अफ्रिकन ट्रिपानोसोमियासिस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अफ्रिकन ट्रिपानोसोमियासिस
Trypanosoma sp. PHIL 613 lores.jpg
Trypanosoma forms in a blood smear
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभाग infectious disease[*]
आइसिडी-१० B56.
आइसिडी-९ सिएम 086.5
डिजिज-डिबी 29277 13400
मेडलाइन प्लस 001362
इ-मेडिसिन med/2140
प्यासेन्ट युके अफ्रिकन ट्रिपानोसोमियासिस
एमई-एसएच D014353

अफ्रिकन ट्रिपानोसोमियासिस वा निद्रा रोग[१] मानिसहरू र अन्य जनावरहरूमा हुने एउटा सरुवा रोग हो। यो प्रजातिको परजीवी ट्रिपानोसोमा ब्रुसेइद्वारा हुने गर्दछ।[२] यीनीहरू दुई प्रकारका छन् जसले मानिसहरूमा संक्रमण गर्छ, ट्रिपानोसोमा ब्रुसेइ ग्याम्बाइन्स (टि.बि.जी.) र ट्रिपानोसोमा ब्रुसेइ र्होडेसीएन्स (टि.बि.आर.)।[१] देखिएका केसहरूका ९८% भन्दा बढीमा टि.बि.जी. नै कारण हुन्छ।[१] प्राय दुवै संक्रमित सेट्सी झिङ्गा को टोकाइबाट सर्ने गर्दछन् र ग्रामिण क्षेत्रमा यो बढी रहेको देखिन्छ।[१]

प्रारम्भिक रूपमा, रोगको पहिलो चरणमा, ज्वरो आउने, टाउको दुख्ने, चिलाउने, र जोर्नीहरू दुख्ने हुन्छ।[१] यो टोकाइ पछि एक देखी तीन हप्तामा सुरू हुने गर्दछ।[३] हप्तौं र महिनौ पछि दोस्रो चरण सुरू हुन्छ जसले गर्दा भ्रम, खराब समन्वय, लाटोपन र सुत्ने समस्या हुने गर्दछ।[१][३] निदानहरू रगत परिक्षणमा पाइएको परजीवी वा लिम्फ नोडको र्‍याल मार्फत गरिएका हुन्।[३] एउटा लम्बर पंचर प्राय पहिलो र दोस्रो चरण बीचको भिन्नता भन्नका लागि आवश्यक पर्ने गर्दछ।[३]

गम्भीर रोगको रोकथाम अन्तर्गत बढी जोखिममा रहेका मानिसहरूलाई टि.बि.जी. का लागि परिक्षण गर्नु पर्दछ।[१] रोग चाँडै पहिचान हुँदा तथा स्नायु सम्बन्धी लक्षणणहरू देखिनु अघिसम्म यसको उपचार सजिलो हुन्छ।[१] पहिलो चरणको लागि उपचार औषधिहरू पेन्टामाइडिन वा सरमेनबाट हुन्छ।[१] टि.बि.जी. दोस्रो चरणको लागि उपचारमा एफ्लोर्नाइथिन वा निफ्रुटिमोक्स र ऐफ्लोर्नाइथिनको संयोजन समावेश हुन्छन्।[३] जब मेलार्सोप्रोल दुवैका लागि काम गर्छ, तब यसलाई विशेष रूपमा केवल टि.बि.आर. का लागि प्रयोग गरिन्छ किनभने गम्भीर प्रतिकुल प्रभावहरू हुने गर्दछन्।[१]

यो रोग नियमित रूपमा सब-साहारा अप्रिकाका केही क्षेत्रहरूमा हुने गर्दछ, ३६ देशका लगभग ७ करोड जनसंख्या यसबाट संक्रमित छन्।[४] २०१० का अनुसार, यो लगभग ९,००० जति मृत्युहरूको कारण बनेको थियो, जुन संख्या १९९० मा ३४०० थियो।[५] हाल ३०,००० मानिसहरूमा संक्रमण रहेको, २०१२ मा ७००० को संख्यामा नयाँ संक्रमित थपिएको अनुमान गरिएको छ।[१] यी मध्येका ८०% भन्दा बढी केसहरू प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेका छन्।[१] वर्तमान इतिहासमा तीनवटा प्रमुख घटनाहरू भएका छन्: पहिलो १८९६ देखी १९०६ सम्म प्राथमिक रूपमा युगाण्डाकंगो जलाशयमा र दोस्रो १९२० र १९७० मा थुप्रै अमेरिका मुलुकहरूमा।[१] अन्य जनावरहरू, जस्तै: गाईहरूलाई यो रोगहरू लाग्न वा यसबाट संक्रमित हुन सक्छन्।[१]

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ WHO Media centre (June 2013). "Fact sheet N°259: Trypanosomiasis, Human African (sleeping sickness)". 
  2. ढाँचा:MedlinePlusEncyclopedia
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ Kennedy, PG (2013 Feb). "Clinical features, diagnosis, and treatment of human African trypanosomiasis (sleeping sickness).". Lancet neurology 12 (2): 186–94. PMID 23260189.  Check date values in: |date= (help)
  4. Simarro PP, Cecchi G, Franco JR, Paone M, Diarra A, Ruiz-Postigo JA, Fèvre EM, Mattioli RC, Jannin JG (2012). "Estimating and Mapping the Population at Risk of Sleeping Sickness". PLoS Negl Trop Dis 6 (10): e1859. doi:10.1371/journal.pntd.0001859. 
  5. Lozano, R (Dec 15, 2012). "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010.". Lancet 380 (9859): 2095–128. PMID 23245604. doi:10.1016/S0140-6736(12)61728-0. 

बाहिरी कडीहरू[सम्पादन गर्ने]