अनरसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालीहरूको बिषेश किसिमको रोटी |

  • बनाउने तरिका

सामग्री : ताइचिनको चामल १ किलो, चिनी १ पाउ, तिल १ पाउ, घिउ २ किलो

विधि

ताइचिनको चामललाई रातभरि भिजाउने र भोलिपल्ट पिस्ने। चिनीलाई बाक्लो हुने गरी पकाउने। बाक्लो भएपछि त्यसमा पीठो मिसाएर घोट्ने। त्यसलाई २४ घन्टा त्यत्तिकै राख्ने। भोलिपल्ट फेरि नरम हुने गरी मुछ्ने। मुछिएको चिनी तथा पीठोलाई स-साना गोला बनाई त्यसमाथि तिल हालेर हातले रोटीको आकार दिने। अन्त्यमा कराहीमा घिउ हाली खैरो नहुन्जेल पकाउने।