अपकृत्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अपकृत्य विधि
अङरेजी शब्‍द Law of Tort
नेपालमा अवधारणा स्‍विकार गरिएको छैन
अध्‍ययन (नेपालमा सुरुआतकर्ता) Rajendra Kuamr Acharya

अपकृत्य “Tort” शब्दको नेपाली रूपान्तरण हो । यो शब्द Latin शब्द “TORTUM” बाट बनेको हो । फ्रेन्च भाषामा यसको अर्थ तोड मरोड गर्नु भन्ने हुन्छ । जसलाई दोष, दुष्कृति, अपकार भनेर बुझन सकिन्छ । दोषपूर्ण कृत्यलाई फौजदारी अर्थात आपराधिक अपकार र देवानी अपकारको रूपमा विभाजन गर्न सकिन्छ । अपकृत्य देवानी अपकारको वर्गमा पर्दछ । अपकृत्यमा वादीलाई भएको क्षतिको लागि क्षतिपूर्ति तिर्न बाध्य पारिन्छ ।

उद्देश्य[सम्पादन गर्ने]

अपकृत्य विधिको मुख्य उद्देश्य पीडित व्यक्ति वा उसको आश्रित व्यक्ति वा परिवारलाई दोषकर्ताबाट क्षतिपूर्ति दिलाउनु हो । क्षतिपूर्ति दिलाउने विभिन्न तरिकाहरू मध्ये कहिलेकाँही अनुकरणात्मक क्षतिपूर्ति दिलाएर दोषीलाई पुनः अपकार गर्नबाट रोक्ने उद्देश्य पनि राखिन्छ । देवानी क्षति भनेर दावी गरिएको अवस्थामा यदि क्षतिपूर्तिको कारवाही स्वीकारयोग्य छैन भने त्यसलाई अपकृत्य भनिँदैन । अपकृत्य हुनको लागि अनिर्धारित क्षतिपूर्तिको विषय हुनु अनिवार्य रहन्छ । अन्य कुनै कानून, सम्झौता आदिबाट कुनै पनि प्रकारको क्षतिपूर्ति प्राप्त गर्ने रहेछ भने त्यो अपकृत्य विधिको क्षेत्र भित्र पर्दैन ।

अपकृत्य विधिले अर्काको अधिकारलाई सम्मान गर्ने हुदाँ यसले व्यक्तिलाई अनुशासित एवं मर्यादित बनाउँछ । यसको पूर्ण परिपालनाबाट समाजमा हुने धेरै अपराधहरूमा नियन्त्रण हुन जान्छ ।

उदाहरण[सम्पादन गर्ने]

मानौं तपाईकी पत्नीलाई उपचारको लागि विर अस्पतालमा लैजानु भएकोमा डाक्टरको घोर उपेक्षाको कारण गलत उपचार भएबाट रोग निको हुनको सटटा बढदै गयो । त्यस पछि अन्य अस्पतालमा भर्ना गराएर समेत उपचार गराउनु भयो । तर ३ महिना लामो उपचारको क्रममा पत्नीको मृत्यु भयो । यसमा तपाईंले निम्न लिखित प्रकृतिको हिसाब जोडेर क्षतिपूर्ति दावी गर्न सक्नु हुन्छ:

  • ३ महिनासम्म अस्पतालमा लागेको खर्च २ लाख रूपैया;
  • तपाईंले ३ महिनासम्म दौडधुप गर्नु भएको हुँदा त्यस अबधिमा तपाईंले आय आर्जन गर्न सक्नु भएन । त्यसैले तपाईंको मासिक आय १० हजार रूपैयाका दरले ३० हजार रूपैया;
  • तपाईंलाई पर्न गएको मानसिक तनाव, तपाईंको यौन जीवनमा पर्न गएको असर, तपाईंले पत्नीबाट प्राप्त गर्ने सहयोग आदिलाई रकममा परिणत गर्दा हुन आउने रकम रु. ५० हजार रूपैया (अन्दाजी);
  • त्यस अतिरिक्त मनासिव माफिकको अन्य रकम ।

अपकृत्य तत्‍वहरू[सम्पादन गर्ने]

