गरी गोठको छेउमा पुर्व फर्केर सुद्द व्यक्तिले स्थान विशेषका सबै देविदेवता पुकार गर्दै कोइलामा धुपधुवार गर्ने । तत्पस्चात धुपौरोमा धुप लगाई घोचामा उनेको सामग्री सहित बोकेर गोठलाई जौंतिल पानिको अभिषेकबाट सम्पुर्ण देबि देवताको पुकार गर्दे दायाँ पारेर ३ पटक परिक्रमा गर्ने ।  भकारो वा गोठको मुल घोचा पश्चिम तर्फ गोठ भित्र घेरा गरी गाइको गोवरले सफाई गर्ने, खिर बाबर पकाउने, थपना, कुण्डा, लिङ्गा तयार गर्ने ।  दियो कलश थाप्ने र ३ कोठामा क्रमश वाँयाबाट दाँया तर्फ मुल कोठा माहादेउ माहारुद्र १८/१३ विचको कोठा गौरी गैयाँ १३/११ र अन्तिम कोठा काँडावर्म अैरीवर्म ९/७ रेखि लगाई (पक्ष अनुसार उभौली भए ठाडो धेरै र उधौली भए तेस्रो धेरै) भाग पस्कने र पाती, अक्षता, खिर, बाबर र घिउले प्रत्येक आँठामा पुजा गर्ने धुपधुवार गर्ने थपना लिङ्गामा धागो वाँध्ने, अविर चन्दनले पुजा गर्ने । कुण्डामा दुध धार्ने । काँडावर्म अैरीवर्म कोठामा धनुवाण (पाति, पात्ले, सेउली वा भिम्सेन पातिको) बनाइ चढाउने वा प्रयोग गर्ने । वाहिर पश्चिम तर्फ ३ कोठाको गोसाई थान तयार गरी विचको कोठामा गोसाई गासाइनी ७/५ दायाँ तर्फ सिकारी ५/३ र वाँया तर्फ सिद्ध ५/३ पुकार गर्दे रेखि लगाई (पक्ष अनुसार उभौली भए ठाडो धेरै र उधौली भए तेस्रो धेरै) भाग पस्कने र पाती, अक्षता, खिर, बाबर र घिउले प्रत्येक आँठामा पुजा गर्ने, धुपधुवार गर्ने ।  बाहिर गोठको पुर्व तिर गाईको गोवरबाट कुण्डा र गोबरधन पर्वत तयार गरी तयार भएको कुण्डा र पर्वतमा गाइको दुध धार्ने ।  पुजा सकेर मुलकोठाको भाग वेलुकालाई राख्ने र वाँकी सबै खिर बाबर प्रसादिको रुपमा वितरण गर्ने ।  बेलुका गाइभैसी दुहि सकेपछि दियो झुल्काउने धुपधुवार गर्ने विहानको मुलकोठाको भाग प्रसादिको रुपमा वितरण गरि सकेपछि गोठधुप पुरा हुन्छ । (देवली गर्ने वर्ष र पक्षमा गोठधुपको तिथि पछि वा गोठधुप गरी सकेर मात्र देवली जुराउने र गर्ने प्रचलन रहि आएको छ ।) थानी पुजा देवली तथा गोठधुप सामुहिक रुपमा गरिने पुजा हुन भने थानी प्राय गरेर आ–आफ्नो घरमा गरिने पुजा हो । थानि पुजाको सुरुवात कलि युग तिर धनञ्जय ऋषिकुलका रिजाल जिजुबाजे, बजु (बेलि) र उनिहरुको साथमा घर्ति थरकी चमेलि नामकी एक महिला मोलुङखोलाबाट पुर्व दक्षिणतिर बसोबास गर्ने गरेको थिए । बाजे मोलुङखोलाको आसपास गोठ बस्ने र बेलाबखत सामलखाजा लिन घर आउने गरेका थिए । सोही क्रममा एक दिन गोठमा सामल खाजा सकिएपछि सामल खाजा लिन बाजे गोठबाट घर आउछन् । त्यो बेला बजुको रजश्ला भएको हुन्छ र सामल खाजा तयार गरेको हुदैन । सामल