सामग्रीमा जानुहोस्

अनरसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अनरसा नेपालको एक परम्परागत मिठाइ हो। जुन विशेष गरी चामलको पिठो, चिनी वा गुड तथा तिल प्रयोग गरेर तयार गरिन्छ। यो नेपालका विभिन्न समुदायमा तिहार, विवाह, व्रतबन्ध, पूजाआजा तथा अन्य चाडपर्व र शुभ अवसरहरूमा बनाइने प्रचलित परिकार हो।

नामकरण

[सम्पादन]

बनाउने तरिका

[सम्पादन]

अनरसा बनाउनका लागि चामललाई पानीमा भिजाइन्छ। त्यसपछि चामललाई छायाँमा सुकाएर पिसी मसिनो पिठो तयार गरिन्छ। उक्त पिठोलाई चिनी वा गुडसँग मिसाई केही समय राखिन्छ। जसले मिश्रणलाई स्वाद र बनावट दिन मद्दत गर्छ। तयार मिश्रणलाई साना गोलाकार वा चेप्टा आकारमा बनाई एकातिर तिल लगाइन्छ। त्यसपछि घिउ वा तेलमा मध्यम आँचमा सुनौलो हुने गरी तारिन्छ।

  • आवश्यक सामाग्रीहरु :
  1. चामल (विशेषगरी पुरानो चामल ताइचिन चामल)
  2. चिनी वा गुड
  3. सेतो तिल
  4. घिउ वा खाने तेल (तार्नका लागि)
  5. आवश्यकता अनुसार पानी
  6. वैकल्पिक रूपमा सानो मात्रामा इलायचीको धूलो वा अन्य सुगन्धित मसला

सांस्कृतिक महत्त्व

[सम्पादन]

नेपालका विभिन्न समुदायमा अनरसा धार्मिक तथा सांस्कृतिक अवसरमा बनाइने परम्परागत मिठाइ हो। विशेष गरी तिहार, विवाह, व्रतबन्ध, पूजा तथा अन्य पारिवारिक उत्सवमा यसको प्रयोग गरिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन]


सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]