कानूनविद राजेन्‍द्र कुमार आचार्यको प्रकाशन्‍मुख पुस्‍तक अनुसार "अपकृत्य हुनको लागि दोषपूर्ण कृत्य हुन जरुरी छ । यस्ता कृत्यहरू सकारात्मक वा नकरात्मक दुवै प्रकारका हुन सक्छन । सामान्यत व्यक्ति आफूले गरेका सम्पूर्ण कृत्यहरूप्रति जवाफदेही हुनु पर्छ । तयस्ता कृत्यहरूबाट अरु कसैलाई असर पर्न गएमा यदि ति कृत्यहरूको न्यायौचित्य छैन भने आफू दायी हुनु पर्छ । तर मनुष्यको नियन्त्रण बाहिर रहेका कृत्यहरू प्रति भने दायी हुन पर्देन । जस्तो कि प्राकृतिक घटना, भुइचालो आउनु, चट्याङ पर्नु, बाढी, पहिरो, आएर क्षति पु¥याउनु आदि घटनाहरू जुन मनुष्यको नियन्त्रण बाहिर रहेका छन यस्तोमा मनुष्य उत्तरदायी हुन सक्दैन । र उत्तरदायी बनाउन पनि मिल्दैन र सकिदैन । त्यसैगरि मनुष्यको सोच, विचार मात्र जुन अन्यकोलागि हानी कारक हुन सक्दैन, हुदैन तथा त्यसलाइ प्रमाणित गर्न पनि सकिदैन त्यसलाई पनि उत्तरदायी बनाइृदैन र बनाउन पनि सकिदैन । तसर्थ मनुष्यका तयस्ता कृत्यहरू जनु प्रमाणित गर्न वा अनुशासित गर्न सकिन्छ तथा जसबाट अर्को व्यक्तिलाई असर पर्न जान्छ भने तयस्तो अवस्थामा कनुष्यलाई आपूले गरेको कृत्यप्रति उत्तरदायी बनाइन्छ ।"

विधिक अपकृत्य र अपकृत्य विधका सामान्य सिद्धान्तको फरक[सम्पादन गर्ने]

कुन विषय विधिक अपकृत्य हो र कुन सामान्य सिद्धान्त अन्तर्गत पर्ने हो भनेर छुटयाउनका लागि कुनै पनि अपकृत्यात्मक विषयलाई यदि कानून बनाएर व्यवस्थित गरियो भने त्यो विधिक अपकृत्य (Statutory Tort) हुन जान्छ । कानून बनेको छैन तर हकाधिकारमा असर परेको र त्यसको उपचार प्राप्ति सम्भव छ भने त्यो सामान्य सिद्धान्त अन्तर्गतको अपकृत्य हो । आजभोलि विश्वका अधिकांश देशमा कानून बनाएर अपकृत्यलाई व्यवस्थित गर्न खोजेको पाइन्छ । केही नेपाली कानूनमा पनि क्षतिपूर्तिको कुरा राखिएको छ । नेपालको कानूनमा समेटिएका क्षतिपूर्तिका कतिपय प्रावधानहरू अपकृत्यविधिको अवधारणा अनुरूप नभै क्षतिपूर्ति दिनु पर्छ भन्ने मान्यतामा आधारित देखिन्छन् । नेपालको सन्दर्भमा कुरा गर्दा उपभोक्ता संरुषण ऐन, २०५४ विधिक अपकृत्यको उत्कृष्ट उदाहरणको रूपमा प्रसतुत गर्न सकिन्छ । अपकृत्य विधिको सामान्य सिद्धान्तको आधारमा कारवही चली न्याय निरोपण भएको उदाहरण लेखकले फेला पार्न सकेका छैन ।

नेपालका क्षतिपूर्तिको लागि कारवाही चलेका मुद्दाहरूलाई नियाल्ने हो भने पनि अपकृत्यको अवधारणा वमोजिम दायर गरिएको नभनेर कानूनले कारवाहीको अनुमति दिएको भन्ने आधारमा मात्र मुद्दा दायर भएको पाइन्छ । त्यस आधारमा हेर्दा नेपालको हकमा जहाँ उपचार छ त्यहाँ अधिकार छ भनेर भन्नै पर्ने अवस्था रहेको छ । यो मान्यतालाई परिवर्तन गरेर अधिकार हुनासाथ उपचार अन्तर्निहित छ भनेर कारवाही चलाई उपचार खोज्नु पर्छ । वास्तवमा भन्नु पर्दा अपकृत्यमा क्षतिपूर्ति सम्बन्धी प्रावधान जहिले पनि अनिर्धारित क्षतिपूर्ति (un liquidated damages)को सिद्धान्तबाट प्रेरित हुन्छ । यदि निर्धारित क्षतिपूर्ति (un liquidated damages) भयो भने त्यसले अपकृत्यको चरित्र गुमाउँछ ।

अपकृत्य र अपराधमा अन्तर[सम्पादन गर्ने]

  • अपराधमा राज्यद्वारा कारवाही चलाईन्छ । अपकृत्यमा पीडित पक्ष आफैंले कारवाही चलाउनु पर्ने हुन्छ ।
  • अपराध फौजदारी न्यायालयमा कारवाही चल्छ, अपकृत्य देवानी न्यायालयमा कारवाही चल्छ ।
  • अपराधले सामाजिक हकाधिकारमा असर पारेको हुन्छ, अपकृत्यले व्यक्तिगत हकाधिकारमा प्रत्यक्ष असर पारेको हुन्छ ।
  • अपराधमा राज्यद्वारा दण्ड सजाय दिईन्छ, अपकृत्यमा पीडित पक्षलाई क्षतिपूर्ति दिलाईन्छ । क्षतिपूर्ति नै अपकृत्यको मूल आधारशिला हो ।