खाजा तयार नगरेकोले बाजे रिसाई सोहि विषयमा उनिहरु विचमा आन्तरिक कलह हुन्छ । कलहका कारण बजुघरबाट भागेर सोहि मोलुङ खोलामा आफ्नो अंगमा भएका चुरापोते खोलेर ढुङ्गामा चिनो छाडी खोलामा हामफालेर देह त्याग गर्छिन । उता बाजेले बजु लामो समय नआए पछि खोज्न भनि तिनै चमेलिलाई पठाउछन् । चेमेलिले खोज्दै जाँदा बजुले खोलाको ढुङ्गामा चिनो राखि आफ्नो देह त्याग गरेको थाहा पाई आहात भई आफुले आफुलाई सम्हल्न नसकी चमेलिपनि त्यहि खोलामा हामफालेर मृत्यु भएकाले उनिहरुलाई रिझाउनको लागि थानिमा राखि बेलिलाई आसामुखि थानी र चमेलिलाई थानी चम्पाको रुपमा पुजा गर्दै आएको किब्बदन्ति रहेको पन्ना रत्न प्रसाद रिजालले बताउनु भयो । धनञ्जय ऋषिकुल रिजाल बन्धुहरुले वर्षको ३ पटक वैशाख पुर्णिमाको शुक्ल पञ्चमी, नाग पञ्चमी र कार्तिके पुर्णिमाको शुक्ल पञ्चमीमा आइतबार बुधबार छलेर घरको थानी चम्पा र आसामुखि थानी गरी २ वटा थानीको पुजा गर्ने गरिएको छ । थानी पुजाको लागि आवश्यक सामग्रीहरु धुप, धजापतका, काँचोधागो, अविर, जौ, तिल, दुध, फुलपाती, चन्दन, एक मानो चामलको पिठो, अक्ष्यता, दियो, कलश, दुना, टपरा, धुपौरो, आदि । थानी पुजा विधि  घर लिपपोत तथा सफाई गरी अगेनोको डिलमा कुल, थानी र सबै देविदेवताहरुलाई फरक फरक कोइलामा धुपधुवार गर्ने ।  खिर र ३ वटा बाबर पकाउने दियो, कलश, लगाएत पुजा सामग्री तयार गर्ने ।  टपरामा थानी चम्पाको लागि तिनचैली खिर त्यसमाथी ३ वटा बावर राखि त्यस माथि खिरको थपना बनाउने र आसामुखी थानीको लागि टपरामा ३ चैली खिर राखि त्यसमाथी खिरको थपना बनाई घरको दोस्रो तला वा पुजा कोठामा उतर फर्केर क्रमश बाँयाबाट दियो, कलश, आसामुखि थानी र थानी चम्पा राखि धजा, अविर, फुलपाती, अक्षता घिउले पुजागर्दै धुपधुवार गर्ने ।  भित्रको पुजा सकेपछि वाहिर बलेसीमा पुर्व फर्कि खिर पातमा राख्दै सबै देविदेवतालाई पुकार्दै चढाउदै गर्ने ।  पुजामा प्रयोग गरी वाँकी रहेको खिरलाई वन्धुविच प्रसादिको रुपमा ग्रहण गर्ने ।  साँझमा सुद्द भएर कुलको दियो झुल्काउने । तलामा गरीएको पुजा स्थलमा गई थानिको दियो झुल्काउने धुपधुवार गर्ने र विसर्जन गर्ने । चढाएको खिर बाबर बन्धु भित्र प्रसादीको रुपमा वितरण गरे पछि थानी पुजा समाप्त हुन्छ । (थानि पुजाको दिन विहन देखि बेलुका प्रसाद नखाइन्जेल कुनै कारोबार नगर्ने र बन्धु र भान्जा भान्जी बाहेक कसैलाई भित्र पस्न नदिने चलन छ ।) बन्धुहरु विच बार्नुपर्ने सुतक, जुठो र हलो निर्णय सिन्धुमा उल्लेख भए अनुसार नै बार्ने निरञ्तरता दिइआएको छ । लेखन कर्ता राजकुमार रिजाल खोटाग