फिल्ड मार्सल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अतिरथीबाट अनुप्रेषित)

अतिरथी फिल्ड मार्सल अङ्ग्रेजी: Field Marshal सेनाको एक उच्चतम पद हो जो 'जनरल' पनि भन्दा उच्च पद हो। प्रायः यो सेनाको उच्चतम पद हो, जुन केही व्यक्तिहरूलाई दिइन्छ। आधुनिक सेनामा यसलाई पाँच तारे सैनिक पनि भनिन्छ।


'मार्सल' प्रारम्भिक मध्ययुगीन पुरानो जर्मन शब्द Marh-scalcबाट लिइएको हो। यसको मूल अर्थ 'घोडा-पालक' हो जुन राजाको घोडाहरू हेर्न प्रयोग गरिन्छ।

शास्त्र[सम्पादन गर्नुहोस्]

“एकादशसहस्राणि योधयेद्यस्तु धन्विनाम्
शस्त्रशास्त्रप्रवीणश्च महारथी इति स्मृतः ।।
अमितान्योधयेद्यस्तु स प्रोक्तोतिरथस्तु सः
रथस्त्वेकेन यो योद्धा तन्न्यूनोर्धरथः स्मृतः ।।”


एघार हजार धनुर्धरहरुका साथ, जो एक्लै गई लड्दछ , शस्त्र र शास्त्रविद्यामा पनि जो चतुर हुन्छ, उसको नाउँ 'महारथी' हो । असंख्य शस्त्रधारीहरुका बीचमा जो एक्लै गई लड्दछ , उ 'अतिरथी' कहलिन्छ । जो समान वीरका साथ एक्लाएक्लै लड्दछ , उसलाई 'रथी' भनिन्छ र त्यसभन्दा मुनिकोलाई 'अर्धरथी' भनिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]