अपराध र अपकृत्यमा फरक हुँदा हुँदै पनि आजभोलि धेरै जसो फौजदारी अपराधहरूलाई पनि उही नाम र तत्वबाट अपकृत्यको रूपमा स्वीकार गरिएको छ । जहाँ मनसाय खोल्नु पर्ने प्रकृतिका अपकृत्यहरू छन, त्यसमा यस्तो अवस्था आई परेको छ । जस्तैः मानहानी, षडयन्त्र, छल, धोका, अपचलन, कुटपिट, आक्रषण, द्वेषपूर्ण अभियोजन, मिथ्या कथन, उपताप÷विज्याई, अतिचार ÷अनधिकृत प्रवेश, मिथ्या कारावास (वेरितसँग थुन्ने) आदि ।

क्षतिपूर्ति र अपकृत्‍य[सम्पादन गर्ने]

यदि प्रतिवादीको दोषपूर्ण कृत्यको कारण वादीलाई कुनै हानी नोक्सानी हुन गएको भन्ने प्रमाणित हुन्छ भने न्यायालयद्वारा वादीलाई धनीय रूपमा प्रतिकर दिलाउँछ । प्रतिवादीबाट दोषपूर्ण कृत्य भएको भन्ने प्रमाणित हुनासाथ वादीले क्षतिपूर्ति पाउँछ । यद्यपि त्यो क्षतिको अङ्क नाम मात्रको किन नहोस । अपकृत्यको विषयमा वादीलाई विशेष क्षति भएको भन्ने कुरा प्रमाणित गरी रहनु पर्दैन । विधिक क्षति भएको भन्ने प्रमाणित हुनासाथ वादी क्षतिपूर्तिका लागि दावेदार हुन जान्छ । तर कहिलेकाँही विशेष क्षतिको दावी लिइएको छ भने त्यस्तो अवस्थामा सो क्षति भएको भन्ने प्रमाणित हुनु पर्छ । विशेष क्षति भएको भन्ने दावीमा विशेष क्षति प्रमाणित भएन भने उसले सामान्य क्षति वापतको रकम समेत प्राप्त गर्न नसक्ने अवस्था सिर्जना हुन्छ । तर सामान्य रूपमा विधिक क्षतिको रूपमा आएको विषयवस्तुमा भने वादीले विशेष क्षतिको रकम पनि प्राप्त गर्न सक्ने अवस्था आउन सक्छ । न्यायालयद्वारा क्षतिपूर्ति भराउनु पूर्व देहायका कुराहरूको परीक्षण गर्दछ:

  • के आरोपित क्षति प्रतिवादीको कार्यबाट नै भएको हो ?
  • त्यो क्षति दूरवर्ति त छैन ?
  • क्षतिको लागि द्रव्यीय प्रतिकर÷क्षतिपूर्ति के हुन सक्छ ?

नेपालको अवस्था[सम्पादन गर्ने]

नेपालमा तुङ्ग शमसेर विरुद्ध इण्डियन एयरलाईन्सको मुद्दामा गरिएको फैसलाबाट अपकृत्य विधिको समुचित विकास हुन सकेन र यसको अवधारणलाई स्वीकार गरिएन । तर पनि ऐन कानूनमा भएका कतिपय प्रावधानहरूको समुचित व्याख्या एवं विश्लेषण गर्ने हो अपकृत्य विधिको राम्रो विकास गर्न सकिन्छ । कतिपय विधिवेत्ताहरू नेपालमा अपकृत्य विधि सम्बन्धी कानून नै छैन भन्ने धारणा राख्दछन । उनीहरूका अनुसार यसको विकासको लागि कानून बनाउनु पर्छ । तर यथार्थमा भन्नु पर्दा अपकृत्य विधिको लागि कानून आवश्यक पर्ने हुँदैन । यो कमल ल प्रणालीको एउटा प्रमुख मान्यता र विकसित अवधारणा भएकाले यसको लागि छुट्टै कानून बनाई रहनु जरुरी हुँदैन । यदि कानून बनाएर अपकृत्य विधिको संरचना तयार गरियो भने त्यसलाई सैद्धान्तिक रूपमा अपकृत्य नभनेर विधिक अपकृत्य (Statutory Tort) भनिन्छ । यतिखेर नेपालमा प्रसतावित देवानी संहितामा एक छुट्टै अध्याय थपेर अपकृतय विधिका सामानय सिद्धान्त्हरूको उल्लेख गरिएको छ । सो संहिता नजीकै नहुन्जेलसम्म नेपालमा कानूनी रूपमा अपकृत्य विधिको प्रयोग नेपालमा हुन नसक्ने देखिन्छ । तर अदालतले चाहेमा आफ्ना फैसहलाहरू मार्फत यसलाई तत्कालै लागू गर्न सक्दछ ।

नेपालमा अपकृत्‍य विधिको अध्‍ययन[सम्पादन गर्ने]

अपकृत्‍य विधि नेपालको लागि नया विषय हो। तर,नेपालमा यसबारे सर्वाच्‍च अदालतका उपराजिस्‍टार राजेन्‍द्रकुमार आचार्यले अध्‍ययन गरिरहेका छन जसले यसका विषयमा झन्‍डै दुई सय जति लेखहरू समेत लेखिसकेका छन्।

Bibliography[सम्पादन गर्ने]

External links[सम्पादन गर्ने]