सामग्रीमा जानुहोस्

अन्कोसर्सिआसिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्कोसर्सिआसिस
विभाग:संक्रामक रोगहरू, tropical medicine Edit this on Wikidata

अन्कोसर्सिआसिस (अन्य नामः रिभर ब्लाईन्डनेस वा रोबल्स रोग) परजीवी कीरा अन्कोसर्का भोल्भुलसको संक्रमणको कारणले लाग्ने रोग हो।[१] यसका लक्षणहरूमा अत्याधिक चिलाउनु, छालाभित्र गाँठो हुनु, तथा अन्धोपन हुनुशामिल छन्।[१] यो ट्राकोमापछि हुने संक्रमणको कारणले हुने अन्धोपनको यो दोस्रो धेरै सामान्य कारण हो।[२]

सिमुलियम प्रकारको ब्ल्याक फ्लाई ले टोकेमा परजीवी कीरा फैलिन्छ।[१] प्राय: संक्रमण हुनुपूर्व मानिसको शरीरमा धेरै टोक्नु पर्दछ।[३] यी झिंगाहरू खोलामा बस्ने भएकाले यसको नाम त्यसो हुन गएको हो।[२] एकपटक ती कीराहरूले मानिसको शरीरमा लार्भा जन्माएपछि तिनीहरू छालाभित्र रहन्छन्।[१] यहाँ तिनीहरूले व्यक्तिलाई टोक्ने अर्को ब्ल्याक फ्लाईलाई पनि संक्रमण गर्न सक्दछन्।[१] यसको निदान गर्ने धेरै तरीकाहरू छन् जसमा: सामान्य सेलिन मा छालाको बायोप्सी लिने र लार्भा बाहिर निस्कन्छ वा निस्कदैन भनी हेर्ने, आँखामा लार्भा छ कि भनी हेर्ने, गाँठो भित्र ठूला कीरा छन् कि भनी हेर्ने शामिल छन्।[४]

यो रोगविरूद्धको खोप बनेको छैन।[१] यसको निवारण गर्ने तरीका भनेको झिंगालाई टोक्न नदिनु हो।[५] यसमा कीरा निवारक तथा राम्रोसँग लुगा लगाउनु शामिल छन्।[५] अन्य प्रयासहरूमा कीटनाशकछरेर झिंगाको सङ्ख्या कम गर्नु पर्दछ।[१] विश्वका धेरै ठाँउहरूमा वर्षमा दुईपटक मानिसहरूको सम्पुर्ण समूहहरूलाई उपचार गरी रोग उल्मूलन गर्ने प्रयास भइरहेको छ।[१] ती संक्रमित मानिसहरूको उपचारको लागि प्रत्येक छ देखि बाह्र महिनामा आइभर्मेक्टिन औषधि दिइन्छ।[१][६] यस उपचारले ठूला कीरालाई नभई लार्भालाई मात्र मार्दछ।[७] डोक्सीसाइक्लाईन, नामक औषधिले सम्बद्ध जीवाणु वोल्वाचिया, लाई मार्दछ र यसले कीराहरूलाई कमजोर पार्दछ तसर्थ यसलाई पनि प्रयोग गर्न सिफारिश गरिन्छ।[७] छालाभित्र रहेको गाँठोलाई शल्यक्रियामार्फत हटाएर पनि यसको उपचार गर्न सकिन्छ।[६]

करिब 17 देखि 25 लाख मानिसहरू रिभर ब्लाईन्डनेसबाट संक्रमित छन् भने लगभग 0.8 लाखले आफ्नो आँखाको ज्योति गुमाएका छन्।[३][७] धेरै संक्रमणहरू उप-सहारा अफ्रिका, मा हुन्छन्, यद्यपि यमन तथा सेन्ट्रल र दक्षिण अमेरिकामा पनि रोगीहरू भेटिएका छन्।[१] 1915 मा, यस कीराको कारण आँखाको रोग लाग्दछ भनी चिकित्सक रोडोल्फो रोबल्स ले पत्ता लगाएका थिए।[८] यसलाई संयुक्त स्वास्थ्य सङ्गठन ले उपेक्षित ट्रपिकल रोगको रूपमा सूचित गरेको छ।[९]

सन्दर्भहरू

[सम्पादन]
  1. 1 2 3 4 5 6 7 8 9 10 "Onchocerciasis Fact sheet N°374", World Health Oragnization, मार्च २०१४, अन्तिम पहुँच २० मार्च २०१४।
  2. 1 2 "Onchocerciasis (also known as River Blindness)", Parasites, CDC, मे २१, २०१३, अन्तिम पहुँच २० मार्च २०१४।
  3. 1 2 "Parasites – Onchocerciasis (also known as River Blindness) Epidemiology & Risk Factors", CDC, मे २१, २०१३, अन्तिम पहुँच २० मार्च २०१४।
  4. ↑ "Onchocerciasis (also known as River Blindness) Diagnosis", Parasites, CDC, मे २१, २०१३, अन्तिम पहुँच २० मार्च २०१४।
  5. 1 2 "Onchocerciasis (also known as River Blindness) Prevention & Control", Parasites, CDC, मे २१, २०१३, अन्तिम पहुँच २० मार्च २०१४।
  6. 1 2 Murray, Patrick (२०१३), Medical microbiology (7th संस्करण), Philadelphia: Elsevier Saunders, पृ: ७९२, आइएसबिएन 9780323086929।
  7. 1 2 3 Brunette, Gary W. (२०११), CDC Health Information for International Travel 2012 : The Yellow Book, Oxford University Press, पृ: २५८, आइएसबिएन 9780199830367।
  8. ↑ Lok, James B.; Walker, Edward D.; Scoles, Glen A. (२००४), "9. Filariasis", in Eldridge, Bruce F.; Edman, John D.; Edman, J., Medical entomology (Revised संस्करण), Dordrecht: Kluwer Academic, पृ: ३०१, आइएसबिएन 9781402017940।
  9. ↑ Reddy M, Gill SS, Kalkar SR, Wu W, Anderson PJ, Rochon PA (अक्टोबर २००७), "Oral drug therapy for multiple neglected tropical diseases: a systematic review", JAMA 298 (16): 1911–24, डिओआई:10.1001/jama.298.16.1911, पिएमआइडी 17954542।